जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १३:४५

गुल्मीका संक्रमितको उपचार जारी : क्रिमसन अस्पताल (विज्ञप्तीसहित)


रूपन्देही, जेठ ७

क्रिमसन अस्पतालले कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिको उपचार जारी रहेको बताएको छ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको अस्पतालले विज्ञप्ती निकालेर जनाएको हो ।

बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो । अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ । ‘विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।