काठमाडौं, कात्तिक १४ । काठमाडौंको टोखा नगरपालिकामा पर्ने धापासीदेवी मन्दिरमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको हत्या भएको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पेन्टिङको काम गर्ने मगरको हत्या आरोपमा दुई जना पक्राउ गरेको जानकारी दिनुभयो । दिवस अधिकारी र रवि थापामगरलाई पक्राउ गरिएको तथा घटनामा संलग्न अन्य दुईजना फरार रहेको प्रहरीको भनाइ छ ।
आज बिहान मन्दिर परिसरमा झडप भएको र झडपकै क्रममा आषिशलाई छुरा रोपेर हत्या गरेको पाइएको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्