जनता टाइम्स

२२ असार २०७७, सोमबार १६:४९

काठमाडौं उपत्यकामा बढ्यो कोरोना संक्रमणको जोखिम, एकैदिन थपिए ५४ संक्रमित


काठमाडौं, असार २२

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्लामा रहेका ५४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।