काठमाडौं, २३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।
पेरिसमा आयोजना हुने बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् ।
मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुंगा सावित हुनेछ । तिलौराकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीय स्तरमा लामो समयदेखि यसलाई विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्