जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १७:३८

क्वारेन्टिनमै एक युवाले गरे आत्महत्या


बुटवल, असोज १ । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा सोही वडाका २५ वर्षीय युवा पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन ।

यही भदौ १७ गते भारतबाट आएका पाण्डे उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार राति क्वारेन्टिइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेले आत्महत्या गरेका हुन ।

उनले पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिए पनि रिपोर्ट आएको थिएन । पाण्डेले आत्महत्या गर्नुको कारण भने अझैसम्म खुलेको छैन ।