जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार ११:३५

सहयोगीमा कोरोना संक्रमण देखिएपछि देउवा आइसोलेसनमा


काठमाडौं, असोज १

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्नु भएको छ । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नु भएको हो ।

उहाका स्वकीय सचिव भानु देउवाका अनुसार ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने उहाले जानकारी दिनुभयो ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ ।

बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक निकाय एंव विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक तय गरिएको थियो ।