जनता टाइम्स

९ असार २०८२, सोमबार २२:१४

भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति


काठमाडौं, ९ असार । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले बताउनुभयो । समितिलाई ३० दिनको समय दिइएको छ ।

यसैबिच सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । थपिएको पदावधि अनुसार धवौजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म रहनेछ भने न्यौपानेको २०८२ माघ २९ गतेसम्म रहनेछ ।