काठमाडौं, वैशाख ३० गते । कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताउनुभएको छ ।
मङ्गलबार (आज) फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक तस्बिर राख्दै गिरीले यस्तो बताउनुभएको हो । ‘प्रधानमन्त्रीसँग किन फोटो हालिस् ? अब तेरो... यस्तै यस्तै कमेन्ट आउने होला तर, कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नुभएन, कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ, होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन, जय सकारात्मकता …’ उहाँले लेख्नुभएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको प्रशंसा गर्नुभएका अर्का कलाकार प्रकाश सपूतका विरुद्धमा सामाजिक सञ्जालमा नानाभाँतीका कमेन्ट गरिएका थिए। गिरीले सपूतको त्यही सन्दर्भलाई सम्झिँदै यस्तो लेख्नुभएको हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्