म्याग्दी, असार २६
शुक्रबार साँझसम्म म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा पुरिएका धौलागिरी गाउँपालिका–६ मराङ, चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी, सविन र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका नलिमान छन्त्यालको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक १४ जनामध्ये १३ जना पहिरोमा पुरिएका र एक जना नलिमान छन्त्याललाई स्थानीय लापु खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका धौलागिरी गाउँपालिकाको मराङका छ जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र बेपत्ता सोही ठाउँका १० जना र मालिका गाउँपालिकाको विमका छ जनाको खोजी कार्य जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्