जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १३:२७

अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते


कैलाली, मंसिर १५

अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताउनुभयो । यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको उहाँले बताउनुभयो । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।