काठमाडौं, १७ असार । नेपालमा यस वर्षको मनसुन भित्रिएको एक महिनामा ६ सय ७४ वटा विपद्का घटना भएका छन् । अघिल्लो महिना जेठ १५ गते राति पूर्वबाट मनसुन भित्रिएको थियो ।
हिजो असार १६ गतेसम्म ६ सय ७४ वटा मनसुनजन्य विपद्का घटना भएका र ती घटनामा ३१ जनाको ज्यान गएको, १ सय १२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।
प्राधिकरणका अनुसार एक महिनाको अवधिमा पहिरोका ८७ वटा घटनामा २५ घरमा आंशिक, ११ घरमा पूर्ण र एउटा पुलमा क्षति भएको छ । त्यस्तै बाढीका ६४ वटा घटना भएकोमा एक सय २३ परिवार प्रभावित भएका छन् । यस्तै चट्याङका ८२ वटा घटना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्