काठमाडौं, काीत्तक २६
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–८, रामनगर चिप्लेगौंडा बस्ने धादिङ धुनवेशी नगरपालिका–९ घर भएका ५२ वर्षीय चक्रे तामाङ छन् ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्