जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १७:३३

सिराहाका दुई संक्रमितको मृत्यु


सिरहा, कात्तिक २६

सिराहामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–४ बस्ने ७० वर्षका पुरूष र बिष्णुपुर गाउँपालिका–२ का ३५ वर्षका पुरूषको मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डाक्टर कमलेश यादवले जानकारी दिनुभयो ।

७० वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३५ वर्षका पुरुषको विराट अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको यादवले बताउनुभयो ।

उहाँका अनुसार बिरामी भएपछि उपचारका लागि धरान जानुभएका ७० वर्षका पुरुषमा गत कात्तिक १७ गते र ३५ वर्षका पुरुषमा कात्तिक १९ गते कोरोना पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा दुवै जनाको मृत्यु भएको हो ।