काठमाडौं, कात्तिक २४
नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहनुभएका उहाँलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताउनुभयो ।
अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उहाँलाई जिम्मेवारी दिएको छ । शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । उहाँले भन्नुभयो, ‘एनईए इन्जिनयिरिङ कम्पनीबाट काज फिर्ता भएपनि शाक्य वरिष्ठ उपकार्यकारी निर्देशक भएकाले वरिष्ठताका आधारमा जिम्मेवारी दिइएको हो ।’
ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिनुभएको थियो । यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिइएको थियो । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहमा लागि बढुवा भए पनि ११औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएकाले शाक्यले नै वरिष्ठ रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्