उदयपुर, मंसिर १२
उदयपुरको ताप्ली गाउँपालिका–५, रुपाटारबाट गाउँपालिकाको कार्यालयको नागरिक सहायता कक्षमा विस्फोटनमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१, ओख्लेका ३७ वर्षीय जिरा भन्ने ऋतु विक र सोही गाउँपालिका–५ गहतेका ६७ वर्षीय जटिल बा भन्ने गौरबहादुर देवकोटा छन् ।
गत आइतबार उक्त कार्यालयमा विस्फोट गराएको र प्रवेशद्वारमा एकथान विष्फोटक पदार्थसमेत फेला परेको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्