काठमाडौं, कात्तिक २७
कोरोना संक्रमणबाट ग्रस्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो ।
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु,’ अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराउनुभएको छ । राष्ट्रिय जनमोर्चाले केसीको उपचारका लागि सहयोगको आह्वान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्