जनता टाइम्स

१५ असार २०७७, सोमबार १६:३८

काठमाडौं उपत्यकाका तीनओटै जिल्लामा भेटिए कोरोना संक्रमित


काठमाडौं, असार १५ । कोठमाडौं उपत्यकाका फेरि कोरोना संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौं उपत्यकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित हुनेहरुमा काठमाडौं जिल्लामा ६ जना, ललितपुर र भक्तपुरमा एक÷एक जना रहेका छन । कुन ठाउँ निवासी हुन भन्ने जानकारी भने मन्त्रालयले दिएको छैन ।