जनता टाइम्स

२ असार २०८२, सोमबार १७:२६

अघि बढे सभामुख, राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउबीच चलाइयो संसद बैठक (फोटोफिचर)


काठमाडौं, असार २ । प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारबीच सभामुखले संसदको कारबाही अघि बढाउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागसहित रास्वपा र राप्रपाले विरोध गरेका हुन् । तर, सभामुख देवराज घिमिरेले सांसदहरूको विरोधका बीच सदनका कारबाही अघि बढाउँदै आगामी आर्थिक वर्षको वार्षिक अनुमानमाथि छलफल गराउनु भएको हो ।

प्रुमख पतिपक्षी दल नेकपा माओवादीसँग सहमतिपछि पनि राप्रपा र रास्वपाले सदन अवरोध जारी राखेका छन । सदन चलाउन नदिने योजनाका साथ दुई दल बिरोधमा उत्रिएपछि सभामुख घिमिरे नियमावलीअनुसार अव सदन चलाउने निर्णयमा पुग्नुभएको हो ।

उहाँले बैठक अघि नै दुवै दलका नेताहरुलाइृ अव सदनको कार्वाही नरोकिने जनाउ दिइसक्नु भएको थियो ।