जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार २१:१४

उपप्रधानमन्त्री पोखरेल काठमाडौंका कोरोना संक्रमितको घरघरमा


काठमाडौं, असोज १६

उपत्यकामा कोरोना संक्रमितको संख्या बढि रहेका बेला होम आइसोलेशनमै बस्नेको संख्या पनि उल्लेख्य रहेको छ । कोरोना संक्रमितलाई निको बनाउने सबैभन्दा ठुलो औषधि उच्च मनोबल रहेको बताइदै आएको छ । होम आइसोलेशनमै बसेकाको मनोबल उच्च बनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संक्रमितको घरघर पुग्न थाल्नु भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख भूमिका खेलिरहनु भएका उपप्रधानमन्त्री पोखरेल काठमाडौं महानगरपालिका–२ का संक्रमितको मनोबल बढाउन घर घर पुग्न थाल्नु भएको हो । उहाले संक्रमितको हौसला बढाउन तथा आइपरेका समस्या बुझ्न घर घर जानु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले भेटघाटमा संक्रमित तथा उहाहरुका परिवारलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस संक्रमणको असर कम गर्न सकिने भन्दै संक्रमित तथा परिवारलाई सुस्वास्थ्यको शुभकामना दिनु भएको छ । साथै उहाले मृतकका परिवारलाई आवशयक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलसहित बागमती प्रदेश सभा सदस्य नारायण सिलवाल, काठमाडौं महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहितको टोली वडा नम्वर २ का विभिन्न टोल पुग्नु भएको थियो ।