मस्को, साउन १८
रुसले अक्टोबरदेखि ठुलो संख्यामा कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । स्वास्थ्यमन्त्री मिखाइल मुरस्कोका अनुसार शिक्षक चिकित्सकलाई पहिलो प्राथमिकता दिई खोप दिइनेछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसमा विकसित पहिलो खोप प्रयोगका लागि सरकारले यही महिनामा अनुमति दिनेछ ।
परीक्षण काल पुरा भइसकेकाले प्रयोग अनुमतिका लागि कागजी काम भइरहेको मन्त्री मुरस्कोले बताउनुभएको छ । सो खोपको विकास मस्कोस्थित गमलेय इन्स्टिच्यूटले गरेको हो । तर विज्ञहरुले भने यस विषयमा चासो व्यक्त गरेका छन् । अमेरिकी संक्रमण रोग विशेषज्ञ डाक्टर एन्थोनी फचीले रुस र चीनले प्रशासनिक अनुमति पहिले नै खोप परीक्षण गरिरहेको दाबी गर्नुभएको छ ।
उहाँले अमेरिकाले यही वर्षको अन्त्यसम्ममा ‘सुरक्षित र प्रभावकारी’ खोप विकास गर्ने समेत बताउनुभएको छ ।‘हामीभन्दा कोही अगाडि खोप तयार गर्न सक्छ भन्नेमा मलाई विश्वासै छैन, जसले हामी खोपका लागि अरु देशसँग भर परुँ’, उहाँले भन्नुभयो । हाल विश्वभर सम्भावित खोपहरु तीव्र रुपमा विकास भइरहेका छन् । बीबीसीका अनुसार यस्ता २० वटा खोपहरुको परीक्षण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्