जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १७:४२

यसकारण स्थगित भयो भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक


काठमाडौं, कात्तिक २६

भोली बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेसले भोलीका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो ।

बिहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको बताउनुभयो ।