काठमाडौं, कात्तिक १६
पछिल्लो २४ घण्टामा देशभर २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको कोरोना अपडेटमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १ हजार ६२२ संक्रमित थपिएका छन् ।
उहाँका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी जम्मा १६२२ रहेको प्रा.डा गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३६२० हुनुहुन्छ । आजसम्म १ लाख ३४ हजार ८४२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।
जम्मा संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । देशभर सक्रीय संक्रमितको संख्या ३७ हजार ७५६ रहेको डा. गौतमले बताउनुभयो । संस्थागत आइसोलेशनमा ६७७९ जना हुनुहुन्छ । १३ हजार २३ जनाको पीसिआर परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्