जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १२:०८

राष्ट्रपति निर्वाचन अगावै अमेरिकामा खस्यो २ करोड २० लाख मत


न्युयोर्क, कात्तिक १

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी नोभेम्बर ३ मा हुने निर्वाचन अगाडीको मतदान, अर्ली भोटिङ हालसम्मकै उच्च भएको छ ।

शुक्रबारसम्ममा २ करोड २० लाख मानिसले मतदान गरिसकेको अमेरिकाको निर्वाचन आयोजनाले जनाएको छ । यसअघि सन् २०१६ मा भएको मतदानमा ६० लाखले मात्र अर्ली भोटिङ गरेका थिए ।

कोरोना संक्रमणको महामारीका अर्ली भोटिङ गर्नेको संख्या बढेको विज्ञहरु बताउँछन् । हालसम्मको अवस्था हेर्दा यो बर्षको राष्ट्रपतीय निर्वाचनमा १५ करोडले मतदान गर्ने अनुमान गरिएको छ ।