जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १६:२३

देशभर थप १६१४ जनालाई कोरोना पुष्टि


काठमाडौं, मंसिर ११

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६१४ लाई कोरोना पोजेटिभ देखिएको हो । ‌यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ लाख ९ हजार ४३५ जना निको भएका छन् । २४ घण्टामा १ हजार ४३७ जनाले कोरोनालाई जितेर स्वास्थ्य लाभ गरेका छन् । यस्तै २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ४१२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।