काठमाडौं, भदौ १२
त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो ।
पुरुषलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । हिजो आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो । निमोनियाको समस्या भएका पुरुषलाई अस्पताल ल्याइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्