जनता टाइम्स

८ असार २०७७, सोमबार ०६:२५

कारोनाको त्रास हटाउने यस्तो छ सुखद समाचार


कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर बैज्ञानिक पुष्टि भएको छ । कोरोना संक्रमणबारे यी तथ्यहरुले बताउँछन् कि हामी यो रोगमा सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैन 

 

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन । तीमध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन । ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन भने १ प्रतिशत मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन । विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भिर किसिमको दीर्घरोग छ । उनीहरुमध्ये लगभग २० प्रतिशतको मृत्यु भएको छ । तसर्थ कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर बैज्ञानिक पुष्टि भएको छ ।

कोरोना संक्रमणबारे यी तथ्यहरुले बताउँछन् कि हामी यो रोगमा सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैन ।

–सबै संक्रमित व्यक्तिले कोरोना सार्न सक्दैनन । लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अनुसन्धान तथा बर्न युनिभर्सिटीको अध्ययन अनुसार १०–२० प्रतिशत संक्रमित व्यक्तिले मात्र संक्रमण सार्न सक्छन । जसलाई सुपर स्प्रेडर भनिन्छ ।

–मास्क लगाएर हिंड्दा, संक्रमितसंग छोंटो कुरा गर्दा तथा मास्क लगाएर भीडलाई अत्यन्तै छिटो गतिले पार गर्दा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ ।

–फलफुल, तरकारी, दुधको प्याकेट, खाधान्न आदिलाई सामान्य सफा गरेर प्रयोग गर्दा तथा साबुनपानीले हात धोएर प्रयोग गर्दा कोरोना संक्रमण सर्दैन ।

–पानीबाट कोरोना संक्रमण सर्दैन ।

–खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ । झ्यालढोका लगाएको तथा एसी प्रयोग हुने बन्दकोठामा कोरोना भाइरस केही घण्टा रहन सक्छ ।

–अध्ययनले देखाए अनुसार कोरोना भाइरस १–२ व्यक्तिको सम्पर्कले भन्दा भीडभाड वा बन्द कोठामा हुने भेलाले सर्ने सम्भावना धेरै हुन्छ ।

–लक्षण नदेखिने कोरोना संक्रमित व्यक्तिबाट अन्य व्यक्तिलाई रोग सर्ने दर एकदम कम हुन्छ ।

–एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमण हुँदैन । संक्रमण भएपनि अरुलाई सार्न सक्दैन तथा स्वयंलाई पनि खतरा हुँदैन भनेर कोरिया तथा चीनमा भएका अध्ययनले पुष्टि गरेका छन ।

–कोरोना संक्रमण भएको व्यक्तिले संक्रमण भएको ११ दिनपछि अन्य व्यक्तिलाई सार्न सक्दैन भनेर सिंगापुरमा भएको अध्ययनले पुष्टि गरेको छ । यसमा केही अपबाद हुनसक्छ ।

–एकपटक संक्रमण भएर निको भएको व्यक्तिको शरीरमा कोरोना संक्रमणसंग लड्न सक्ने एन्टिबडी तयार हुन्छ । त्यसपछि उक्त व्यक्ति मास्क नलगाइ आफ्नो काम गर्न, निर्धक्क भएर हिंडडुल गर्न सक्छ ।

–हामीले थाहा पाएर वा नपाएर एकपटक संक्रमण भएपछि हाम्रो शरीरले यो भाइरसलाई परास्त गर्ने एन्टिबडी बनाउँछ । जसबाट यो भाइरसको पुन खतराबाट बच्न सकिन्छ । यो इम्युनिटी कति समय रहन्छ भन्नेबारे निर्क्यौल नभएपनि १–१० बर्ष रहन्छ भनेर बिभिन्न अध्ययनले जनाएका छन ।

–फ्रान्सका सामान्य संक्रमित १६० डाक्टर तथा नर्समध्ये १५९ जनाले ४१ दिनपछि गरिएको परीक्षणमा एन्टिबडी बिकास गरेको जनाइएको छ ।

–कोरोना संक्रमित ९० प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफै निको हुन्छ । चीनको बुहानमा ४८५ जना कोरोना संक्रमितमाथि गरिएको अध्ययनले देखाएको छ कि संक्रमण भएको १० दिनभित्र रगतजांचमा निम्न यी ३ अवस्था देखिए मात्र गम्भिर हुनसक्छन ।

१. LDH ( Lactic dehydrogenase ) नामक enzyme बढेमा ।

२. WBC अर्थात lymphocytes को संख्या घटेमा ।

३. High- sensitivity C-reactive Proteins, जसले स्वाश्प्रश्वासमा सुजनको लागि भूमिका खेल्छन ।

यी ३ अवस्था देखिएमा संक्रमित गम्भीर हुनसक्छ, अन्यथा हुँदैन भनेर अनुसन्धानले देखाएको छ । यसबाट उपचार ब्यबस्थापनमा सजिलो हुन्छ र मृत्युदर कम हुन्छ ।

– युनिभर्सिटी कलेज लण्डन (UCL) मा भएको अध्ययनले बताएको छ कि कोरोना भाइरसको म्युटेसन हुँदै जाँदा भाइरस कमजोर बन्दै गएको छ । नोबेल कोरोना भाइरसले उत्पादन गरेका २७३ म्युटेसन, जसमध्ये ४३ वटा सक्रिय छन । म्युटेसन भएका ३१ वटा प्रजातिको अध्ययन गर्दा ती भाइरस ओरिजिनलभन्दा कमजोर देखिएका छन ।
तसर्थ हामीले कमजोर भाइरसको सामना गर्नुपर्दा जोखिम कम हुन्छ ।

–याले युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएको छ कि फोहोरमा कोरोना भाइरस परीक्षण गर्दा ठूलो मात्रामा भाइरसको लोड देखिएमा त्यो सहरमा अर्को हप्ता संक्रमण ब्यापक हुनसक्छ । यसबाट आबश्यक रणनीति बनाउन सजिलो हुन्छ ।

–अक्सफोर्ड सेन्टर अफ एभिडेन्स मेडिसिन ( CEBM) का अनुसार कोरोना संक्रमणको बास्तबिक मृत्युदर बढीमा ०.५–१ प्रतिशत मात्र छ । उनीहरुका अनुसार मृत्यु हुनेमा अन्य रोगबाट मृत्यु भएका तर उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएका धेरै छन् । अर्थात कोभिड १९ बाट मात्र मृत्यु हुनेको संख्या बढीमा ०.१ प्रतिशत र घटीमा ०.२६ प्रतिशत मात्र छ ।

–खोप आविष्कारको लागि लागिपरेका सयभन्दा बढी प्रयोगशालामध्ये चीन, अमेरिका, इटली, इजरायल, बेलायत लगायतका देशका केही प्रयोगशाला मानवमा परीक्षण गर्ने चरणमा पुगेका छन । खोप पत्ता लाग्नासाथ आवश्यक पर्ने एम्पुल लगायत सबै सामग्री ठूलो मात्रामा तयार गरिएको छ । खोप पत्ता लागेमा नाफारहित ढंगले वितरण गर्नको लागि धेरै ल्याब तथा च्यारिटी तयार भएर बसेका छन ।

–कोभिड १९ को उपचारमा इबोला, जापानिज इन्फ्लुएन्जादेखि स्टेरोइड (डेक्सामेथासोन) को प्रयोगले गम्भीर हुने तथा मृत्यु हुने बिरामीको संख्या घटिरहेको छ ।

–परीक्षणको ठूलो दायरा, क्वारेन्टाइन, आइसोलेसन, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने, भीडमा नजाने लगायतका जनचेतनाको कारण कोरोना संक्रमण सर्ने, गम्भीर हुने तथा मृत्यु हुने दर घटिरहेको छ ।

–जनता अनुशाशित भएका देश चीन, ताइवान, कोरिया, जापान, भियतनाम, कम्बोडिया, आयरल्याण्ड, आइसल्याण्ड, न्युजिल्यान्ड, सिंगापुर, अष्ट्रेलिया, भुटान आदि देशमा कोरोना संक्रमणको प्रभाव निकै कम छ । सरकार जिम्मेवार र जनता अनुशाशित हुने देशमा कोरोना संक्रमणको ब्यबस्थापन निकै सजिलो भएको छ ।

–नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आजको मितिमा संक्रमित ९०२६ जना पुग्दा मृतकको संख्या २३ छ । अर्थात मृत्युदर आजको मितिमा ०.२५ प्रतिशत छ ।