काठमाडौं, असार २३ । नेपाल प्रहरीको २८ औं महानिरीक्षक महानिरीक्षक (आइजिपी) का प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्री बढुवा हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले बरियता र कार्यदक्षताको आधारमा एआइजी थापालाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
आइजीपीका लागि थापासँगै हरिबहादुर पाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एआइजीमा एकै दिन बढुवा हुनुभएका थापा र पालमध्ये बरिष्ठतामा थापा अगाडि हुनुहुन्थ्यो । ट्रयाक रेकर्ड हेर्दा पनि थापा नै अब्बल देखिएपछि प्रहरीको नेतृत्व गर्ने मौका दिइएको हो । नेपाल प्रहरीमा बिवादबिनै आइजीपी नियुक्त हुने भाग्यमानीको सूचीमा थापा पर्नुभएको छ । एउटै ब्याजी थापा र पाल निकै घणिष्ठ मित्रसमेत रहेको र आइजीपी हुने दौडमा एक अर्काबिरुद्ध नलागी जो भए पनि सहयोग गर्ने घोषणा गरेकाले अव नेपाल प्रहरीमा हालसम्मको इतिहास बदलिएको छ ।
यसअिघ जो आइजीपी भए पनि ब्याजी एआइजीले असहयोग गर्ने गरेका थिए । आइजीपी सर्वेन्द्र खनालको पालामा त प्रहरीभित्र चर्कै मदभेद नै भएको थियो । सुरुदेखि अन्तिमसम्म आइजीका दावेदारबीच तिक्तता भई अवकाश लिने बेलाको बिदाईमा समेत ब्याजी एआइजीहरुले बहिष्कार गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्ध्र दिन अघि नै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई ब्यक्ति भन्दा ट्रयाक रेकर्डका आधारमा अब्बल देखिएकालाई आइजीपी नियुक्तिका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनअनुसार ट्रयाक रेकर्डमा थापा अब्बल देखिएपछि उहाँलाई नै आइजीपी नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्