काठमाडौं, साउन २१
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोशालामा गरिएको परीक्षणमा कास्कीका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५५२ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म १ हजार ३५४ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्