पोखरा, असार ३१ । बलात्कार अभियोगमा सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) पक्राउ परेका छन । निवासमै बोलाएर एक युवतीलाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कास्कीले आज ती एसएसपीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने एसएसपी सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख राजेन्द्र अधिकारी हुन ।
पोखराको लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ । एकजना महिलाले दिएको मौखिक उजुरीको आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसएपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्