जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १८:३९

निकै महंगो पर्यो बलात्कारी जोगाउने त्यो मिलापत्र


बलात्कारी जोगाउने ‘पञ्चायती’माथि प्रहरीको कडा एक्शन, मुख्य अभियुक्तसहित समातीय समाजकै यी अगुवा

सिरहा, असोज १८ । पञ्चायतीको आडमा बलात्कारीलाई उन्मुक्ति दिलाउने स्थानीय भद्रभलादमीबिरुद्ध प्रहरीले कठोर कदम चालेको छ ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) धिरजप्रताप सिंहले कडा एक्शन लिँदै बलात्कारीसहित जोगाउनका लागि पञ्चायतीमा बस्ने सवैलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनु भएको हो । सो प्रकरणका मुख्य अभियुक्त मुकेशसहित मिलापत्र गराउने ९ जना मतियारलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइएको छ ।

मुख्य अभियुक्त मुकेश मुकेशकुमार साह

घटना बिवरणअनुसार सिरहाको बिष्णुपुर गाउँपालिका १ बिष्णुपुरस्थित शत्रुधन साहको घरमा बस्ने सिंहेश्वर साहको छोरा २० बर्षीय मुकेशकुमार साहले सोही गाऊँकी १६ बर्षीया किशोरीलाई असोज १२ गते साँझ जवर्जस्तीकरणी गरे । साँझ ५ बजेको समयमा साहले किशोरीमाथि बलात्कार गरेका थिए ।

साहको यस अपराध जघन्य थियो तर छरछिमेकले थानकारी पाएर पनि प्रहरीमा बुझाउने काम गरेन, उल्टै पीडित किशोरी र आफन्तलाई मिल्न दवाव दियो । उक्त घटनालाई ढाकछोप गरी अभियुक्तलाई उन्मुक्ति दिलाउने उदेश्यका साथ गाउँमै मिलाउन भनी ‘पञ्चायती’ बस्यो । बलात्कारीलाई उन्मुक्ति दिने योजनाका साथ ‘पञ्चातयी’ मा बस्नेहरु थिए, मुख्यअभियुक्त मुकेशसहित स्थानीय सिंहेश्वर साह, अरबिन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, रामउदगार यादव, जगबीर यादव, राजकुमार यादव र श्यामसुन्दर यादव । सो पञ्चायतीले ५ लाखमा केश मिलाएको थियो ।

बलात्कारीलाई उन्मुक्ति दिन ‘पञ्चायती’ बसेर ५ लाखको कपाली तमसुकमा मिलापत्र गराउने समाजका अगुवाहरु

सोहीअनुसार पञ्चायतीमा बसेका मानिसहरुले पीडतकको आफन्त ऋणीद्वय सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाखको कपाली तमसुक कागजसमेत गराई जगबीर यादवको जिम्मामा राखी मिलापत्र गरिदिए । स्थानीयबाटै सो सूचना प्रहरीमा आइपुग्यो । जिल्ला प्रहरी सिरहाले घटनाको गम्भीरुतालाई मध्यनजर गरी २ नम्बर प्रदेश प्रहरी कार्यालयकाका प्रमुख डिआइजी सिंहलाई जानकारी गरायो ।

सो जानकारी पाउन साथ डिआइजी सिंहले तत्कालै एक्शन लिन निर्देशन दिनुभयो । प्रदेश कार्यालयको टोली पनि खटाउनु भयो । प्रहरीले बलात्कारीसहित उन्मुक्ति दिलाउन लागेका सवैलाई पक्राउ गरेको छ । ‘जवर्जस्ती करणी जस्तो जघन्य अपराध मिलापत्र गर्न नपाइने अपराध हो, तर पञ्चायतीले मिलापत्र गरेको पाइयो, यसैकारण मिलाउन लाग्नेहरुमाथि पनि कार्वाही अघि बढाइएको हो,’ डिआइजी सिंहले जनताटाइम्ससँग भन्नुभयो