मकवानपुर, कात्तिक १४ । मकवानपुरको थाहा नगरपालिकामा पूर्वजनप्रतिनिधि अष्टमान बलको सालिक निर्माण गरिएको छ । थाहा नगरपालिका वडा नं ११ का वडाअध्यक्ष किरणमान बलले आफ्नै बाबु अष्टमानको सालिक स्थापना गर्नुभएको हो ।
अष्टमान पूर्वजनप्रतिनिधि हुन । थाहाको टिस्टुङ क्षेत्रको पहिचानका लागि पूर्वजनप्रतिनिधि बलको सालिक स्थापना गरिएको हो । टिस्टुङ, नौखण्डेस्थित वडा कार्यालय अगाडि निर्माण गरिएको सालिकको हालै अनावरण गरिएको छ । थाहा नगरपालिकाको ११ र १२ नम्बर वडा कार्यालयले संयुक्त रुपमा २०७६ कात्तिक २८ गते बलको सालिक निर्माण गर्ने निर्णय नगरपालिकामा पेस गरेको थियो । नगरपालिकाले टिस्टुङ पहिचान स्तम्भ शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेपछि सालिक निर्माण गरिएको हो ।
करिब ११ लाख खर्चमा अर्धकदको सालिक निर्माण गरिएको वडाध्यक्ष बलले जानकारी दिनुभयो । बल मकवानपुरको सुदूरउत्तरमा पर्ने साविक टिस्टुङ गाविसका गाविसका अध्यक्षसमेत हुनुभएको थियो । सालिक अनावरण गर्दै सांसद खतिवडाले बलले दुर्गम स्थानमा परिवर्तनका लागि आधार खडा गरेकाले हालको विकास सम्भव भएको बताउनु भयो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बल अन्याय र अत्याचारविरुद्ध लड्ने योद्धा भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्