जनता टाइम्स

९ असार २०८२, सोमबार ११:१८

जनताको आवाज उठाउँदा दबाउन खोजियो : शिव नेपाली 


काठमाडौं, ९ असार । रास्वपाका सांसद शिव नेपालीले सरकार र मन्त्री फेरिँदा पनि मानव तस्करहरूले उन्मुक्ति पाएका भन्दै आपत्ति जनाउनुभएको छ ।

भिजिट भिसा प्रकरणमा मानव तस्करी भएको बताउँदै अपराधीलाई कारबाही गर्न भन्दा पनि ठुला दलहरू उनीहरूलाई छुटाउन लागेका बताउनुभयो । उहाँले सरकारको आपराधिक गिरोहसँग साँठगाँठ भएको आशङ्का व्यक्त गर्नुभयो ।

आफूहरू जनताको पक्षमा दृढ रूपमा उभिएको र जनताको पक्षमा बाेलि रहने उहाँले बताउनुभयो । ‘जनताको पक्षमा बोलेको भन्दै हाम्रा आवाज दबाउँदै र धम्क्याइँदै छ’, उहाँले भन्नुभयो ।

उहाँले सो प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्नुभयो । उहाँले रास्वपाको माग र आन्दोलन जारी रहेको बताउँदै संसद् बैठक बहिष्कार गर्ने बताउनुभयो । त्यस पछि रास्वपाका सांसदहरू नारा लगाउँदै बैठक स्थलबाट निस्किएका छन् ।