नक्कली पाँच जनामध्ये प्रशान्त विष्टले दोहोरो रजिस्टेसन गरेकाले हाल दोहोरो रजिस्टेसन फारम कसरी किन भरे त ? उनले सँगै एउटै समयमा परीक्षा हुने भएकाले दुई ठाउँबाट एउटै व्यत्तिले कसरी परीक्षा दिन्छन् होला प्रश्न चिन्ह खडा भएको छ । एकै समयमा हुने परीक्षा आफै कसरी दिन्छन ? उनको प्रोलिफिकको परीक्षा रद्ध भएपनि प्रशान्त विष्टले साइपालबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेको देखिन्छ । यसको विस्तृत अनुसन्धान भएमा नौलो तथ्य बाहिर आउँने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
वाशिष्ठ
राष्ट्रिय परीक्षा बोर्ड कक्षा (१२) को २०८२ सालमा हुँदै गरेको २०८१ को वार्षिक परीक्षा यही बैशाख २१ गतेबाट सुरु भएको छ । मुलुकभरीबाट परीक्षामा नियमति र आंशिक गरी ५,११,५२५ विद्यार्थी सहभागी भएका बोर्डले जनाएको छ । परीक्षा २०८२ साल जेठ ०२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यसैबीच बैशाख २५ गते बिहीबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीमा रहेको साइपाल एकेडेमी केन्द्रबाट होटल म्यानेजमेन्टको प्रश्नपत्र बाहिरियो । यसैलाई ध्यानमा राखी राष्ट्रिय परीक्षा बोर्डले २५ गते साँझ एक सूचना जारी गरेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माले जारी गरेकोे विज्ञप्तीमा जनाइएको छ ।
“२०८२ साल बैशाख २१ गतेबाट सञ्चालन भइरहेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाहलभित्र मोबाइल फोन स्मार्ट घडी लगायतका इलेक्टोनिस डिभाइस लैजान पूर्णरुपमा निशेध गरिएको व्यहोरा यसअघि नै सूचित गरिएकोमा केही परीक्षा केन्द्रहरुमा मोबाइलको प्रयोग गरेको पाइएकोले त्यस्ता मोबाइलहरु जफत गरी सम्बन्धित परीक्षार्थीको सम्पूर्ण परीक्षा रद्ध गरिएको व्यहोरा जनकारी गराइन्छ । अतः परीक्षाको मर्यादाबिपरीत मोबाइल फोनलगायतका निषेधित इलेक्टोनिक्स डिभाइस परीक्षा हलमा नलैजान सुचित गरिन्छ । सुचनाको अवज्ञा गरेको पाइएमा सम्पूर्ण परिक्षा रद्ध हुने व्यहोरा समेत सम्पूर्ण अविभावक, शिक्षक विद्यार्थी एवं सरोकारवालाहरुमा पुनः अनुरोध छ । साथै मिति २०८२ साल बैशाख २५ गते सञ्चालित कक्षा १२ को परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकोले साइपाल एकेडेमी धुम्बाराही सुकेधारा परीक्षा केन्द्र नं. १५३४ का केन्द्राध्यक्ष गणेश जोशी र सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडालाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको व्यहोरा समेत जानकारी गराइन्छ ।”
जोशी र खतिवडालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार ‘परीक्षाको मर्यादा भङ्ग गरेको एवं मर्यादा विपरित कार्य गरेकोले शिक्षा ऐन २०२८ को दफा १७ .१को (क) (च) अनुसार अनुसन्धानका लागि पाँच दिनको म्याद थप‘ गरिएको हो । स्रोतका अनुसार बिहिबार परीक्षा नभएका आफ्नै विद्यालयका कक्षा १२ को विद्यार्थीलाई प्रश्नपत्रको फोटो खिच्न लगाएर आफ्ना विद्यार्थीलाई समूहमा पठाउनलाई प्रधानाध्यापक र सहायक प्रधानाध्यापक आफै संलग्न भएको भेटिएको छ । दुईजना विद्यार्थीको नाम पनि यो प्रकरणमा जोडिएको छ, अनुसन्धानले पुष्टि भएमा उनीहरूको परीक्षा नै रद्ध हुनसक्ने बोर्डले जनाएको छ । यसैबीच सोही दिन कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तैगरी बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहोराले जानकारी दिनुभएको छ । ‘प्रश्नपत्र पहिले नै पाए कि भन्ने आशंकामा पक्राउ गरिएको हो,’ उहाँले भन्नुभयो, ’थप अनुसन्धान पछि खुल्नेछ ।’ ‘अपराधिले अपराधको प्रमाण छोड्छ’ भनेजस्तै प्रश्नपत्रको फोटो खिच्दा एक कागजमा ‘साइपाल एकेडेमी लाइब्रेरी’को छाप पृष्ठभूमिमा भएकाले साइपाल एकेडेमीबाट नै प्रश्नपत्र आउट भएको यकिन गर्न सजिलो भएको स्रोतले जनायो ।
शिक्षा ऐन २०२८ को दफा १७ को १ को (क) (च)अनुसार परीक्षाको मर्यादा विपरित कार्य गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्याएमा एक लाख सम्म नगद जरिवाना, ६ महिनासम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था छ । मुलुकको राजधानी काठमाडौँको केही केन्द्रमा बिहबार भएको अमर्यादित तवरले पेपर आउट भएको घटनाको परीक्षा बोर्डको ध्यानाकर्षण भएर तत्काल परीक्षाबोर्डको टोली उक्त बारदात भएको परीक्षा केन्द्र भएको विद्यालय कामनामा ४ धुम्बाराहीमा रहेको साइपाल एकेडेमी केन्द्रबाट प्रश्नपत्र आउट भएको खुलेपछि उक्त विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष गणेश जोशी (कञ्चनपर), सहायक प्रधानाध्यापक तथा सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडा (काभ्रे), परीक्षा डिपार्टका जीवनकुमार मडै (बैतडी) र कर्मचारी रोशन श्रेष्ठ (नुवाकोट) को संग्लन्ता रहेको भेटिएको छ ।
सोही दिनको परीक्षा नभएका साइपालका आफ्नो विद्यार्थीलाई प्रअ जोशी र सहायक प्रअ खतिवडाले बोलाएर प्रश्नपत्रको फोटो खिचेर आफ्ना विद्यार्थीको केन्द्र भएका विद्यार्थी लगायत अरुलाई समेत इन्टाग्रामबाट मोबाइल डिभाइसमा प्रश्नपत्र पठाएको खुलेको छ । साइपालबाट नै पठाइएको कसरी खुल्यो ? अभियुक्तले बारदातमा केही प्रमाण छोडेको हुन्छ भनेजस्तै फोटो खिच्दा प्रश्नपत्रको पृष्ठभागमा टाँसिएको अर्को कागजमा लगाइएको साइपाल एकेडेमी लाइब्रेरी भएको छाप पनि प्रश्नको फोटोसँगै खिचिएकाले साइपालबाट नै प्रश्न आउट भयो भन्ने पुष्टि गर्न सजिलो भएको परीक्षा बोर्डका अधिकारीले जनाए । साइपाल एकेडेमीको कक्षा १२ को परीक्षा केन्द्र मोर्गान कलेजमा रहेको छ । प्रोलिफिकको केन्द्र महेन्द्र मावि वालुवाटारमा रहेको छ ।
प्रश्नपत्र आउट गरिएको विषयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा जानकारी भएर ध्यानाकर्षण भएकाले परीक्षालाई मर्यादित बनाउने विषयलाई गम्भीर रुपमा लिन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनायो । साथै स्थानीय सरकार काठमाडौं महानगरपालिकालाई समेत निर्देशन दिएको स्रोतले जनायो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दिएको एक गोप्य उजुरीका आधारमा गतवर्ष २०८० को कक्षा १२ को दोहोरो रजिस्टेशन फारम भरेका विद्यार्थी प्रशान्त विष्टको काठमाडौँ महानगरपालिका वडानम्बर ४ धुम्बाराहीमा रहेको प्रोलिफिक मावि र सोही ठाउँमा रहेको साइपाल माविबाट समेत अर्को रजिस्टेशन फारम भरेको प्रमाण फेला परेको छ ।
एउटै शैक्षिक शत्रमा दुई विद्यालयबाट रजिस्टेशन गर्न पाइदैन । यस्तो गरेको पाइएमा दुबैतर्फको रजिस्टेसन रद्ध गरी प्रमाणपत्र रद्ध हँुने नियम रहेको बोर्डले जनाएको छ । परीक्षा बोर्डको नियमानुसार एक निवेदकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दोहोरो रजिस्टेसन भरेका विद्यार्थी तथा विद्यालयलाई छानविनलाई निवेदन दिएकाले उक्त घटनालाई छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प.सं.स ८१ /८२ चलानी नम्बर १९२ भएको मिति २०८१ माघ १८ गते गरेको पत्राचारको पत्रको मितिले देखाउँछ ।
विषय : आवश्यक बार्वाही सम्बन्धमा भन्ने बेहोराको पत्रमा लेखिएको छ :
‘श्री काठमाडौँ महानगरपालिका, काठमाडौँ ।
श्री राष्ट्रिय परीक्षाबोर्ड, सानोठिमी काठमाडौँ
प्रस्तुत विषयमा यस मन्त्रालयमा माननीय मन्त्रीज्यलाई सम्बोधन गरी दोहोरो रजिस्टेशन गरी विद्यार्थी उत्तीर्ण गरेको तथा गैह्रकानुनी तवरले विद्यालय भाभ्ने कसुरदार ठहर व्यक्ति प्रधानाध्यापक भएको रोकिपाउ भनी विषयमा निवेदकले दिएको निवेदनमा र निवेदनसँग सँग्लग्न पाना ७ कागजात आवश्यक कार्याथ तहाँ पठाइएको व्यहोरा आदेशअनुसार अनुरोध छ । भन्ने व्यहोराको पत्र प्राप्त गरेको छ ।
माथिको यसवर्ष २०८१ को प्रश्नपत्र आउट भएको घटनाले गतवर्षको यही कक्षा १२कै परीक्षाको घटनालाई पनि सँगै सतहमा आएको छ । यस विषयमा शिक्षा मन्त्रालयको समेत गम्भीर रुपमा ध्यानाकर्षण भएर कार्बाही प्रकृयाबारे के भएको छ भनी राष्ट्रिय परीक्षाबोर्ड सानो ठिमी, बागमती परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल र स्थानीय तह काठमाडौ महानगरपालिकालाई कार्यन्वयन गर्न निर्देशन गरेको स्रोतले जनाएको छ ।
प्रोलिफिक माविबाट प्रशान्त विष्ट लगायत पाँचजनाको परीक्षा नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा प्रोलिफिक तर्फको पाँचैजना विद्यार्थीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रद्ध गरेको भएपनि अर्को रजिस्टेशनबाट कक्षा ११मा साइपाल एकेडेमीबाट भरिएको रजिस्टेशनबाट प्रशान्त विष्टले कक्षा ११ र १२ उत्तिर्ण गरेको प्रमाण फेला परेको छ । प्रोलिफिक तर्फको प्रशान्त विस्टको रजिस्टेशन ८०३२७१५४०००८ र कक्षा ११को सिम्बल नम्बर ७६५४८००९ रहेको छ । रद्ध गरिएको कक्षा १२ को सिम्बल नम्बर २२७३३४११ रहेको छ । त्यस्तैगरी प्रशान्त विष्टको साइपाल तर्फको कक्षा ११ को रनं.८०३२७२९१००९७, कक्षा ११को सिनं. ९२७५०१४३ रहेको छ । त्यस्तै कक्षा १२को नियमितको सिनं.२२७४७५५९ र ग्रेडवृद्धिको सिनं.९२७५०९४६ रहेको छ । उनको कुन रजिस्टेसन सक्कली कुन नक्कली बोर्डले छानबिनको प्रकृया अगाडि बढाएको छ ।
परीक्षार्थी विष्टले भने आफू प्रोलिफिकबाटै पढेको जवाफ दिनुभएको छ । बिष्टलाई सोधेको जवाफमा मिति २०८१ बैशाख ९ गते राष्टिय परीक्षा बोर्डलाई दिएको जवाफ यस्तो छ :
कार्यालय प्रमुखज्यू
राष्ट्रिय परीक्षा बोर्ड
सिनामङ्गल काठमाडौँ ।
विषय रजिस्टेसन डबल सम्बन्धमा
मैले कक्षा १० सम्म प्रोलिफिक को इ मा वि मा पढेको र कक्षा ११ र १२ यही मैले साइपल एकेडेमी धुम्बाराहीबाट पढेको । मलाई प्रोलिफिकबाट कक्षा ११ पढ भनेर भन्नुभाको तर मैले साइपालमै पढ्ने निधो गरेँ । मेरो रजिस्टेसन प्रोलिफिकबाट कसरी भयो भन्नेकुरा मलाई कुनैपनि जानकारी नभएको मैले रजिस्टेसन साइपालबाट मात्र भरेको । यो कुरा मैले चक्रपथ प्रहरीचौकी समेत जाकारी गराको छु ।
त्यस्तै विकेश न्यौपानेको रजिस्टेसन नम्बर ८०३२७१५४०००२, र कक्षा १२को सिंनं.२२७३३४०६ रहेको छ । तिल बहादुर महतको रनं.८०३२७१५४००१३ र कक्षा १२को सिनं.२२७३१४१६ रहेको छ । मुकेश चन्दको र.नं.८०३२७१५४०००६ र सि.नं.२२७३३४०९ रहेको छ । दीपक महतको रनं.८०३२७१५४०००४, कक्षा १२ को सिनं. २२७३३४०७ रहेको छ । प्रोलिफिक तर्फको भने कक्षा १२ को नक्कली परीक्षार्थीको अनुसन्धानमा परीक्षा हुनु अगावै पाँचै जनाको परीक्षा रद्ध गरिएको थियो । दीपक महत र तिलबहादर महत प्रोलिफिका प्राध्यानाध्यापक गोपालबहादुर महतका सहोदर भाई हुनुहुन्छ । आफ्ना पासै हुन नसकेका भाइलाई पास गराउँन पनि यो प्रपञ्च बनाइएको खुलेको छ ।
सिफरिसमा उल्लेख भएको कसुरदार व्यक्ति प्रअ हुनबाट बञ्चित गरीपाउँ भन्नाको एक कसुरदार व्यक्ति सम्मानित जिल्ला अदालतबाट कसुर ठहर भैसकेपछि सार्वजनिक सरोकारको संस्थामा पत्राचार गर्ने र पदीय हैसियतमा रहनु गैरकानुनी काम भएको कानुनका जानकार बताउँछन् । एक संघ संस्था गठन गर्दा त प्रहरी रिपोर्ट चाहिन्छ । जसमा फौजदारी अभियोग चालचलन बारे बुझ्ने काम प्रहरीले गर्ने गरेको हुन्छ । अभियोग प्रमाणित व्यक्ति एक विद्यालयको प्रअ कसरी हुन सक्छन् भनेर कानुनका जानकार प्रश्न गर्छन् । पुनरावेदन जानु अधिकार हो तर पुनरावेदन जानु भनेको निर्दोष भएको होइन भनेर कानुनका जानकारले जनाए । अदालतबाट कसुरदार ठहर महतले प्रधानाध्यापकको रूपमा जबरजस्त काम गरिरहेको खुल्न आएको छ ।
निबेदकले कार्बाहीको लागि निवेदन गरेको कार्बाही प्रकृया स्थानीय तहलाई भएकाले काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकारीले मन्त्रालयको उक्त पत्रलाई समेत अनदेखा गरी चासो लिएको देखिदैन । यसले शिक्षा विभागका अधिकारी पनि कसुरदारसँग मिलेमोतो गरेको शंकाको सुविधा किन नलिने भनेर सरोकारवालाले जनाएका छन् । हाल पनि प्रोलिफिकको कक्षा १२ को परीक्षामा विद्यार्थी सहभागी गर्न आधिकारिक प्रअ कायम गरी परीक्षा फारम समयमा नआएको र विद्यार्थीको भविश्यलाई ध्यानमा राखि वडा नं. ४का वडा अध्यक्ष दिनेश महर्जन विद्यालय व्यवस्थापन समितिमा हुने भएकाले वडानम्बर चारको अध्यक्षको पत्रका आधारमा कानूनी प्रकृया हुँदैगर्छ भनेर परीक्षा केन्द्र कायम गरी विद्यार्थीको भविश्यलाई ध्यानमा राखेर परीक्षा दिलाउँन लगाएको राष्ट्रिय परीक्षा बोर्ड बागमतीका प्रमुख जयन्ती सत्यालले बताउनु भयो ।
वडा अध्यक्ष दिनेश महर्जनले विद्यार्थीको भविश्यलाई मध्यनजनर गरी विद्यार्थीलाई परीक्षा दिलाउँन आफूले पत्राचार गरेको जनाए । प्रोलिपिकको केन्द्र भएको महेन्द्र माविका केन्द्राध्यक्ष भिमप्र्रसाद पोखरेलले सबै विद्यार्थीको सक्कल प्रवेशपत्र राखेर फोटो भिडाएर मात्रै परीक्षामा सामेल गराएको जनाए । शैक्षिक वर्ष २०८० को परीक्षामा नक्कली परीक्षार्थी खडा गरेकाले उक्त विद्यालयलाई निगरानीमा राखेको र यसवर्ष पनि गैरकानूनी रुपमा प्रोलिफिक र साइपाल गाभिएको विद्यालयले प्रश्नपत्र आउट गरेपछि निगरानीमा राख्नुपरेको बोर्डको गोप्य स्रोतले जनाएको छ । आखिर साइपाल र प्रोलिफिक नाम फरक भएपनि यी दुई विद्यालय गैरकानुनी रुपमा एउटै भएर अध्ययन अध्यापन गराई रहेका छन् ।
कानूनी रुपमा दुई विद्यालय एउटै भवनमा रहेका छन । यसको पुष्टि कक्ष १० को परीक्षा अलग–अलग नामबाट भएको छ । कक्ष १२को अलग–अलग हुनुले कानूनी रुपमा दुई विद्यालय अस्तित्वमा रहेको देखिन्छ । तर व्यावहारमा एउटै रहेको छ । गोप्य स्रोतको अनुसार यसअघि परीक्षाकेन्द्र नै खरीद गर्ने गरेको जानकारी प्राप्त भएको छ । यसबारे प्रअ महतलाई बुझ्दा हामी प्राइभेटले यस्ता चार पाँच जना नक्कली परीक्षार्थीलाई परीक्षा सँधै दिलाउँने गरेको यसवर्ष (गतवर्ष) कसरी हो परीक्षा अगावै प्रवेशपत्र बाहिर आएपछि सतहमा आएको प्रअ गोपालबहादुर महत स्वीकार्नु हुन्छ ।
यस्तो काम किन गरेको भन्दा पाँच जनामा दुई जना विद्यार्थीमा दीपक महत र तिलबहादुर महत उहाँका सहोदर भाई रहेका र तीनजना विकेश न्यौपाने र मुकेश चन्द र प्रशान्त विष्टको अरुबाट परीक्षा दिन लगाएर महंगोमा प्रमाणपत्र विक्रि गर्ने उदेश्य प्रअ महतको गलत मनसाय भएको स्रोतले जानकारी दिएको छ ।
नक्कली पाँच जनामध्ये प्रशान्त विष्टले दोहोरो रजिस्टेसन गरेकाले हाल दोहोरो रजिस्टेसन फारम कसरी किन भरे त ? उनले सँगै एउटै समयमा परीक्षा हुने भएकाले दुई ठाउँबाट एउटै व्यत्तिले कसरी परीक्षा दिन्छन् होला प्रश्न चिन्ह खडा भएको छ । एकै समयमा हुने परीक्षा आफै कसरी दिन्छन ? उनको प्रोलिफिकको परीक्षा रद्ध भएपनि प्रशान्त विष्टले साइपालबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेको देखिन्छ । यसको विस्तृत अनुसन्धान भएमा नौलो तथ्य बाहिर आउँने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षा विद्यालयमा आफ्नो तजविजले समय सारिण बनाएर विद्यालयले ग्रेडसिट तयार गर्ने गरेकाले धेरै ठाउँमा कक्षा ११ को परीक्षा फितलो हुँने गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ छ ।
परीक्षाको यही अवस्था रहे कक्षा ११ को परीक्षा विद्यालयलाई विश्वास गर्न नसकिने जुनसुकै बोर्डले लिएपनि कक्षा ११ को परीक्षा पनि बोर्डले लिनुपर्ने जनाउँछन । विद्यालयलाई दिंदा मनमौजी गरेर परीक्षाको मर्यादा कायम नगरेको गुनासा आउँने गरेको बोर्डका अधिकारीले जानकारी दिए । विष्टको दोहोरो रजिस्टेसनको विषय बोर्डको अनुसन्धानको विषय भएकाले तालुकदार कार्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सत्यतथ्य केहो भनी पत्र प्राप्त भएको र यसबारे अनुसन्धानमा रहेको परीक्षा बोर्डका अध्यक्ष शर्माले शिक्षा मन्त्रालयलाई जानकारी दिनुभएको गोप्य स्रोतले जनाएको छ ।
सोही घटनामा पाँच जनाको किर्ते फोटो एक्लैै महतले मात्रै नगरी उक्त विद्यालयका सम्पूर्ण शिक्षक र व्यवस्थापन समिति र सरोकारवालामाथि थप अनुसन्धान गरेमा नयाँ तथ्य खुल्न जाने अनुसन्धानका जानकार बताउँछन् । एउटै शैक्षिक शत्रमा दुई विद्यालयबाट रजिस्टेशन गर्न पाइदैन यस्तो गरेको पाइएमा दुबैतर्फको रजिस्टेसन रद्ध गरी प्रमाणपत्र रद्ध हुँने नियम रहेको बोर्डले जनाएको छ । परीक्षा बोर्डको नियमानुसार एक निवेदकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दोहोरो रजिस्टेसन छानविनलाई निवेदन दिएकाले उक्त घटनालाई छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प.सं.स ८१ /८२ चलानी नम्बर १९२ को मिति २०८१ माघ १८गते गरेको पत्राचारको मितिले देखाउँछ । पत्राचारमा अगाडि लेखिएको छ :
विषय : आवश्यक कार्वाही सम्बन्धम ।
श्री काठमाडौँ महानगरपालिका, काठमाडौँ
श्री राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी काठमाडौँ
प्रस्तुत विषयमा यस मन्त्रालयमा माननीय मन्त्रीज्यलाई सम्बोधन गरी दोहोरो रजिस्टेसन गरी विद्यार्थी उत्तीर्ण गरेको तथा गैह्रकानूनी तवरले विद्यालय भाभ्ने कस’रदार ठहर व्यक्ति प्रधानाध्यापक भएको रोकिपाउँ भनी विषयमा निवेदकले दिएको निवेदनमा र निवेदनसंग संग्लग्न पाना ७ कागजात आवश्यक कार्याथ तहाँ पठाइएको व्यहोरा आदेशअनुसार अनुरोध छ ।’ माथिको यस वर्ष २०८१ को प्रश्नपत्र आउट भएको घटनाले गतवर्ष यहि समयमै भएको कक्षा १२ कै परीक्षाको घटना पनि सँगै सतहमा आएको छ । यस विषयमा शिक्षा मन्त्रालयको समेत गम्भीर रुपमा ध्यानाकर्षण भएर कार्बाही प्रकृयाबारे के भएको छ भनी राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी, बागमती परीक्षा व्यवस्थापन कार्यालय, सिनामङ्गल र स्थानीय तह काठमाडौ महानगरपालिकालाई कार्यन्वयन गर्न निर्देशन गरेको स्रोतले जनाएको छ ।
यसबारे राष्ट्रिय परीक्षा बोर्डले मन्त्रालयले पठाएको पत्र कार्यालयमा आइपुगेको जानकारी प्राप्त भएको आफ्नो टेबुलमा आइनसकेको र यसबारे तत्काल अनुसन्धान गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भयो । काठमाडौँ परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख जयन्ती सत्यालले एउटै सत्रमा दोहोरो रजिस्टेशन गरेमा दुबैतर्फको रजिस्टेशन रद्ध हुने प्रावधान रहेकाले प्रोलिफिक र साइपाल दुबै विद्यालय र विद्यार्थीसँग पत्राचार गरी सत्यतथ्य बुझेर अनुसन्धान गर्ने र दोहोरो भेटिए आवश्यक कार्बाही गर्ने जनाउनु भयो । २०८२ बैशाख २२ गते राष्ट्रिय परीक्षा बोर्डले प्रोलिफिक र साईपाल दुबै विद्यालयलाई गरेको पत्राचारमा उल्लेख गरिएको छ ।
श्री प्रधानाध्यापक ज्यू
प्रोलिफिक मावि धुम्बारी, काठमाडौँ
साइपाल मावि धुम्बाराही, काठमाडौँ
विषय : सत्यतथ्य विबरण उपलब्ध गराइदिने सम्बन्धमा ।
प्रस्तुत विषयमा शैक्षिकशत्र २०७९/०८०मा कक्षा ११मा रजिस्टेसनका लागि त्यस विद्यालय बाट रजिस्टेसन आवेदन फारम भरी प्रोलिफिक तर्फको रजिस्टेसन नम्बर ८०३२७१५४०००८ कायम भएका प्रशान्त विष्ट (जन्म मिति २०६४ /०३ /१० को सोही वर्ष अर्को सइपाल एकेडेमीबाट माथिकै जन्मतिति र बाबुको नाम भएका रजिस्टेसनमा ८०३२७२९१००९७ समेत सोही नाम र जन्म मिति उल्लेख भई रजिस्टेसन भएको देखिएको हुँदा सो सम्बन्धमा सत्यतथ्य जानकारी सहित तपशील बमोजिमका कागजातहरू दुई दिनभित्र यस कार्यालयमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ । ‘
बोर्डले दुबै विद्यालयलाई एकै ब्यहोराको पत्राचार गरेको देखिन्छ ।
तपशिल
१. कक्षा ११ को सक्कलै भर्ना अभिलेख (भर्ना हुँदा भरेको फारम रभर्ना हुँदा शुल्क तिरेको रसिद ) ।
२.कक्षा ११ र १२ को निज विद्यार्थीको हाजिरी ।
३.कक्षा ११ र १२ को सबै त्रैमासिक परीक्षाको नतिजाको विवरण ।
४.कक्षा ११को अन्तिम परीक्षाको हाजिर, उत्तरपुस्तिका र ग्रेडसिट ।
५.कक्षा ११को आन्तरिक मूल्याङ्कनको विबरण ।
६.कक्षा १२ मा भर्ना हुँदा शुल्क तिरेको रसिद ।
हाल यही बैशाख २५ गते बिहीबार प्रश्नपत्र आउट गरेको साइपाल एकेडेमी र सोही ठाउँमा भएको प्रोलिफिक माविबीचमा कानुनी रूपमा नभएर गैरकानूनी रूपमा एक अर्कामा गाभेको विषय सतहमा आएको देखिन्छ । प्रोलिफिकतर्फको ब्लकमा साइपाल एकेडेमी पिजिदेखि कक्षा १० सम्मको भनेर उल्लेख गरेको छ । साविकको साइपालको भवनमा कक्षा ११ र १२ चलाउँने गरेको पाइएको छ । तर कानूनी प्रकृया कुनै पूरा नगरेको खुल्न आएको छ । जसको प्रमाण उक्त दुबै विद्यालयले एसइइको परीक्षा अलग–अलग विद्यालयको नामबाट दिलाएकोबाट पुष्टि गर्न सकिन्छ ।हाल सञ्चालनमा रहेको कक्षा १२को परीक्षा अलग–अलग नाममा परीक्षा फारम भरी दिलाइएको छ । प्रोलिफिक नामको विद्यालयको परीक्षा केन्द्र महेन्द्र मावि वालुवाटारमा रहेको छ भने साइपालको परीक्षा केन्द्र मोर्गान इन्टरनेशनल र अन्य ठाउँमा रहेको छ । तर कुनै कानूनी प्रकृया पूरा नगरी बिगत ६ महिनादेखि गैरकानूनी रूपमा विद्यालय गाभेर अध्यापन गर्दै आएको जानकारी प्राप्त भएको छ ।
यसबारे बोर्डले स्थलगत अनुगमनमा जाँदा एक विद्यालयमा कक्षा १० सम्म र अर्को ब्लकमा साइपाल चलाएको देखिन्छ । प्रोलिफिकको परिचय कतै देखिदैन यसबाट पनि पुष्टि हुन्छ कानुनी प्रकृया पूरा नगरी विद्यालय गाभिएको छ भन्ने । कागजी रुपमा दुबै विद्यालय अस्तित्वमा कायमै रहेका तर व्यवहारमा गैरकानूनी रुपमा चलाइएको फेलापरेको बोर्डका अधिकारीले जनाए । यस षियमा नियामक निकाय काठमाडौँ महानगर शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्माले कुनैपनि कानूनी प्रकृया आजसम्म पूरा नगरेको बताउनु भयो । काठमाडौ ४ हेर्ने विद्यालय निरिक्षक नेत्रनारायण पौडेललले कम्पनी गाभ्दा कम्पनी ऐन अनुसार एक कमपनी बन्द गर्नुपर्छ । काठमाडौँमा खरीद बिक्रि र गाभ्ने काम रोकिएको छ भनेर जानकारी दिए । यसरी अख्तियार प्रात अधिकारीले चासो नराखेर अनदेखा गर्नुमा अख्तियारको दुरुपयोग गरी अनदेखा गरेको शंकाको सुविधा किन नलिनु भनेर शिक्षाका सरोकारवालाले जनाएका छन् ।
अदालतबाट कसुरदार व्यक्ति प्रअको सन्दर्भमा गतवर्ष २०८० को कक्षा १२ को परीक्षामा नक्कली प्ररीक्षार्थी खडागरेको अभियोमा प्रोलिफिकका प्रधानाध्यपक गोपालबहादुर महत र सोही विद्यालयका कम्प्युटर शिक्षक सरोज न्यौपानेलाई २०८१ बैशाख १६ गते पक्राउ गरी काठमाडौँ महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा हिरासतमा राखेर अनुसन्धान गर्न वादी काठमाडौँ महानगरपालिका र प्रतिवादी गोपालबहादर महत र सरोज न्यौपाने भएको मुद्धामा “अन्य सरकारी वा सार्वजनिक लिखत किर्ते सम्बन्धि कसर” मा उक्त मुद्धाको दर्ता मिति २०८१ जेठ ११ र मुद्धा दर्ता नम्बर ०८०–अज्ञ–९९७७ रहेको छ । जेठ १३ गते न्यायाधीश दुर्गा खड्काको आदेश धरौटी माग गर्ने । २०८१ असार १७ मा न्यायाधीश दुर्गा खड्काको आदेश बयान बकपत्र भएको । २०८१ असार २६ मा न्यायाधीश पदमराज पाण्डेको प्रतिवादीको कानुन व्यावसायीबाट स्थगित । २०८१ श्रावण २१ न्यायाधिश दुर्गाप्रसाद खनाल प्रतिवादीको कानुन व्यवसायीबाट स्थगित । २०८१ श्रावण २८ न्यायाधिश कपिलमणि गौतम आदेश कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने । २०८१ भाद्र ०७मा न्यायाधीश कपिलमणि गौतम फैसला अन्तिम आदेशमा अभियोग दावि पुग्ने ।
यही फैसलाको आदेशको पूर्णपाठ २०८१ मंसिर २ गते प्रतिवादी गोपालबहादुर महतलाई छ महिना कैद र सरोज न्यौपानेलाई सफाई दिएको छ ।
“माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी गोपालबहादुर महत उपर मुलुकीअपराध संहिता २०७४को दफा २७६(१) (२) अनुसारको कसुरमा उपदफा ३(ग) बमोजिम००।०६।००(छ महिना)कैद र रु ५०००(पाँचहजार) जरीमाना हुँने ठहरी फैसला भएकोले निज प्रतिवादी गोपालबहादुर महत मिति २०८१। ०१। १६मा पक्राउ भै मिति २०८१ । ०२ । १३ को आदेश अनुसार धरौट रकम दाखिला गरी तारेखमा रहेको देखिदा प्रतिवादीलाई भएको कैद तथा जरिमानाको लगत कसी बाँकी कैद र जरिमाना असुल गर्नूभनी तहसिल शाखालाई लेखि पठाउनु ।” भनी न्यायाधीश कपिलमणि गौतमले मिति २०८१ मंसिर २ गतेको पूर्णपाठमा आदेश गर्नुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड बागमतीले प्रोलिफिक माविलाई गरेको पत्राचारमा १२ जना नै विद्यार्थी सक्कली दावी गरेर पत्रको जवाफ दिएको देखिन्छ । यदि सक्कली विद्यार्थी र विद्यार्थीले आफै परीक्षा दिएका हुन् भने गत २०७९को ११को विद्यार्थीले आफै सक्कलै गरेको हाजिरबाट पत्ता लगाउँन सकिने । विद्यार्थी नियमित भर्ना भएर आएको भए विद्यालयमा भर्ना भएको लेजर सिटमा रकम तिरेको लेखामा देखिने र विद्यार्थी सक्कल हो होइन भन्ने एकिन गर्न विद्यालयमा रहने विद्यालयको परीक्षा डिपार्ट हेर्ने अधिकारीले विद्यार्थी चिन्नुपर्ने लगायतका काममा अनुसन्धान नभएको ठहर्छ । उक्त विद्यालयका आधिकारिक विद्यार्थी सात जना मात्रै रहेको र आफूले सात जना मात्रै पढाएको नक्कली पाँच जनाबारे आपूmलाई जानकारी नभएको तर घटना बाहिर आएपछि मात्रै जानकारी पाएको एक शिक्षकले नाम नबताउँने शर्तमा जानकारी दिएका छन ।
पाँच जना नक्कली विद्यार्थीको परीक्षा फारम एक्लै महतले मात्रै भरेको नहुन सक्छ । फारममा कुन व्यक्तिको हस्तलिपिमा फारम भरिएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा हस्तलिपि परीक्षण गरेमा कसको हस्ताक्षरमा फारम भरिएको पत्ता लाग्ने अनुसन्धानका जानकार अधिकारी बताउछन् । नक्कली परीक्षार्थी खडा गर्नु हँदैन भनेर भन्नु भन्दा सबैको मिलेमतोमा गुपचुप काम गर्ने रणनिति रहेको देखिन्छ । पाँच जनाको रद्ध भएका परक्षार्थीको सैद्धान्तिकको परीक्षा रद्ध भए पनि प्रयोगात्मक नम्बर १२ जनाकै पठाउनुमा उक्त समयमा विद्यालयको आन्तरिक सुपरीक्षक बाह्य सुपरक्षिक समेतमा अनुसन्धान हुनुपर्ने देखिन्छ । यसबाट नौलो तथ्य खुल्ने छ ।
जब पाँचजना नक्कली परीक्षार्थीको परीक्षा रद्ध भैसकेको अवस्थामा विद्यार्थीको हाजिरी कस्ले गरेको छ त्यो अनुसन्धानको विषय बन्ने छ । एक गोप्य स्रोतले दिएको जानकारीमा प्रअ महतले काम लगाएर नक्कली विद्यार्थीको फोटो कम्प्युटर शिक्षक सरोज न्यौपानेले टाँस गरेको जानकारी प्राप्त भएको छ । सोही विद्यालयमा अध्ययन गरेका २०७९मा कक्षा १२ पास गरिसकेका विद्यार्थी लोकबहादुर भण्डारीले आफ्नो फोटो टाँसेर दुरूपयोग गरेको विषयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा प्रअ महतले आफ्नो सरलपनलाई दुरुपयोग गरी आफ्नो फोटो टाँसेको भनेर उजुरी दिनुभएको थियो । उहाँको उजुरीको व्यहोरा तपशिल रहेको छ ।
श्रीमान् कार्यालय प्रमुखज्यू
महानगरीय प्रहरी वृत्त
महाराजगञ्ज, काठमाडौ
विषय आवश्यक कार्वाही गरी पाउँ भन्नेबारे।
महोदय,
उपरात्त सम्बन्धमा विगत एक वर्ष अगाडि २०७९ सालको प्रोलिफिक माविको कक्षा १२पास भई अन्यत्र क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययनरत विद्यार्थी म निवेदक लोकबहादुर भण्डारीको फोटो दुरुपयोग गरी प्रोलिफिक माविका प्रिन्सिपल गोपालबहादुर महतले परिक्षा २०८०मा मेरो फोटो दुरुपयोग गरी मेरो निर्दोषिताको फाइदा उठाई नक्कली प्रवेश पत्र बनाएकाले आवश्यक कानुनी कार्बाहीको लागि श्रीमान् समक्ष विनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
नक्कली परीक्षार्थी २०७९ मा आफ्नै पुराना कक्षा १२ पास गरिसकेका विद्यार्थी भएकाले थोरै रकममा आफ्ना विद्यार्थीलाई परीक्षा दिलाउँन सकिहालिने र परीक्षा नै नदिएर लाखौँ रुपियामा सर्टिफिकेट बिक्रि गर्ने प्रअ महतको योजना रहेको नाम नबताउँने शर्तमा गोप्य स्रोतले जानकारी दियो । अन्य फोटो टाँसिएका विद्यार्थीले फोटो दुरुपयोगमा निवेदन दिनखोज्दा उनलाई जनही दुई लाख रुपैँया दिएर उनिहरूलाई निवेदन दिनबाट बञ्चित गरी चुप लगाएर आफ्ना पक्षमा बयान दिन लगाइएको स्रोत बताउँछ ।
प्रअ महतलाई यस्तो अवैधानिक काम किन गरेको भन्दा हामी प्राइभेटले सँधै पाँच साथ जना यस्ता नक्कली फारम हालिहाल्थ्यौँ यसपटक दशा लागेको रहेछ भनेर जवाफ दिए । अन्य फोटो टाँसिएका विद्यार्थीलाई आफ्नो पक्षमा बयान दिलाउँन जनही दुई लाखले उनलाई आफ्नो पक्षमा बोलिदिन महतले रकमले आफ्नो पक्षमा बोल्न लगाएको गोप्य स्रोतले जनाएको छ । भण्डारीलाई पनि निबेदन फिर्ता लिन र मोटो रकम दिने लालच देखाउँदा पनि भण्डारी गलेनन ।
शिक्षा जस्तो संवेदनशील विषयमा यसरी वर्षैपिच्छे एउटै विद्यालयले कहिले नक्कली परीक्षार्थी खडा त कहिले प्रश्नपत्र आउट गरेको घटनालाई सामान्य भूलवश भएको घटनाका रूपमा नलिएर हदैसम्मको कानूनी कार्वाही गरिने शिक्षा मन्त्रालयले जनाएको छ । हदैसम्मको कार्बाही गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, बागमती प्रदेश व्यवस्थापन कार्यालय बागमती र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको जनाएको छ । प्रश्नपत्र बाहिरिनुमा प्रअ केन्द्राध्यक्ष मुल जिम्मेवार हुने हुन्छन् । किनकी उनकै मोबाइलमा ओटिपी पासवर्ड आउँछ अरुले खोल्न मिल्दैन । त्यसैले जिम्मेवार अख्तियार प्राप्त प्रधानाध्यापक नै गैरजिम्मेवार देखिए । राष्टिय परीक्षा बोर्डले प्रश्नपत्र प्रिन्ट गर्ने अधिकार केन्द्राध्यक्षलाई मात्रै रहेको भनिएको छ । बोर्डले जारी गरेको परक्षिा निर्देसिकामा भनिएको छ ।
“परीक्षार्थीको प्रवेशपत्र र बोर्डबाट उपलब्ध गराइएको ट्रिप्लिकेटमा विषय फरक परेमा प्रवेशपत्र अनुसारको विषय कायम गर्न र सिम्बोल नम्बर फरक परेमा ट्रिप्लिकेट अनुसारको सिम्बोल नम्बर कायम गरी परीक्षामा सहभागी हुने व्यवस्था गरिएको । प्रश्नपत्र सम्बन्धमा विद्युतीय माध्यममार्फत परीक्षा सुरु हुनुभन्दा न्यूनतम आधा घण्टा अगाडि अनिवार्य रूपले बोर्डका सिष्टमबाट प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको जनाइको छ ।
हरेक परीक्षा केन्द्रको छुट्टाछुट्टै User ID Create ul/Psf. गरिएका। हरेक परीक्षा केन्द्रले आफ्नो User ID बाट Login गरी केन्द्राध्यक्षको मोबाईलमा प्राप्त हुने OTP बाट मात्र प्रश्नपत्र डाउनलोड हुने व्यवस्था मिलाईएको ।
केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र केन्द्रमा खटिएका एकजना सुरक्षा प्रमुखको रोहवरमा मात्र प्रश्नपत्र डाउनलोड गरी छपाई गर्न सम्बन्धित केन्द्राध्यक्षलाई निर्देशन दिइएको ।” यसरी माथी भनिएको निर्देशनमा जवाफदेही केन्द्राध्यक्ष नै हुनुपर्ने जनाउँछ ।
(लेखक वाशिष्ठ गोरखापत्र राष्ट्रिय दैनिकका ‘खश जुम्ली’ भाषाका पृष्ठ संयोजक एवं नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्