जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार १७:५२

स्पेनिस ला लिगा : रियललाई शीर्ष स्थानमा उक्लने मौका


काठमाडौं, कात्तिक २३

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज पाँच खेल हुँदै छ । आज हुने खेलमा साबिकको विजेता टोली रियल मड्रिडले भ्यालेन्सीयासँग प्रतिस्पर्धा गर्दै छ । भ्यालेन्सियाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ सुरु हुनेछ । खेलमा रियललाई जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा सात खेल खेलेको रियल १६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

शीर्ष स्थानको एट्लेटिकोको १७ अंक छ । यता अंक तालिकाको १५औं स्थानमा रहेको रियल आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । रियल यो सिजनको पनि उपाधि दाबेदारका रुपमा छ । रियलले पछिल्लो दुई खेलमा जित निकालेको छ । त्यसैले रियललाई आजको खेलमा पनि जित निकाल्दै तालिकामा बलियो बन्‍ने मौका छ ।