काठमाडौं, असार ९ । राष्ट्रियसभा सदस्यहरुले नागरिकता विधेयकले कुनै पनि देशसँगको सम्बन्ध नबिग्रने ठोकुवा गर्दै राष्ट्रहीत बिपरितका तर्क नराख्न सवैलाई सचेत गराएका छन । राष्ट्रियसभा सदस्यहरुले नागरिकता विधेयक पारित गरेको विषयमा विभिन्न आरोप लगाएको भन्दै कडा प्रतिवादसमेत गरेका हुन ।
राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेकपा सांसदहरुले नेपालले संविधानअनुसार कानून बनाउँदा धम्कीको भाषा नबोल्न भन्दै वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको समयसीमा राख्ने प्रावधानसहित प्रतिनिधि सभाको समितिबाट पारित भएको नागरिकता विधेयकलाई लिएर मण्डले राष्ट्रवाद भनिएकोमा कडा प्रतिवाद गरे ।
प्रतिक्रिया दिनुहोस्