पोखरा, साउन ५
गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा थप नयाँ १२ जनामा कोरोना पुष्टि भएको हो । जसमा ४ जिल्ला कास्की, स्याङ्जा, तनहुँ र लमजुङका गरी १ महिला र ११ जना पुरुष रहेका छन् ।
संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१७ पुगेको छ । भने हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको छ । हालसम्म गण्डकी प्रदेशमा ४ जना संक्रमतिको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्