काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो । ‘रिक्त मन्त्रालयमा नयाँ मन्त्री आउनुहुन्छ तर मन्त्रिपरिषद् पुनर्गठन हुँदैन, आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्नाेस, मन्त्री फेरिने विषयमा भन्दा पनि आफ्नो मन्त्रालयको कामको तनाव लिनोस,’ मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
एक मन्त्रीले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनको क्रममा उहाँले कसैले हल्ला चलाएको भरमा मन्त्रिपरिषद हेरफेर हुने बिषय नभएको भन्दै कुनै भ्रममा नपर्न मन्त्रीहरुलाई सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन हुने भन्ने बिचौलिया र सरकारबिरोधीको हल्लामा नलागी रफ्तारका साथ आफ्नो मन्त्रालयको रफ्तारमा काम गर्न मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो । प्रधानमन्त्री ओलीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।
सत्तारुढ नेकपामा नेतृत्व विवाद चर्कदै गर्दा मन्त्रिपरिषद नै पुनर्गठन हुने चर्चा चलाइएको थियो । केही दिनयता बिभिन्न नेताको नामै तोकेर मन्त्रालयको नेतृत् वगर्न लागेको र मन्त्रीहरुको नामै किटेर हटाइन लागेको भन्दै फेक समाचार आइरहेको थियो । प्रधानमन्त्री ओलीले यस्ता अफवाह चलिरहेकै बिषय भन्दै दृढताका साथ काम गर्न निर्देशन दिनुभएको हो ।
आजको बैठकमा सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिदाई मन्तब्य राख्नुभएको थियो भने प्रधानमन्त्रीसहित सवै मन्त्रीहरुले नेपालको अर्थतन्त्र सुधारका लागि उल्लेखनीय काम गरेको र सफल अर्थमन्त्रीका रुपमा बिदाई हुन सफल भएको भन्दै खतिवडालाई बधाई दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्