जनता टाइम्स

६ असार २०८२, शुक्रबार ११:३२

ग्वार्कोमा फ्लाइओभर बनेपछि प्रधानमन्त्री ओलीको घोषणा : ‘नेपालको सडकमा पहिलो नै हुनुपर्छ’  


काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर सडक निर्माण भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

ओलीले आज बिहान फेसबुकमा स्ट्याटस लेख्दै ग्वार्कोमा सुरु भएको यो फ्लाइओभर सडकलाई ‘नेपालको सडकमा पहिलो’ भनी व्याख्या गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘ग्वार्कोमा आजदेखि फ्लाइओभर सडक सुरु भएको छ, नेपालको सडकमा पहिलो नै हुनुपर्छ ।’

यो फ्लाइओभर निर्माण भएपछि नेपालको सडक पूर्वाधार निर्माणमा नयाँ अध्यायको सुरुआत भएको छ । फ्लाइओभरले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ । लामो समयदेखि ट्राफिक जामको समस्या झेल्दै आएको ग्वार्को क्षेत्रलाई प्राथमिकतामा राखेर फ्लाइओभर निर्माण गरिएको हो ।

सडकमा फ्लाइओभर नेपालको सडक पूर्वाधारमा यो पहिलो अवधारणा हो । नेपालको सडकले पछिल्लो समय उल्लेख्य प्रगति गरेको छ । फ्लाइओभर, सुरुङ मार्ग, द्रुत मार्ग लगायतका परियोजनाले नेपाल सडक पूर्वाधारको नयाँ युगमा प्रवेश गरेको छ ।

फ्लाइओभरको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्रीले फ्लाइओभर उद्घाटन गर्ने कार्यक्रम छ ।