जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार १६:५४

अमिताभ बच्चन कोरोना मुक्त, अभिषेक पनि डिस्चार्ज हुँदै


मुम्बई, साउन ८

वलिउडका बरिष्ठ कलाकार अमिताभ बच्चनको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै उहाँको छोरा एवं नायक अभिषेक बच्चन आज डिस्चार्ज हुनुहुने भएको छ । उहाँमा अघिल्लो साता र्यापिड एन्टिजीन टेष्टमा रिपोर्ट पोजेटिभ आएपछि बच्चन परिवारका बाबु छोरा दुबैलाई मुम्वईस्थित नानाबटी अस्पतालमा भर्ना गरिएको थियो ।कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको हो।

यद्यपि अमिताभको अझै दुई वटा टेस्ट गरिनेछ। ती परीक्षणको रिपोर्टका आधारमा उहाँ डिस्चार्ज हुनुहुनेछ । लगातारको टेष्टमा तीन पटक रिपोर्ट नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन । उहाँहरु पनि सोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।