जनता टाइम्स

४ असार २०८२, बुधबार १३:५९

तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा बस्दै 


काठमाडौं, ४ असार। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिनुभयाे। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने भएकाे छ ।

बैठकमा प्रतिनिधिसभाको हालको गतिरोध, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोध, तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ। संसद् सञ्चालनको मार्ग खोज्न र दलहरूबिच सहमति निर्माणका लागि यो बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।