जनता टाइम्स

४ श्रावण २०७७, आईतवार ०७:५८

मध्यराती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु, मृतक सवै रोल्पाली


प्यूठान, साउन ४ । प्यूठानमा गएराती ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका ३ रुमालमा लु २ च ४२३४ नम्वरको ट्याक्टर गए राती १२ः५५ वजेको समयमा दुर्घटना हुदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार मृत्यु हुने सबै रोल्पा निवासी हुन । उहाँका अनुसार साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार १ जना भने बाच्न सफल भएका छन् ।

ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ । अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको निरीक्षक पौडेलले वताउनभयो ।