जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १८:३४

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण


काठमाडौं, भदौ १५

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ । कोरोना संक्रमण भएपछि उहा महानगरको वडा २१ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बस्नु भएको छ ।

दुई दिनअघि स्वाब दिनुभएका मेयर शाक्यको सोमबार रिजल्ट पोजेटिभ आएको उहाको सचिवालयले जानकारी दिएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उहाकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले नै शनिवार स्वाब दिएका थिए । तर, उहाकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

मेयर शाक्यलाई कोरोना कहाबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । तर, पछिल्लो समय उहाको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको बताइएको छ ।