जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार १४:४१

स्याङ्जामा जलाइयो फ्रान्सका राष्ट्रपतिको तस्बिर


स्याङ्जा, कात्तिक १४ । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा जलाइएको छ। राष्ट्रपति माक्रोंले दिएको मुस्लिमविरोधी अभिव्यक्तिको विरोधमा स्याङ्जाका मुस्लिम समुदायले राष्ट्रपति माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा जलाएका हुन ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित अहले सुन्नत बलजमात नुमरा जामाँ मस्जिदले गत मंगलबार माक्रोको तस्बिर जलाएका हुन । मस्जिदबाट निस्केको र्‍याली बाडखोला चोकमा पुगेर कोण सभा गरेको मस्जिदका सचिव हाजी साह मोहम्मदले जानकारी दिनुभयो । कोणसभा पछि माक्रोंको तस्बिर जलाएको उहाँको भनाई छ ।

‘विश्वभरका मुस्लिम समुदायले आस्थामाथि प्रहार गरेकाले यसैको विरोधमा हामीले माक्रोंको तस्बिर जलायौं,’ मोहम्मदले भन्नुभयो । उहाँले विरोधका अन्य कार्यक्रमका बारेमा बैठक बसेर निर्णय गर्ने जानकारी पनि दिनुभयो ।