जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १३:३६

कोरोना संक्रमण हो कि रुघाखोकी ? यस्तो हुन्छ फरक


काठमाडौं, भदौ ४ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसकको संक्रमणको लक्षण कस्तो हुन्छ ? कसरी कोरोना लागेको थाह पाउने भन्ने चिन्ता जो कसैलाई भइरहेका छ । ज्वरो आउने, रुघाखोकी लाग्ने कोरोनाको लक्षण भन्दै जतासुकै यही परीक्षण गरिएको पाइन्छ । आखिर कोरोना र अन्य रोगको लक्षणको फरक कसरी छुट्याउने त ? बैज्ञानिकहरुले अनुसन्धानपछि यस्को उपाय पत्ता लगाएका छन ।

अध्ययन अनुसार कोरोना संक्रमित ब्यक्तिमा सुंघ्ने क्षमता कम हुन्छ, तर यो लक्षण रुघा-खोकीमा देखिने लक्षण भन्दा फरक हुन्छ । ‘जर्नल राइनोलोजी’ मा प्रकाशित अध्ययन रिपोर्ट अनुसार कोरोना संक्रमित र सामान्य रुघा खोकी लागेका मानिसबीचको सुंघ्ने र स्वाद लिने क्षमता कम हुने लक्षणमा धेरै भिन्नता हुन्छ । कोरोना संक्रमित ब्यक्तिमा तितो र गुलियो स्वादबीचको फरक थाहा हुँदैन । अध्ययन अनुसार सामान्य रुघा खोकी लाग्दा पनि सुंघ्ने क्षमतामा ह्रास आउँछ तर कोरोना संक्रमितमा देखिने लक्षणभन्दा धेरै फरक हुन्छ । सुंघ्ने क्षमतासंग सम्बन्धित यो पहिलो अनुसन्धान हो । जसअनुसार कोरोना संक्रमितमा सुंघ्ने क्षमतामा कमी आउँछ । उनीहरु नाकबाट सजिलै सास फेर्न सक्छन ।

रुघा खोकीमा जस्तो नाक बन्द हुने र सिंगान बग्ने हुँदैन । तितो र गुलियो स्वादको फरकबारे थाहा नपाउने लक्षण पनि कोरोना संक्रमितमा देखिने हुनाले कोरोना भाइरसले मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीमासमेत संक्रमण फैलाउँछ भन्ने तथ्य अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन । यो अनुशन्धानमा १० जना कोरोना संक्रमित विरामी र १० जना रुघा लागेका विरामीहरुलाई सहभागी गराइएको थियो । यसमा विभिन्न उमेर समुहका महिला र पुरुषहरुको सहभागिता रहेको थियो ।

कोरोना संक्रमित र रुघा लागेका दुवै समुहका विरामीहरुमा हुने सासको समस्या दमका रोगीहरुको भन्दा फरक रहेको तथ्य यो अनुशन्धानबाट पत्ता लागेको छ । ईस्ट एंगलियाको एक विश्वविद्यालयमा सुंघ्ने क्षमतासंग सम्बन्धित रोगका विशेषज्ञहरुको युरोपियन समुहले यसबारे अनुसन्धान गरेका हुन । यो अनुशन्धानमा प्रोफेसर फिलपट पनि सहभागी हुनुहुन्थ्यो । उदाहरणको रुपमा ‘साईटोकाइन स्टर्म’ लाई लिन सकिन्छ । यो कोरोना संक्रमित विरामीमा देखिने एक अवस्था हो । कोरोना संक्रमित विरामीको शरीरमा रहेको रोग प्रतिरोधी क्षमताले कोरोना भाइरसविरुद्ध अत्यधिक प्रतिकृया गर्छ । यही अवस्थालाई ‘साईटोकाइन स्टर्म’ भनिन्छ ।

तर रुघा लागेका वा दमका रोगीहरुमा यस्तो अवस्था देखिंदैन । यो अनुसन्धानले कोरोना संक्रमितहरुमा सुंघ्ने र स्वाद थाहा पाउने क्षमता अधिक मात्रामा ह्रास हुन्छ । तर सामान्य फ्लु अर्थात रुघा लागेका विरामीमा यस्तो नहुने तथ्य पत्ता लागेको छ । (एजेन्सीको सहयोगमा)