गुटबन्दी अहिले समाजमा धेरै प्रचलित र प्रयोग हुने शब्द हो । अझै भनौ भने समकालिन नेपाली राजनितीमा एउटा समुहले अर्को समुहलाई प्रहार गर्ने शब्द नै गुटबन्दी हो। गुटबन्दीको बास्तबिक अर्थ र यसको व्यबहारिक प्रयोग कसरी भैरहेको छ भन्नेबारे अलिकती आफ्नो बिश्लेशण गर्ने कोशिस गरेको छु। कतिपयलाई मेरो बिश्लेषण उचित नलाग्न पनि सक्छ तर अलिकती बहस गरेर उजगार गर्ने कोशिस गरेको हुँ।
बास्तबमा नेपाली शब्दकोष अनुसार गुट भनेको “कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो दल वा जमात : पारस्परिक मतभेद वा रागबेषका कारणले कुनै ठूलो सङ्गठन वा समूहभित्र तयार भएको सानो सङ्गठन । गुटबन्दी भनेको यही गुट बनाउने क्रिया वा स्थिति भन्ने बुझिन्छ ।” गुटबन्दीलाई अग्रेजीमा Factionalism भनिन्छ Cambridg Dictionary का अनुसार “a situation in which a group forms within a larger group, especially one with slightly different ideas from the main group” यसरी गुटबन्दीका बिभिन्न् अर्थ परिभाषा भए पनि समस्टिगतमा गुट भनेको एउटा निश्चित बिचार, स्वार्थ, पक्षको आधारमा ठुलो समुह, दल वा संगठन भित्र तयार भएको एउटा समुह हो। अर्थात मेन स्ट्रिम वा मुख्य दलभित्र रहेको फरक बिचार वा फरक स्वार्थ रहेको सानो समुह नै गुट हो र यही गुटलाई परिचालन गर्नु संरक्षण गर्नु र प्रबर्धन गर्नु नै गुटबन्धी हो भन्नुमा अतियुक्ती नहोला।
अहिले हाम्रो नेपालको राजनैतिक सेरोफेरोमा यसको प्रयोग निकै भएको देखिन्छ। एकले अर्कोलाई गुटबन्दी गरेको आरोप प्रत्यारोप गर्ने गरेको देखिन्छ। देश वा बिदेसमा रहेको बिभिन्न समाजिक संस्था परोपकारि संस्थाहरुमा समेत निकै गुटबन्दी भएको भन्ने सुनिन्छ भने देशभित्र रहेका युबा,बिद्यार्थी लगायतका अन्य राजनैतीक भातृ संगठनहरुमा समेत गुटबन्दीको गन्ध आएकै हुन्छ। राजनैतिक रुपमा गरिएका गुटबन्दी माउ पार्टीकै अनुसार निर्देशित हुन्छन भने अन्य सामाजीक तथा गैर राजनैतिक संस्थाहरुमा बिचारका आधारमा समेत गुटबन्दीहरु भैरहेका हुन्छन। गुटबन्दीको मुख्य उदेश्य भनेको आफ्नो दल वा संस्थामा आफ्नो बर्चस्व कायम राख्न वा आफुले नेतृत्व हत्याउने उदेश्य राखेर आफ्ना सदस्यहरुलाई संगठित गर्नु नै हो। यथार्थमा कसले गुटबन्दी गरिरहेको छ भन्ने बिभिन्न तर्क बितर्क होलान तर छुट्याउन भने गाह्रो भने छैन।
म धेरै पुरानो ईतिहासमा जान चाहन्न तात्कालीन अबस्थामा नेपालमा रहेका प्रमुख पार्टीहरु नेपाली कांग्रेस र तात्कालीन एमालेमा गुटबन्दी झलक निकै देखिन्थ्यो। नेपाली कांग्रेसमा सभापति स्वर्गीय गिरिजाप्रसाद कोईराला हुँदा मुल पार्टीसंग एउटा निश्चित मुद्दामा संसदमा असहमती हुदाँ एउटा छत्तीस जना सांसदहरुको एउटा समुह बनेको थियो । पछि त्यो एउटा गुट नै बन्न गयो र मुल पार्टी संस्थापन पक्षनै थियो र त्यो छत्तिसे समुहले आफ्नो गुटलाई बलियो बनाउने प्रयास गरिरहन्थ्यो। संस्थापन पक्षले कहिले गुटबन्दी गर्ने गर्दैन । उस्ले गुटबन्दीलाई तोडने प्रयास गरिरहेको हुन्छ। गुटबन्दीबाट पार्टीमा बिग्रह आउने फुटने सम्भावना पनि हुन्छ । जुन नेपाली कांग्रेसमा तात्कालिन एमालेमा देखिएको थियो। कांग्रेसमा शेरबहादुर देउवाले नेपाली काग्रेसलाई टुक्याएर नयाँ पार्टी खडा गरी सरकारसमेत बनाएका थिए। पछि छोटो समयमै पार्टी एकता भएता पनि सदा देउबा समुहको एउटा गुट पार्टीमा रहिरह्यो र संस्थापन पक्षा सदा त्यो गुटलाई टुटफुट गराउने र आफ्नो पक्षमा पार्ने प्रयासमा रहिरहेको हुन्थ्यो। गिरीजाप्रसाद कोईरालाको मृत्यु पश्चात शुसिल कोईराला हुँदै पछि शेरबहादुर देउवा सभापति भए र उनी नेपाली कांग्रेसको संस्थापन पक्ष भए र तेहाँ फेरी कोईराला पक्ष गुटमा परिणत भयो । अहिले नेपाली कांग्रेसमा गुटबन्दी शेरबहादुरले होईन कोईराला पक्ष तथा अन्य पक्षबाट भैरहेको मान्नुपर्छ।
तेसैगरी तात्कालीन नेकपा एमालेमा करिब १५ बर्ष माधब नेपाल प्रमुख जिम्मेबारीमा रहे उनी भन्दा अघि मदन भण्डारीको जनताको बहुदलीय जनबादको कार्यदिशा पार्टीले स्विकृत गरेपछि नौलो जनबाद पक्षधर सिपी मैनालीको एउटा गुट पार्टीभित्र रहेको थियो। समय संगै बहुदलीय जनबादको सफलता हुँदै जादा अर्को गुट क्रमशः कमजोर हुन गयो । त्यसपछि २०५२ सालमा महाकाली संन्धीको बहानामा बामदेब गौतमकै नेतृत्वमा एउटा गुट तयार भै अन्तत ः पार्टी बिभाजन भई माले नामको नयाँ पार्टी दर्ता भयो । त्यही गुट पछि पार्टी बिभाजनको खलनायक बन्यो । तर बिभाजन लामो समय रहन सकेन । छोटो समयमा पार्टी एकता समेत भएको थियो। तर तेहा केही समयसम्म कार्यकर्ता पंतिमा एमाले र माले पक्षधर फरक धार पटक पटक देखि रहन्थ्यो। जब महाधिबेसन भयो तथापि माले पक्षधरको एउटा गुट रहिरहेको थियो। जब देशमा माओबादी चरम द्वन्द चलिरहेको थियो, त्यत्तिबेला केपी शर्मा ओलीले लिएका अडान र सक्रियताले कार्यकर्ता पंतीमा केही उर्जा पैदा गर्यो । त्यो पंती केपी ओलीलाईनै पार्टीको कार्यकारी पदमा पुर्याउन चाहन्थ्यो । फलस्वरुप उहाँले पनि एउटा गुट तयार गर्नुभयो । र पार्टीमा आफ्नो प्रभाब देखाउन थाल्नुभयो । माधब नेपाल संस्थापन पक्ष हुनुहुन्थ्यो, पार्टीमा रहेको फरक गुटलाई आफ्नो पक्षमा पार्न प्रयास गरि रहनुभयो । उक्त पार्टीमा बिषेशगरी महाधिबेसनको समयमा पार्टीले लिने निती तथा बिचारहरु बारे गुट उप गुट बनाएर बहस छलफल गर्न खुल्ला नै गरिको हुन्थ्यो तर महाधिबेसनपछि यस्ता गुट उपगपटुट चलाउन नपाउने भन्ने थियो तर पनि यताका केही बर्षमा माधब नेपाल र केपी ओली समुह भनेर दुई गुटमा नेताहरु प्रष्ट बिभाजीतै भएका देखिन्छन। २०७५ सालमा मावबादीसंग पार्टी एकता पश्चात पार्टीभित्र संस्थापन पक्ष एउटा भए पनि नेता कार्य कर्ता पंतीहरुमा स्पस्टरुपमा दुई धार देखिन्छ र यो धार आगामी महाधिबेसन सम्म देखिने नैछ। तथापि यस भित्र अन्य गुटहरु पनि क्रियासिल छन।
अहिले नेकपामा केपी, प्रचण्ड, माधब, बामदेब र अन्य साना समुह रहे पनि केपी र प्रचण्डको समुह मुलधार संस्थापन पक्ष नै हो भने ती बाहेकका अन्य समुह गुट नै हुन । उनीहरुले गर्ने क्रियाकलाप गुटबन्दी नै हो। पक्कै पनि संस्थापन पक्षले गुट उप गुटमा बिभाजित हरुलाई मुलधारको पक्षमा एकढिक्का बनाउन खोज्छ, त्यो सकारात्मक नै मान्नु पर्छ। गुट उपगुट बनाउने वा लाग्नेको मुख्य उदेश्य आफु नेतृत्वमा जान खोज्नु नै हो वा आफ्नो क्षेमता देखाउनु नै हो । जसको लागि आफ्ना फरक बिचार मतहरु कार्य योजनाहरु राख्न सक्छन । त्यो भनेको महाधिबेसन नै हो। कुनै पनि पार्टीमा एकता पश्चात तथा एकताको महाधिबेसन पुर्बभएका आन्तरिक सहमति बिपरित सरकार तथा पार्टीको संचालनमा सहमती खल्बल्याउन एक आपसमा बिभाजन गर्ने वा पूर्बसहमती उल्टाउने प्रयास गरिछ भने तेसलाई गुटबन्दी होईन, अन्तरघात भन्नुपर्छ । त्यो गुटबन्दी भन्दा घातक हुन्छ पार्टी एकताको भावनाको बिपरित हुन्छ र आम कार्यकर्ता पंक्ति त्यसको पक्षमा कदापि रहेका हुदैनन।
(लेखक पोखरेल हाल अमेरिकाको न्यूयोर्कमा बसोवास गर्नुहुन्छ)
प्रतिक्रिया दिनुहोस्