जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १३:३१

नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा (सूचीसहित)


काठमाडौं, भदौ १५

नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो । जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ । बोहोराले यसअघि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको पनि नेतृत्व गरिसकेका छन् ।