१० असार २०७६, मंगलबार ००:००

सूर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा, नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)


भक्तपुर, असार १०

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकासको काममा पार्टी नहुने बताउनुभएको छ । विकासमा पार्टीगत हुँदा विकास नहुने बताउँदै राजनितिक स्वार्थबाट माथि उठेमात्र विकास हुने बताउनुभयो ।

हनुमन्ते नदी सफाई अभियान र अरनिको राजमार्ग सुरक्षित हुँदा सबैलाई लाभ हुने पोखरेलले बताउनुभयो । कार्यक्रममा सांसद महेश बस्नेतले आगामी केही वर्षभित्र नै भक्तपुर विकासले भरिपूर्ण जिल्लाका रुपमा चिनिने बताउदै सडक विद्यालय र पुल निर्माण मात्र नभएर पयर्टन पूर्वाधार विकासमा समेत काम गरिरहेको बताउनुभयो ।

सोमबार नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव थापाले ५ औ नगरसभाबाट प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै यसबाट समग्र नगर विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको विस्तृत विवरण :

“कृषि, शिक्षा, पर्यटन र पूर्वाधार स् सूर्यविनायक समृद्धिको मूल आधार”

नगर प्रमुख श्री वासुदेव थापाले
सूर्यविनायक नगरपालिकाको पाँचौ नगर सभामा
पेश गर्नु भएको आर्थिक वर्ष ०७६/७७ नीति तथा कार्यक्रम

यस सूर्यविनायक नगरपालिकाको पाँचौ नगर सभाका ,
प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री माननीय ईश्वर पोखरेलज्यू,
विशेष अतिथि पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद माननीय महेश बस्नेतज्यू,
प्रदेश सभाका माननीय सांसदज्यूहरु,
जिल्ला समन्वय समितिका प्रमुखज्यू,
नगर प्रमुखहरु, उप प्रमुखहरु तथा उपस्थित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिज्यूहरु
नेकपाका केद्रीय नेताज्यूहरु, जिल्ला अध्यक्षज्यू,
नेपाली काँग्रेसका जिल्ला प्र्रतिनिधिज्यू,
विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,
प्रमुख जिल्ला अधिकारीज्यू, सरक्षा निकायका प्रमुखज्यूहरु, जिल्लास्थित सबै कार्यालय प्रमुखज्यू,
उपस्थित अन्य अतिथिज्यूहरु, कर्मचारीहरु एवं सञ्चारकर्मी मित्रहरु ।

१. नेपालको संविधान र संघीय शासन प्रणालीमा तहगत सरकारहरुमा सूर्यविनायक नगरपालिका स्थानीय सरकारको रुपमा रहेको छ । हामीले २०७४ साल जेष्ठ १० गते शुक्रबारका दिन कार्यभार ग्रहण गरी कार्य थालनी गरेको आज ठीक २ वर्ष १ महिना भएको छ । संघीय संरचनामा स्थानीय तहको सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । यही पृष्ठभूमिमा रहेर यस सूर्यविनायक नगरपालिकाको गरिमामय पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा मैले गौरवको अनुभूति गरेको छु ।

२. राष्ट्रलाई निरङ्कुश सामन्ती शासन प्रणालीको अध्यारो कालखण्डबाट जनता कै प्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्याउन जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान, लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पु¥याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु ।

३. नेपाल सरकार र ३ नं. प्रदेशको प्रदेश सरकारबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न आर्थिक, सामााजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिको स्पष्ट खाकासहित आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । नेपाल सरकारले पन्धौं आवधिक योजना स्वीकृत गरी लागू गरेको छ । नेपाल सरकार, प्रदेश सरकार तथा यस नगर सरकारको नीति तथा कार्यक्रम र आवधिक योजनाको प्रभावकारी कार्यान्वयन गर्दै नतिजामूलक उपलब्धी ल्याउेन गरी कृषि, शिक्षा, पर्यटन र पूर्वाधार स् सूर्यविनायक समृद्धिको मूल आधारलाई मूर्तरुप दिन हामी सम्पूर्ण निर्वाचित पदाधिकारीहरु प्रतिवद्ध छौं ।

४। स्थानीय तहले नेपाल सरकार र प्रदेश सरकारको विकाससम्बन्धी लक्ष्य, उद्देश्य प्राप्त गर्न समन्वय, सहयोग र सहकार्य गर्दै स्थानीय अर्थतन्त्रको विकास र विस्तारबाट समृद्धिको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । विकास निर्माणका साधन स्रोतको बढोत्तरी, सेवा प्रदायक निकायहरुमा सहज पहुँचसँगै निकायगत अन्तर समन्वय र साझेदारीमा हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । यसर्थ, हामीले नेपाल सरकार तथा प्रदेश तहको योजना तथा नीति अनुरुप नीति, योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दै आएका छौं ।

५. विकास र सुशासन अभिबृद्धि गर्दै प्रभावकारी सेवा प्रवाहको आधार केन्द्रको रुपमा स्थापना गर्दै जनतालाई पु¥याउनु पर्ने कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी तथा सरसफाई लगायतका सार्वजनिक सेवा सुविधाको प्रत्याभूति दिन हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने नीति लिइनेछ । शान्ति सुरक्षा, रोजगारी अभिबृद्धि, सामाजिक सुरक्षा र मानव संसाधनको क्षमता विकासमा सहयोगी भूमिका निर्वाह गर्दै स्थानीय सरकारको संयन्त्रबाट प्रवाह हुने सेवालाई समावेशी, व्यवसायिक, प्रतिस्पर्धी, सेवामुखी र स्वावलम्वी बनाउदै स्थानीय सरकारको सुशासनको संस्थागत विकासमा हामी प्रतिवद्ध छौं ।

६. निर्वाचित जनप्रतिनिधि वहाल भएको २ वर्ष १ महिनाको अवधिमा महत्पूर्ण उपलब्धीहरु हासिल भएका छन् । ग्रामीण, दुर्गम र पछाडि परेका क्षेत्रहरुमा आर्थिक, सामाजिक र पूर्वाधार विकासमा प्राथमिकताका साथ कार्यहरु गरिएका छन् । सूर्यविनायक नगरपालिकालाई स्थानीय सरकारको रुपमा संस्थागत विकास गर्दै लैजान ३७ वटा कानूनहरुको तर्जुमा गरि लागू गरिएको छ । नगर कार्यपालिकाको ५१ औें वैठकबाट जनताको घरदैलोसम्मको सेवालाई चुस्त, प्रभावकारी, नतिजामुखी र जनउत्तरदायी बनाउन वडा कार्यालयको संगठन संरचना र दरबन्दी परिमार्जन सहित स्वीकृत भएको छ । नेपाल सरकारबाट समायोजन भई आएका सबै कर्मचारीहरुको उचित व्यवस्थापन गरिएको छ । सेवा प्रवाह प्रभावकारी बनाउन वडा कार्यालय सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, २०७६ स्वीकृत गरी कार्यान्बयनमा ल्याइएको छ ।

७. ‘समृद्ध नेपाल सुखी नेपालीू को राष्ट्रिय आकांक्षा सहितको विकासका लक्ष्यहरु हासिल गर्न सूर्यविनायक नगरपालिकाकाले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार ः सूर्यविनायक समृद्धिको मूल आधार भन्ने नगरको मूल नारालाई साकार पार्न नगर क्षेत्रलाई नेपाल कै उत्कृष्ट नमूना, समृद्ध, व्यवस्थित, सुविधा सम्पन्न, प्रविधिमैत्री, बैज्ञानिक, सुन्दर एवं सफा हराभरा नगर बनाउन समग्र नीति तथा कार्यक्रम बीच उचित तालमेल आवश्यक छ । यसर्थ, आर्थिक वर्ष २०७६/७७ को बजेट निर्माण गर्दा नगरवासीले अनुभूति गर्न सक्ने नगर सुशासन र विकासलाई संस्थागत गर्ने प्रवन्ध मिलाइनेछ ।

कृषि तथा पशुपालनमा आधुनिकीकरणः कृषकको जनजीविकामा रुपान्तरण

८. बढ्दो सहरीकरणसँगै नगर क्षेत्रमा विस्थापित हुन थालेको पशुपालन, कृषि प्रणालीको निरन्तरताका साथै कृषि भूमिको संरक्षण गर्न यसको विकास र विस्तारका लागि आधुनिकीकरण गर्ने र यसैका माध्यमबाट जनताको लागि आय आर्जनका कार्यक्रमहरु सञ्चालन गरी व्यवसायीकरण गर्ने नीति लिइनेछ ।

९. कृषि उत्पादनलाई आधुनिकीकरण गर्न उन्नत जातको वीउ बिजन, कृषि औजार र सामग्रीहरु कृषक तथा कृषक समूहहरुलाई निःशुल्क तथा लागत साझेदारीमा वितरण गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने नीति लिइनेछ ।

११. पशुजन्य उत्पादनमा जोड दिंदै किसानलाई उन्नत पशु स्वास्थ्य सेवा निःशुल्क तथा लागत सोझेदारीमा सेवा दिई दूग्ध र मासु उत्पादनमा थप लगानी गर्न प्रोत्साहन गरिनेछ । पशु पंक्षी पालनमा किसानलाई पशु बीमा गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ ।

१२. बजारमा उच्च माग भएका र तत्काल बिक्री वितरण गरी आय आर्जन गर्न सकिने नगदेबालीमा कृषकको प्राथमिकता र आर्कषण बृद्धि गर्न तालीम, समूह खेती, अध्ययन भ्रमण र अनुसन्धान गर्न थप लगानी गर्ने नीति लिइनेछ ।

१३. परम्परागत रुपमा पशु पंक्षी पालना गर्दै आएका कृषक तथा कृषक समूहलाई लक्षित गरी नश्ल सुधार तथा आहार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ । पशुपंक्षी व्यवसायलाई विविधीकरण गर्दै आयमूलक पेशाको रुपमा स्थापित गर्न उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।

१४. कृषि पेशामा युवाहरुलाई आर्कषण बृद्धि गर्न युवा स्वःरोजगार लक्षित कार्यक्रमहरु सञ्चालन गरिने छन् । युवा अवस्थाको उर्जालाई कृषि क्षेत्रमा व्यवसायीकरण गर्न स्वःरोजगार बन्ने र बनाउने नीति अलम्वन गरिनेछ ।

१५. प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना तथा कृषि र पशु विकास ज्ञान केन्द्रसँग समन्वय र सहकार्यमा नगरपालिकाले लागत साझेदारी गर्दै धान, तरकारी, आलु, फलफूल र पुष्प व्यवसाय पकेट क्षेत्र घोषणा गरी कृषकको आय बृद्धि गरिनेछ । घुम्ती शिविरमार्फत माटो तथा गोवर परीक्षण कार्यक्रम सञ्चालन गर्दै कृषि तथा पशुपंक्षी पालन क्षेत्रको उत्पादन बृद्धि गरिनेछ । व्यवसायिक पशुपंक्षी फार्महरु वातावरण तथा प्रविधि मैत्री बनाउन मापदण्ड तयार गरी लागू गरिनेछ ।

१६. घर परिवारलाई पुग्ने अर्गानिक र स्वस्थ्य साग सब्जी तथा तरकारी आफैले उत्पादन गरी उपभोग गर्ने आदतको विकासका लागि करेसाबारी तथा कौसी खेती कार्यक्रम लक्षित समूह मार्फत सञ्चालन गर्ने नीति लिइनेछ । नगर क्षेत्रमा उत्पादन गर्न सकिने र उर्वर जमिनलाई बाँझो राख्न पाइने छैन । यस्ता क्षेत्रहरुमा समूह खेती प्रणाली गर्न चाहने कृषक समूहलाई नगरपालिकाबाट स्यालो टूयुवेल तथा सिचाई प्रणाली र कृषि औजार उपकरणमा अनुदान दिने नीति लिइनेछ ।

१७. जमिन बाँझो राखेमा त्यस्ता जग्गा धनीलाई जरिवाना गरिनेछ । नगरपालिका क्षेत्रमा रहेका खेतीयोग्य जमिनमा सिचाई सुविधा बृद्धि गरी कृषि उत्पादनमा बृद्धि गर्न पूर्वाधार विकासमा लागत साझेदारी गर्ने नीति लिइनेछ । सिंचाईका लागि सोलार पम्प प्रविधि प्रयोगमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिइनेछ ।

१८. राष्ट्रिय प्राणी उद्यान तथा अन्य वन क्षेत्रका आसपासका कृषकको कृषि उपजको वन्यजन्तुले क्षति गर्दै आएका छन् । यस्ता क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न बार बन्देजको व्यवस्थाका साथै वन्यजन्तुबाट क्षति नहुने खेती प्रविधि तथा अन्य उपयुक्त फलफुल खेतीलाई प्रोत्साहन गर्न संघ र प्रदेश सरकारका विषयगत मन्त्रालयहरु एवम् विभागहरु र निर्देशनालयहरुसँग सहकार्य गर्ने नीति लिइनेछ । कृषि उपजलाई सहज बजारीकरण गर्न र कृषकलाई बढि लाभान्वित बनउन कृषि उपज केन्द्र निर्माण एवं सञ्चालन गर्ने नीति लिइनेछ ।

१९. नगर क्षेत्रमाा व्यवसायिक कृषि फर्म सञ्चालन गर्ने, पुष्प खेती व्यवसाय प्रवद्र्धन र विस्तार गर्ने कृषक तथा कृषक समूहलाई प्रोत्साहन गर्ने नीति लिइनेछ । नगर क्षेत्रमा भएका यस्ता कार्य गर्ने कृषि फर्म तथा व्यवसायीहरु मध्ये उत्कृष्ट कृषक तथा समूहलाई नगरपालिकाबाट पुरस्कृत गर्ने नीति लिइनेछ ।

शिक्षा, युवा तथा खेलकुद पूर्वाधारः सन्तुलित नगर विकासको आधार

२०. शिक्षा, युवा र खेलकूद विकासका आधार हुन् । यो क्षेत्र मर्यादित एवम् परिष्कृत जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधारसमेत हो । ज्ञानमा आधारित नगर समाजका माध्यमबाट नगर विकासका क्षेत्रमा वहुआयामिक कार्य गर्न सकिन्छ ।

२१. ‘सबैका लागि गुणस्तरीय शिक्षा, सूर्यविनायक नगरपालिकाको प्रतिवद्धताू भन्ने मूल नारालाई सार्थक बनाउन अन्तरसम्वन्धित विषयहरुसँग समन्वय कायम गर्ने नीति लिइनेछ ।

२२. नगर शिक्षा विकासका लागि सामुदायिक र संस्थागत विद्यालयका बीचमा ूशिक्षामा गुणस्तरीयता र पहुँचमा समानता स्थापितू गरी विभेदपूर्ण शिक्षा प्रणाली अन्त्य गर्न सहकार्यको कार्यक्रम सञ्चालन गरिनेछ । सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक कक्षा देखि नै अंग्रेजी माध्यमबाट सुरु भएको पठनपाठनलाई माथिल्लो कक्षासम्म बृद्धि गर्दै जाने कार्यमा निरन्तरता दिइनेछ ।

२३. सामुदायिक विद्यालयहरुमा निर्वाचित जनप्रतिनिधिहरुबाट सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरेको अभ्यासले सकारात्मक नतिजा प्राप्त भएको छ । विद्यालयको क्षमता विकास गर्दै गुणस्तरीयता कायम गर्न सामुदायिक विद्यालयहरु एक आपसमा गाँभिएका छन् । विद्यालय भर्ना अभियानले सार्थकता पाएको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको उल्लेख्य संख्या बृद्धि भएको छ । यसर्थ, जनप्रतिनिधिहरुबाट विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने परिपाटीलाई आगामी वर्षहरुमा अझ बढि सशक्त, सुदृढ र प्रभावकारी बनाउने नीति लिइनेछ ।

२४. संस्थागत विद्यालयहरुमा गरीव, पिछडिएका वर्ग तथा समुदायका जेहन्दार विद्यार्थीहरुका लागि निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने मापदण्ड स्वीकृत गरी कार्यान्वयन गरिनेछ ।

२५. आगामी आर्थिक वर्षमा नगर क्षेत्रमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिनेछ ।

२६. सामुदायिक विद्यालयहरुका शिक्षकहरुको क्षमता विकास गर्दै आधुनिक शिक्षा प्रणाली प्रति अभ्यस्त बनाउन क्षमता विकास, कार्यसम्पादन करार संझौता, नतिजामा आधारित शैक्षिक क्यालेण्डर र शिकाई एवम् अभ्यास आदान प्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।

२७. माध्यमिक विद्यालयहरुमा कक्षा ९ देखि प्राविधिक धारको व्यवसायिक शिक्षा सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । संस्थागत विद्यालयहरुमा शैक्षिक मापदण्ड अनुसार सञ्चालन तथा प्रभावकारी व्यवस्थापनको लागि नियमित अनुगमन, सुपरिवेक्षण, निरीक्षण र नियमन गरिनेछ ।

२८. प्रत्येक वडामा बाल अधिकार संरक्षण एवम् प्रवद्र्धन गर्दै शिक्षाको उज्यालो ज्योतिसम्म सहज पहुँचको लागि बाल क्लवहरुको गठन गर्दै उनीहरुको क्षमता विकास मार्फत रचनात्मक क्रियाकलाप सघनरुपमा सञ्चालन गर्न उत्प्रेरित गरिनेछ ।

२९. नगर क्षेत्रका युवाहरुलाई लक्षित गरी स्वःरोजागर, आत्म निर्भर, स्वावलम्बी र चरित्रवान बनाउन युवा उद्यमी प्रोत्साहन कार्यक्रमहरु सञ्चालन गरिने छन् । नगर क्षेत्रका वेरोजगार युवाहरुको तथ्याङ्क अद्यावधिक गर्दै प्रधानमन्त्री रोजागार कार्यक्रमको मूल मर्म ‘सबैका लागि रोजगारः राष्ट्रिय समृद्धिको आधारू सँग आवद्ध गर्ने कार्यमूलक व्यवस्था मिलाइनेछ ।

३०. नगरक्षेत्रका युवा क्लव तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सामुहिक सहभागिता रहने गरी वडा तथा नगरस्तरीय खेलकूद प्रतियोगिता सञ्चालन गरिनेछ । नगर क्षेत्रका उत्कृष्ट खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गर्ने नीति लिइनेछ ।

३१. नगर क्षेत्रमा रहेका खुला, सार्वजनिक परती तथा नदी उकास आसपासका क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रहरुमा खेलकूद मैदान, बालउद्यान, फूटसल जस्ता पूर्वाधारको निर्माण एवम् सञ्चालन सार्वजनिक निजी साझेदारीमा व्यवस्थापन गर्ने नीति लिइनेछ । ती क्षेत्रहरुमा योग साधना, व्यायामका अतिरिक्त शारीरिक तथा मानसिक अवस्था स्वस्थ्य राख्ने बहु आयामिक क्रियाकलापहरु सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।

धर्म, संस्कृति, पर्यटन र विज्ञानः जैविक विविधता सहितको राष्ट्रिय प्राणी उद्यान

३१. सूर्यविनायक नगर क्षेत्र जैविक विविधताको प्रचुरताले सुरक्षित र मनोरम, आकर्षित पर्यटकीय गन्तव्य बन्ने संभावना रहेको छ । धार्मिक धरोहरहरुमा केदारनाथको शीर डोलेश्वर महादेव, आशापुरेश्वर महादेव, अन्तलिङ्गे, कैलाश महादेव मन्दिर रहेका छन् । त्यस्तै ध्याम्पेडाँडा, गढी डाँडा, रानीकोट कैलाश डाँडा, काँक्रावारी जस्ता मनोरम भू–दृश्य भएका स्थानहरु हुन् । धार्मिक सम्पदाको जीर्णेद्वार एवं मर्मत र भू–दृश्यमा पर्यटन सेवा प्रवद्र्धन गर्न धार्मिक साँस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षणका लागि गुरुयोजनाको आधारमा शिव परिक्रमा (सर्किट) व्यवस्थापन योजना तयार गरिनेछ । त्यसको प्रबद्र्धनको लागि स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरिनेछ ।

३२. नगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुको पहिचान गरी वैज्ञानिक अभिलेखीकरण तिनीहरुको संरक्षण एवं जर्गेना गरिनेछ ।

३३. ऐतिहासिक मल्लकालीन रानीकोट गढी दरवार, मठमन्दिर, पाटी, पौवा, सत्तल, कुवा, पोखरी, ढुङ्गेधारा, अन्तिम संस्कार घाट क्षेत्रलाई संरक्षण र पुननिर्माण गरिनेछ ।

३४। विभिन्न जात, जाति, समुदाय, धर्म संस्कृतिका जात्रा, गुठी, पर्व, मूल्य एवं मान्यताको सम्वद्र्धन गर्ने नीति लिइनेछ ।

३५. मनोरञ्नात्मक, फुर्सदको उपयोग गर्ने, साहासिक खेल, पदमार्ग, आराम क्षेत्र लगायत मानव निर्मित पर्यटकीय बस्तु एवम् संरचना विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गरी पर्यटकीय क्रियाकलाप प्रवद्र्धनबाट वढी लाभ लिन सकिने क्षेत्रको रुपमा सूर्यविनायक नगर क्षेत्रको विकास गर्ने नीति लिइनेछ ।

३६. नगर क्षेत्रको गौरवको रुपमा रहेको राष्ट्रिय प्राणी उद्यान क्षेत्रमा भौतिक पर्यटकीय पूर्वाधार विकासमा स्वदेशी तथा वैदेशिक लगानी ल्याउन नगर सरकारले समन्वयात्मक तथा प्रवद्र्धनात्मक कार्यहरु गर्नेछ । राष्ट्रिय प्राणी उद्यान क्षेत्रको भौतिक पूर्वाधारलाई लक्षित गर्दै आधुनिक पूर्वाधारयुक्त सडक क्षेत्र निर्माण गरिनेछ । आसपासको क्षेत्रलाई समेटी पर्यापर्यटन र घरबास पर्यटनलाई प्रवद्र्धन गर्न उच्च प्राथमिकतामा राखिनेछ । यसैका माध्यमबाट यस क्षेत्रका नागरिकको आर्थिक र सामाजिक उत्थान गर्न बहुसीप यूक्त क्षमता तथा उद्यम विकास तालीमहरु सञ्चालन गरिनेछन् ।

३७. राष्ट्रिय प्राणी उद्यान क्षेत्रभित्रको जैविक विविधताको दिगो संरक्षण गर्दै आसपासको क्षेत्रलाई समेटी निजी क्षेत्रसँगको सहकार्यमा पर्या पर्यटकीय भौतिक पूर्वाधारहरुको निर्माण गरी नगरको आन्तरिक आय बृद्धि गर्ने नीति लिइनेछ ।

विकासको मूल आधारः वातावरणमैत्री दिगो पूर्वाधार

३८. नेपालको संविधानले राज्यको वातावरण मैत्री सन्तुलित विकासको परिकल्पना गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपालीू को राष्ट्रिय आकांक्षा रा गर्न आधुनिक, पूर्वाधारयुक्त, योजनावद्ध, वातावरणमैत्री, विपद् प्रतिरोधी, व्यवस्थित, समावेशी, आर्थिकरुपमा गतिशील र सुरम्य नगर निर्माण गरिनेछ । व्यवस्थित शहरीकरणमार्फत दिगो आर्थिक सामाजिक समृद्धिका लागि विकासको मूल आधार वातावरण मैत्री दिगो पूर्वाधार लाई आत्मसाथ गर्ने नीति लिइनेछ ।

३९. सूर्यविनायक नगर क्षेत्र यर्थाथमा ग्रामीण परिवेश, शहर उन्मुख अवस्था, शहरी पूर्वाधार युक्त वस्ती र घना शहरी क्षेत्रको संगमको रुपमा रहेको छ । फरक फरक परिस्थिति र अवस्थाको वास्तविकतालाई दृष्टिगत गर्दै अव नगर क्षेत्रको पूर्वाधार विकास दिगो र वातावरणमैत्री बनाइनेछ । नगर क्षेत्रको समग्र वस्तुगत खाकालाई समाविष्ट गर्दै भू उपयोग योजनामा आधारित व्यवस्थित, योजनावद्ध नगर विकास अगाडि बढाउन नगर क्षेत्रको एकीकृत गुरुयोजना, खानेपानी सञ्जाल, नगर सडक सञ्जाल, ढल निकास सञ्जाल, धार्मिक, पर्यटकीय, नगर वन तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण आधुनिक प्रविधिमैत्री डिजिटल नक्सामा आधारित बनाइनेछ । त्यसको लागि भरपर्दो, सुलभ एवम् पहुँच योग्य स्थानीय पूर्वाधार विकास गर्ने नीति लिइनेछ । सडक खानेपानी र ढल निकासलाई प्राथमिकता राखी बजेट विनियोजन गरिनेछ ।

सडक यातायात पूर्वाधारः तीब्र छिटो विकासको आधार

४०. नगरको आर्थिक सामाजिक विकासलाई गति प्रदान गर्दै सर्वसाधरणको सहज पहुँचका अतिरिक्त व्यापार, ब्यवसाय तथा सेवा क्षेत्रलाई हजीकरण गर्न यातायात क्षेत्रको अहम भूमिका रहन्छ । सडक तथा यातायतको व्यवस्थित सञ्जालको विकासबाट मात्र सामाजिक आर्थिक मूलप्रभाहीकरण र नगर क्षेत्रको क्षेत्रगत समग्र विकासको आधारशीला तयार पार्न सकिन्छ ।

४१. सडक तथा यातायात क्षेत्रको विकासमा वडा कार्यालयबाट राजमार्ग जोडिएका सडकहरु, वडा कार्यालयबाट नगरपालिका जोड्ने सडकहरु, अन्तर वडा कार्यालयहरु जोड्न सक्ने सडकहरु, प्रस्तावित भक्तपुर चक्रपथ जोड्ने सडकहरु, धार्मिक तथा पर्यटकीय क्षेत्र पहुँच सडकहरु, नयाँ तथा पुराना बस्ती जोड्ने अन्तर आधार सडक तथा पूल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

४२. सडक पूर्वाधार निर्माण र विकासमा संघ तथा प्रदेश सरकारका विषयगत मन्त्रालयहरुसँग बजेट विनियोजन तथा लगानीमा सहकार्य र साझेदारी तथा समन्वय कायम गर्ने नीति लिइनेछ । यो क्षेत्रका सडकहरुमा सहज यातायात सुविधाको विस्तार र सहज पँहुचको लागि नगर यातायात व्यवस्थापन कार्यविधि स्वीकृत गरी निजी क्षेत्रसँग सहकार्य र साझेदारी कायम गर्ने नीति लिइनेछ ।

४३. बढ्दो बस्ती तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न नगर क्षेत्रमा भएका खुला क्षेत्रहरुको पहिचान गरी सःशुल्क तथा निःशुल्क पार्किङ्गका लागि कार्यविधि तर्जुमा गरेर लागू गरिनेछ । सवारी चापलाई व्यवस्थित गर्दै पार्किङ्गको उचित व्यवस्थापनका लागि सामुदायिक, सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिइनेछ ।

हनुमन्ते कोरिडोर निर्माण व्यवस्थापनः ट्राफिक समस्याको दिगो समाधान

४४. भक्तपुर जिल्लाभित्र दिन प्रतिदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न उपयुक्त विकल्पको रुपमा पहिचान गरी कार्य प्रारम्भ गरिएको हनुमन्ते कोरिडोरको निर्माणलाई सार्थक बनाउदै यथा समयमा कार्य सम्पन्न गर्न नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

४५. हनुमन्ते कोरिडोरको दुवै तर्फ हरित पेटी सहितको कम्तिमा ११ मिटरको सडक निर्माण गरी यसलाई अरनिको राजमार्गको सहायक वैकल्पिक मार्गका रुपमा व्यवस्थापन गर्न नगरपालिकाले आवश्यक कार्य गर्नेछ ।

४६. हनुमन्ते कोरिडोरसँग जोडिएका खुला तथा आवादी युक्त क्षेत्रहरुलाई एकीकरण गर्दै व्यवस्थित शहरीकरणका लागि जग्गा विकास परियोजना कार्यान्वयन गर्न समन्वय गर्न सकिनेछ ।

व्यवस्थित शहरी विकासः आर्थिक र सामाजिक समृद्धिको निकास

४७. काठमाण्डौ उपत्यका भित्रका अन्य नगरपालिकाहरु भन्दा यस नगरपालिका क्षेत्रमा खुला, सार्वजनिक परती, वन जंगल, हरियाली क्षेत्र हुनुका साथै भविश्यको जनसंख्यालाई वसोवासका लागि उपयुक्त क्षेत्र हुन सक्दछ । यसर्थ, नयाँ शहरको रुपमा सूर्यविनायक नगर क्षेत्र विकास हुँदै आएको छ ।

४८. व्यवस्थित शहरीकरणमार्फत सर्व सुलभ, दिगो र सुन्दर शहरको विकास गर्दै भू–उपयोग योजनामा आधारित व्यवस्थित, एवं योजनावद्ध शहरी विकास गर्ने नीति लिइनेछ ।

४९. सार्वजनिक, परती तथा नदी उकासको क्षेत्र पहिचान गरी यस्ता भू–क्षेत्रमा बहुउपयोगी खुला क्षेत्रहरुका निर्माण, विकास र व्यवस्थापनको नीति नगरपालिकाले लिइनेछ । उपयोगहीन अवस्थामा रहेका सार्वजनिक परती जग्गाहरुको पहिचान गरी यस्ता क्षेत्रहरुमा नगरपालिकाले कार्यविधि निर्माण गरी लिजमा सरकारी कार्यालयहरु, सिटी हल, सवारी जाँचपास ९ट्रायल सेन्टर० जस्ता पूर्वाधार विकासमा सरकारी, सहकारी, सार्वजनिक निजी साझेदारीमा कार्य गर्न सक्ने कार्यगत व्यवस्था मिलाइने छ ।

५०. नगर क्षेत्रलाई उपत्यका भित्रका नमूना शहरी क्षेत्र बनाउन आवधिक गुरुयोजना बनाई लागू गरिनेछ ।

५१. नेपाल सरकार र काठमााण्डौ उपत्यका विकास प्राधिकरणबाट स्वीकृत विस्तृत परियोजना प्रस्ताव ९डि।पि।आर।० बमोजिमको नयाँ शहर निर्माण कार्यमा नगरपालिकाको तर्फबाट यस अवधारणालाई सार्थकता प्रदान गर्दै यथासमयमा कार्यसम्पन्न गर्न गराउन आवश्यक समन्वय र सहकार्य गर्ने नीति लिइनेछ ।

५२. नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रमा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्दै विकासका पूर्वाधारहरु क्रमिक रुपमा निर्माण गर्दै आधुनिक एवं सुविधायुक्त बनाउदै लैजाने नीति लिइएको छ ।

एकीकृत योजनावद्ध बस्ती विकासः नागरिकका लागि दिगो र उत्थानशील आवास

५३. नगर क्षेत्र भित्र रहेका खुला क्षेत्रहरुको बर्गीकरण गरिनेछ । जमिनको वर्गीकरण पश्चात आवास तथा वस्ती विकासका लागि छुटृाइएका क्षेत्रहरुमा निजीक्षेत्र तथा नगरपालिकाको संयुक्त पहलमा जग्गा एकीकरण आयोजनाहरु पहिचान गरी सञ्चालन तथा व्यवस्थापन गर्ने नीति लिइनेछ ।

५४. नगरपालिकाको पूर्व स्वीकृति विना नगरक्षेत्रमा जग्गा जमीन सम्याउने, भू–संरचना विगार्ने वा जग्गा खण्डीकरण गर्ने कार्य पूर्ण रुपमा निधेष गरिनेछ ।

५५. नगरपालिकाको पूर्व स्वीकृति विना जग्गा खण्डीकरण गर्दै बनाइएका घडेरी क्षेत्रमा नगरपालिकाबाट कुनै पनि प्रकारको भौतिक संरचना निर्माणका लागि अस्थायी वा स्थायी स्वीकृति प्रदान गरिने छैन र यस्ता क्षेत्रहरुको जग्गासमेत रोक्का राख्ने नीति लिइनेछ ।

५६. बसोबासका लागि नगर क्षेत्रमा नयाँ जग्गा विकास गर्दा पूर्वाधार सेवाको निर्माण र वितरण व्यवस्था सकभर न्यूनतम् लागतमा सम्पन्न गर्न उपयुक्त प्रविधि र डिजाइनलाई प्रोत्साहन गर्ने नीति लिइनेछ । यस्ता वसोवासको क्षेत्र विकास गर्दा राष्ट्रिय र नगर क्षेत्रको मापदण्डको पूर्ण पालना गर्ने गराउने नीति लिइनेछ ।

५७. एकीकृत बस्ती विकास गर्न जग्गा प्राप्ति व्यवस्थालाई सरल बनाइनेछ । स्वीकृत मापदण्डको आधारमा निजी क्षेत्रको संलग्नता वा सहकार्यमा जग्गा एकीकरण कार्यक्रम तथा अन्य किसिमका जग्गा विकास योजना तथा कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन गर्न कार्यविधि तर्जुमा गरी नगरपालिकाले नेतृत्वदायी भूमिका खेल्ने नीति लिइनेछ ।

५८. नगर क्षेत्र भित्र नागरिकको माग, आवश्यकता र औचित्यको आधारमा नगर क्षेत्र भित्रका निजी खुला क्षेत्रहरुमा नगरपालिकाको नेतृत्वमा जग्गा एककीकरण आयोजनाहरु सञ्चालन गर्ने नीति लिइनेछ ।

५९. नगर क्षेत्रमा खुला, उपयुक्त र मापदण्ड पुरा हुने स्थानहरुमा निजी क्षेत्रको लगानीमा संयुक्त आवास÷अपाटमेन्ट÷वहुउपयोगी ब्यापारिक भवनरकम्प्लेक्स निर्माण गर्न नगरपालिकाले प्रोत्साहन गर्ने नीति लिइनेछ ।

६०. नगर क्षेत्रमा यद्यपि नगरपालिाकाको पूर्व स्वीकृति विना घर टहरा लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने गरेको पाइएको छ । यसरी विना स्वीकृति निर्माण गर्दा मापदण्ड विपरीत र भवन सहिंताको समेत पालना नहुने अवस्था आउन सक्दछ । यसर्थ, नगरपालिकाको स्वीकृति विना घर टहरा लगायतका भौतिक संरचना निर्माण भएको देखिनासाथ वडा कार्यालयबाट त्यस्तो निर्माण कार्य रोक्का राख्न पत्राचार गरिनेछ । वडा कार्यालयबाट रोक्का राख्ने आदेश दिदा पनि निर्माण कार्य जारी राखेमा त्यस्तो भौतिक संरचना नगरपालिकाबाट हटाई लागेको सम्पूर्ण खर्च सरकारी बाँकी सरह सम्वन्धित व्यक्ति वा संस्थाबाट असूल उपर गर्ने नीतिलाई कडाईका साथ लागू गरिनेछ ।

६१. नक्सापास प्रक्रियालाई पारदर्शी, वैज्ञानिक र आधुनिक प्रविधि मैत्री बनाउन कम्प्यूटर नेटवर्क प्रणालीमा आधारित नक्सापास प्रक्रिया आगामी आर्थिक वर्ष भित्र लागू गरिनेछ ।

स्वस्थ्य स्वच्छ सफा सहरः आम नगरवासीको रहर

६२. प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरण बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा संविधानमा उल्लेख गरिएको छ । वातावरणीय स्वच्छता कायम गर्ने विषय संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार क्षेत्र भित्रको कर्तव्य र जिम्मेवारी हो । प्रदूषण नियन्त्रण, फोहोमैला व्यवस्थापन र हरियाली प्रवद्र्धन गर्दै स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने नागरिक अधिकारको सुनिश्चितता गर्न नगर सरकारले प्राथमिकताका साथ कार्य गर्नेछ ।

६३. जल, वायू, माटो, ध्वनि तथा विद्युतीय लगायत सबै प्रकारको प्रदूषणको रोकथाम र नियन्त्रण गर्न आवश्यक नीति, कानून र प्रभावकारी संरचना निर्माण गर्नुका साथै सोध, अनुसन्धान र क्षमता अभिबृद्धि एवं चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।

६४. नगर क्षेत्र भित्रका अन्य खोलानाला र अरनिको राजमाार्ग सफाई कार्यलाई विशेष प्राथमिकता दिइनेछ । यस कार्यमा सफाई अभियान्ता, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सीमा जोडिएका नगरपालिका, गैरसरकारी संघ संस्था, विद्यालय र आम नागरिकहरु बीचमा सहकार्य र समन्वय कायम गरिनेछ ।

६५. फोहोरको उत्पादन स्रोतमा नै वर्गीकरण गरी व्यवस्थापन र फोहोरलाई मोहरमा रुपान्तरण गर्दै उर्जा र जैविक मल उत्पादन गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम अगाडि बढाइनेछ ।

६६. नगरपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना, २०७६ कार्यान्वयनमा ल्याइनेछ । यूएन हाविटाटको सहयोगमा नगर क्षेत्रमा पूर्ण सरसफाई कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न लागत साझेदारी र समन्वय गरिनेछ ।

६७. सार्वजनिक स्थानहरुमा फोहोरमैला विर्सजन गर्ने तथा प्रदूषणयुक्त कार्य गर्ने व्यक्ति तथा संस्थाहरुको पहिचान गरी नियमनका साथै कानूनी कारवाही गरिनेछ ।

६८. नगर क्षेत्रको वस्तीभन्दा टाढा रहेका खुला क्षेत्र, खोच र भिरपाखाहरुमा वातावरणीय संभाव्यता अध्ययन गरी यस्ता क्षेत्रमा पूर्वाधार विकास गर्दै स्यानेटरी ल्याण्ड फिलसाईट, वाँयोग्यास प्लान्ट, जैविक मल उत्पादनको संभावनाको खोजीका लागि नेपाल सरकार, प्रदेश सरकार तथा वैदेशिक प्राविधिक सहयोग परिचालन गर्दै सार्वजनिक निजी साझेदारीमा कार्य गरिनेछ ।

६९. स्रोतमा नै फोहोरको वर्गीकण गरी संकलन तथा व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।

७०. नगर क्षेत्रमा भएका भूस्याहा कुकुर नियन्त्रण गर्न वध्याकरण शिविर सञ्चालन गरिनेछ । छाडा पशुहरु नियन्त्रण र घरपालुवा पशुहरु वेवारिसे छाड्ने व्यक्तिको पहिचान जरिवना गरिनेछ ।

वन तथा जलाधारः नगर स्वच्छताको पूर्वाधार

७१. वन, जैविक विविधता तथा जलाधारको दिगो र सहभागितामूलक व्यवस्थापनबाट वातावरणीय संन्तुलन र नगर स्वच्छता कायम राख्न यसको उच्चतम् उपयोगका लागि अध्ययन अनुसन्धानमा आधारित आवधिक गुरुयोजना तयार गरिनेछ ।

७२. नगर क्षेत्रका वनको उचित संरक्षण गर्दै खुला परती सरकारी जमीनमा फलफूल विरुवाको वृक्षहरुको वृक्षारोपण अभियानकै रुपमा सञ्चालन गरी नगर क्षेत्र हरियाली बनाइनेछ । वन विनाश प्रति सजग र सचेत गराउदै संरक्षण, विकास र प्रयोगमा आम नगरवासीको सहभागिता बृद्धि गरिनेछ । नगर क्षेत्रका वन उपभोक्ता समितिहरु नगरपालिकामा सूचीकरण गर्ने व्यवस्था मिलाइनेछ ।

७३. वन तथा वन्यजन्तु विनाश गर्ने, वन क्षेत्रको भौतिक संरचना विगार्ने, मास्ने र अनधिकृत रुपमा वन क्षेत्रको प्रयोग गर्ने, प्राकृतिक श्रोत साधनको दोहन गर्ने व्यक्ति तथा समुदायको पहिचान गरी कानूनी दायरा भित्र ल्याइनेछ ।

७४. नगरक्षेत्रका सबै जलाधार युक्त खानेपानी मुहान तथा कुवाहरुको अभिलेख खडा गरिनेछ । यस्ता खानेपानी स्रोतको उपयोग र वितरणको मापदण्ड निर्धारण गरी सामुदायिक नेतृत्वमा व्यवस्थापन गरिनेछ । नगर क्षेत्रका सबै घरहरुमा एक घरः एक धारा वितरण नीति लिइनेछ ।

७५. जलाधारको दिगो संरक्षणका लागि माापदण्ड निर्धारण गरिनेछ र जलाधारको मापदण्ड मिच्ने, मास्ने, विनाश गर्ने र स्रोत दूषित गर्ने ब्यक्ति तथा समूहको पहिचान गरी कानूनी दायरामा ल्याइनेछ ।

७६. नगर क्षेत्रभित्र सञ्चालित पिउने पानीका नयाँ तथा क्रमागत आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न गर्न नेपाल सरकार तथा प्रदेश सरकारका विषयगत मन्त्रालयहरुसँग समन्वय र सहकार्य गरिनेछ । नगर क्षेत्रमा रहेका पिउनेपानीको समस्या समाधान गरी उचित वितरणको व्यवस्था मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

७७. भूमिगत जलको उपयोग गरी नगरक्षेत्रको पिउने पानीको दिगो समाधान गर्ने रणनीति लिइनेछ । जलाधार क्षेत्रको खेर गईरहेको सतही मूलको पहिचान गरी पिउने पानीका लागि समुदायस्तरमा टंकी निर्माण गरेर पानी संकलन गरिनेछ । पानी वितरण कार्य समुदायिक स्वामित्वमा गरिनेछ ।

७८. मेलम्चीको पानी वितरणको पहुँच वाहिरका वस्ती तथा क्षेत्रहरुलाई मेलम्ची आयोजनाको क्षेत्रभित्र ल्याउन समन्वयात्मक कार्य गरिनेछ ।

विपद् जोखिम न्यूनीकरणको योजनाः उत्थानशील नगरको परिकल्पना

७९. प्राकृतिक तथा गैर प्राकृतिक विपद् घटनाहरुका कारण नगरको भौतिक, आर्थिक, सामाजिक विकास र प्रगतिमा प्रतिकूल प्रभाव पर्न क्ने तर्फ नगर सरकार सचेत रहेकोछ । संविधानमा विपद् व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तहको एकल अधिकार तथा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेको छ । त्यस्तै प्राकृतिक तथा गैर प्राकृतिक विपद्को पूर्व तयारी, उद्धार, राहत र पुनर्लाभ कार्य संघ र प्रदेशको साझा अधिकारको सूचीमा सूचीकृत छ । यस जिम्मेवारीलाई योजनावद्ध र व्यवस्थिततवरले कार्यान्वयन गर्दै लैजान तीनै तहका सरकारहरुको उत्तिकै महत्वपूर्ण जिम्मेवारी, समन्वय सहकार्य आवश्यक छ भन्नेमा नगर सरकार स्पष्ट छ ।

८०. संवैधानिक प्रत्याभूति, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, विपद् जोखिम राष्ट्रिय कार्ययोजना, २०१८–२०३० लगायतका नीतिगत तथा कानूनी व्यवस्थाको कार्यान्वयनमा नगर सरकार प्रतिबद्ध छ ।

८१. नगरपालिकामा रहेको नगरस्तरीय विपद् व्यवस्थापन कोषमा प्रत्येक वर्ष रकम थप गर्दै जाने कार्यलाई निरन्तरता दिइनेछ । विपद् ब्यवस्थापन कोष सञ्ञालन कार्यविधि स्वीकृत गरी लागू गरिने छ । नगरस्तरीय विपद व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन उप समितिलाई क्रियाशील बनाइने छ । जनस्तरमा पूर्व तयारी तथा प्रतिकार्यको अभ्यास गर्दै जाने नीति लिइनेछ ।

८२. नगरका सबै टोल तथा वस्तीमा एम्वुलेन्स र दमकल आवत जावत गर्न मिल्ने गरी तोकिएको सडकको मापदण्ड कार्यान्वयन गरिनेछ । अरनिको राजमार्ग लगायत नगर क्षेत्रमा सडक दुर्घटना रोक्नका लागि ट्राफिक प्रहरी लगायत अन्य सरोकार निकायहरुसँगको सहकार्यमा सडक सुरक्षा नीति अवलम्वन गरिने छ ।

८३. जल, ध्वनि, हावा, माटोमा क्रमिक रुपमा वढ्दै गएको प्रदूषण र बढ्दो विषादिको प्रयोग प्रति सचेत रहदै स्वच्छ वातावरण निर्माणमा नागरिक साझेदारी कार्यक्रम सञ्चालन गरिने छ । नदी नाला तथा खहरेबाट उत्पन्न हुने प्रकोप नियन्त्रण गर्न प्राकृतिक जल प्रवाहव क्षेत्रको मापदण्ड तयार गरी कार्यान्वयन गर्दै तटवन्ध निर्माण गर्ने कार्यमा निरन्तता दिइने छ ।

८४. मानव, वालीनाली, पशुपक्षी जन्य रोग ब्याधि र प्रकोप नियन्त्रण गर्न सचेतना कार्यक्रमका साथै रोकथाम र उपचार गर्ने संस्थागत प्रबन्ध मिलाइने छ । नगर क्षेत्रमा पशु पक्षी तथा कृषि बीमा कार्यक्रम लागू गर्न आवश्यक समन्वय र सहजीकरण गरिनेछ ।

८५. नगर क्षेत्रमा निर्माण हुने भौतिक संरचनाको निर्माण मापदण्ड र भवन सहिंताको पूर्ण पालना गरिनेछ । नगर क्षेत्रमा रहेका खुला क्षेत्रहरुको विपद्को समयमा उपयोगमाा ल्याउन सक्ने गरी अन्य पूर्वाधारहरुको विकास गर्दै जाने रणनीति लिइने छ । विपद् पश्चात आइपर्ने जोखिमबाट बच्नका लागि पूर्व तयारी सचेतना कार्यक्रम वडास्तरमा सञ्चालन गरिने छ ।

८६. नगर क्षेत्रको विकासमा अवरोध गर्ने, सडक तथा नदी, खोलानालाको क्षेत्राधिकार मिच्ने, मास्ने तथा नष्ट गर्ने, जमीन, घर तथा भौतिक संरचनामा स्वीकृत मापदण्ड विपरीतको कार्य गर्ने व्यक्ति तथा समूहको पहिचान गरी नगरस्तरीय लगत खडा गरिनेछ । वडा तथा नगरकार्यपालिकाल यस्ता व्यक्ति तथा समूहलाई नियमन गर्दै कानूनी दायरामा ल्याउने नीति लिइने छ ।

८७. सडकको क्षेत्राधिकार भित्र सडक निर्माण गर्न अवरोध गर्नेलाई नगरपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट बन्चित गर्ने नीति लिइनेछ ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणः यसबाट हुने छैनन् कोही वञ्चितीकरण

८८. नेपालको संविधानले लैङ्गिक विभदेको अन्त्य गर्दै पछाडि परेको वर्ग तथा समुदाय, दलित, आदिवासी जनजाति, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, लैङ्गिगक तथा यौनिक अलपसंख्यक, किसान, श्रमिकलाई राज्यको सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको प्रत्याभूति गरेको छ । आर्थिक समृद्धि र दिगो विकासका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर र लाभमा महिलाको समान पहुँच स्थापित गर्न सक्ने लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

८९. लैङ्गिक उत्तरदायी बजेट विनियोजन पद्दतिलाई संस्थागत गर्दै लगिनेछ ।

९०. संविधानको भावना अनुरुप नगरपालिका क्षेत्रमा मानव विकास सूचकाङ्कको आधारमा पछाडि परेका समुदायहरुको सशक्तिकरण गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिनेछ । सीप विकास तालिम सञ्चालन गरी नगर क्षेत्रमा उपलब्ध रोजगारीका अवसरहरुको उपयोगका लागि सक्षम बनाउने नीति लिइनेछ ।

९१. नेपालको कूल जनसंख्यामा ४० प्रतिशत युवा (१६ देखि ४० वर्ष) रहेको अवस्थालाई दृष्टिगत गर्दै यस नगरपालिका क्षेत्रमा भएका युवाहरुको तथ्याङ्क संकलन गरी नगर क्षेत्रको आर्थिक समृद्धिमा युवाको योगदान अभिबृद्धि गर्ने नीति लिइनेछ । युवाको क्षमता विकास, युवा बहु प्रतिभाको पहिचान, युवा लक्षित जीवनोपयोगी, प्राविधिक र व्यावसायिक शिक्षा, युवामा सकारात्मक सोंचको विकास गर्दै स्वयंसेवी संस्कृतिको विकास र श्रमको सम्मान जस्ता क्रियाकलापहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गर्दै युवालाई आत्मनिर्भर, स्वाबलम्वी र चरित्रवान बनाइनेछ ।

९२. संविधानले बालवालिकाको हकलाई मौलिक हकको रुपमा ब्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरुलाई समेटेको छ । नगर क्षेत्रमा रहेका वालवालिकाहरुको तथ्याङ्क संकलन गरी उनीहरुको वास्तविक अवस्थाको पहिचान गरिनेछ । बालवालिका तथा किशोर किशोरीहरुलाई सबै प्रकारको हिंसा, दुव्र्यवहार र शोषणबाट मुक्त गराउदै उनीहरुको हक अधिकार प्रयोग गर्न योग्य र सक्षम नागरिकको रुपमा विकास गर्ने नीति लिइनेछ । नगरलाई बाल श्रम मुक्त क्षेत्र बनाइनेछ ।

९३. नेपाल सरकार र प्रदेश सरकारले सामाजिक सुरक्षा र जेष्ठ नागरिक लक्षित विशेष कार्यक्रमलाई उच्च महत्व प्रदान गरेकोछ । राज्यबाट सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिक, एकल महिला, दलित बालवालिका, अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने मासिक सुविधा वैंक खाता मार्फत टोल र बस्तीस्तरमा नै उपलब्ध गराउने ब्यवस्था मिलाइने छ ।

९४. जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नगर क्षेत्रको विकासमा प्रयोग गर्ने नीति लिइनेछ । जेष्ठ नागरिक लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । सबै वडामा जेष्ठ नागरिक विस्रामस्थल निर्माण गरिनेछ ।

९५. नेपाल सरकार र प्रदेश सरकारबाट अपाङ्गता भएका व्यक्तिको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि प्राप्त कार्यक्रममा नगरबाट थप लागत साझेदारी गर्ने नीति लिइनेछ । नगर क्षेत्र भित्रका भौतिक संरचना, यायायात, सेवा सुविधा, साधन श्रोत, सूचना तथा सञ्चार प्रविधिलाई अपाङ्गतामैत्री बनाउने नीति लिइनेछ । सवै प्रकारको अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापनका लागि पुनःस्थापना, स्वास्थ्योपचार र सहायक सामग्रीहरुको व्यवस्था गर्न नेपाल सरकार र प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।

संस्थागत क्षमता विकास र सुदुढीकरणः मुस्कानसहितको नतिजामूलक सेवा वितरण

९६. नगर सरकारको सेवालाई जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउदै लैजानु आजको आवश्यकता हो । जनशक्तिको समुचित व्यवस्थापन गर्दै जवाफदेही, जिम्मेवारीपूर्ण र सेवाग्राही मैत्री व्यवहार आम नागरिकको अपेक्षा हो । यसर्थ, आगामी दिनमा नगरको प्रशासनिक संचना, जनशक्ति, कार्यशैली, कार्यविधि र प्रक्रिया नयाँ प्रविधि, ज्ञान, सीप र क्षमतामा आधारित नागरिक पहुँचमैत्री बनाउदै लैजाने नीति लिइनेछ । नगरपालिकाका जनप्रतिनिधिहरु सबैलाई लक्षित गरी क्षमता विकासका लागि कम्तिमा वर्षको एक पटक तालिम एवम् अध्ययन भ्रमणको प्रवन्ध मिलाइनेछ ।

९७. नगरका वडा कार्यालय, स्वास्थ्य संस्था, कृषि तथा पुश सेवा केन्द्रहरु र नगर कार्यपालिकाको संगठन संरचना संविधानको भावना र मर्म अनुरुप स्थानीय सरकार मैत्री बनाउन संस्थागत पुनःसंरचना गरिनेछ । नागरिक वडापत्रको कार्यान्वयन, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण जस्ता सुशासनका औजारहरुको प्रयोग गर्दै पारदर्शीता, उत्तरदायित्व र जनविश्वास आर्जन गर्ने कार्यगत ब्यवस्था मिलाइनेछ ।

९८. नगर सरकारका हरेक संस्थागत संरचनाहरु नगर कार्यपालिकाको प्रत्यक्ष नियन्त्रण, निर्देशन र समन्वय कायम हुने गरी एकआपसमा अन्तर र अन्तरस्वामित्व हुने कार्यगत व्यवस्था मिलाइने छ । नगर कार्यपालिका अन्तरगत भएका वडा कार्यालय, स्वास्थ्य संस्था, कृषि तथा पुश सेवा केन्द्रहरुका सबै कर्मचारीहरुको कार्यविवरणसहितको जिम्मेवारी किटान गरी कार्यभार र कार्य वोझको आधारमा कर्मचारीहरुको दरवन्दी मिलान, पदस्थापना, सरुवा र जिम्मेवारी हेरफेर २०७६ साल श्रावण १ गतेदेखि लागू गरिनेछ ।

९९. १० वटै वडाहरुलाई लक्षित गरी स्वास्थ्य संस्था, कृषि तथा पशु सेवा केन्द्रहरुको पुनःसंरचना गर्दै सेवा प्रवाहलाई नागरिकको माग र आवश्यकतामा आधारित बनाइनेछ । नगरपालिकामा हस्तान्तरण भएका यस्ता स्वास्थ्य संस्था, कृषि तथा पशु सेवा केन्द्रहरुको साइन वोर्ड, लेटर प्याड र छाप २०७६ साल श्रावण १ गते देखि सूर्यविनायक नगरपालिका लेखी प्रचलनमा ल्याइनेछ । हस्तान्तरण भएका यस्ता संस्थाको खाता सञ्चालन, आर्थिक कारोवार, लेखा तथा लेखा परीक्षण समेत लेखा उत्तरदायी अधिकृत मार्फत गर्ने नीति लिइनेछ ।

१००. सूर्यविनायक नगरपालिकामा विगत लामो समयदेखि कार्यरत स्थायी कर्मचारीहरुको वृत्ति विकास रोकिएको अवस्था छ । अर्कोतर्फ नेपाल सरकारले स्तरबृद्धि गर्दै समायोजन गरी पठाएका कर्मचारीहरुसमेत छन् । स्थानीय तहमा विगत लामो समय देखि कार्यरत क्षमता, योग्यता, सीप र दक्षता भएका कर्मचारी र नयाँ समायोजन भई आएका कर्मचारीहरु बीच भएको विभेदलाई अन्त्य गरी न्यायोचित वृत्ति विकासको अवसर र अवस्था कायम गर्नु आवश्यक छ । यसर्थ, विगत लामो समयदेखि स्थानीय तहमा कार्यरत वृत्ति विकास रोकिएका स्थायी कर्मचारीहरुको स्थानीय सेवा ऐन तथा नियमावली स्वीकृत गरी सक्षम, योग्य र इमान्दार कर्मचारीको स्तरबृद्धि गर्दै वढुवा नियुक्ती, पदस्थापना र थप जिम्मेवारी दिइनेछ । स्थानीय तहमा कार्यरत इमान्दार, दक्ष र अनुभवी अस्थायी तथा सेवा करारमा रहेका कर्मचारीहरुलाई औचित्य र आवश्यकताको आधारमा सेवामा निरन्तरता दिने नीति लिइनेछ ।

१०१. स्थानीय तहका कर्मचारीहरुको योगदानमा आधारित अवकास कोष सञ्चालन कार्यविधि स्वीकृत गरी लागू गरिनेछ ।

१०२. स्वास्थ्य संस्था, कृषि तथा पुश सेवा केन्द्रहरु र सामुदायिक विद्यालयहरुमा समेत डिजिटल हाजिरी लागू गरी त्यसको दैनिक परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । सेवा प्रवाहलाई नागरिकमैत्री बनाउदै कर्मचारीलाई आचरण र अनुशासनमा बाँधी मुस्कानसहितको सेवा प्रवाह गर्ने संस्कृतिको विकास गरिनेछ ।

१०३. नेपाल सरकार र प्रदेश सरकारका कर्मचारी सरह सूर्यविनायक नगरपालिकामा कार्यत कर्मचारीहरुको हकमा समकक्षता कायम गर्र्दै तलव, भत्ता र अन्य सेवा सुविधाको सुनिश्चिता गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुका लागि तोकिएका मापदण्ड र कार्यसम्पादन गर्ने कार्यविधि निर्माण गरी मनोवल र उत्प्रेरणा उच्च राख्न मासिक थप प्रोत्साहन भत्ताको समेत ब्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ ।

सूचना प्रविधि र आम सञ्चारः सेवा सुविधाको पहुँच युक्त प्रसार प्रचार

१०४. नगरको विकास नीति सूचना प्रविधि र आम सञ्चारको पँहुच योग्य बनाइनेछ ।
ज्ञण्छ। सञ्चार जगतलाई नागरिक, आम नगरवासी र सूर्यविनायक नगर सरकारबीचको सम्बन्ध सेतुको रुपमा स्थापित गर्न कार्यगत प्रबन्ध गरिनेछ ।

१०५. नगरका हरेक वस्ती, टोल तथा समुदायकको पहिचान हुने नगर डिजिटल प्रोफाइल तयार गरी यसलाई नगरको पूर्वाधार विकास, विपद् व्यवस्थापन नक्साङ्कन, घर स्वीकृति र राजस्व प्रणालीसँग आवद्ध गरिनेछ ।

१०६. सम्माननीय प्रधानमन्त्री के।पि। शर्मा ओलीज्यूबाट २०७५ साल जेष्ठ २४ गते शुक्रबार अनावरण गरिएको सूर्यविनायक नगरपालिकाको मोवाइल एप्समा नगरपालिकाका सबै सेवा र गतिविधिहरुलाई एकीकृत गरी आम नागरिकसम्मको सहज पहुँच स्थापित गरिनेछ । नगरपालिकामा तिर्न बुझाउनु पर्ने कर तथा सेवा शुल्कको भूक्तानी विद्युतीय माध्यमबाट समेत गर्न सकिने व्यवस्था मिलाउदै लगिनेछ ।

१०७. नगरपालिकाबाट सम्पादन गरिएका क्रियाकलापहरु समेटी प्रत्येक ४÷४ महिनामा नगर बुलेटिनसहित क्रियाशील पत्रकारहरुका बीचमा आम सञ्चार अन्तरसम्वाद कार्यक्रम सञ्चालन गरिनेछ ।

वित्तीय अनुशासन र मितव्ययिताः स्रोत परिचालनमा प्रभावकारिता

१०८. नगर क्षेत्रको विकास क्रियाकलापमा आउन सक्ने वित्तीय जोखीम न्यूनीकरणका लागि कार्ययोजना स्वीकृत गरी लागू गरिनेछ । सालवसाली रुपमा रहदै आएको पुरानो पेश्की, वेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाइनेछ । नगरपालिकाबाट खर्च व्यवस्थापन गर्दा आर्थिक वर्ष समाप्त हुँदा शून्य पेश्की र शून्य वेरुजुको सिद्धान्तलाई व्यवहारमा लागू गर्ने नीति लिइनेछ । नगरपालिकाबाट योजना सञ्चालन गर्दा रनिङ्ग विल र कार्य प्रगतिको आधारमा भूक्तानी गर्ने परिपाटीको विकास गरिनेछ । पुरानो पेश्की वेरुजु भएको पक्ष वा व्यक्ति मार्फत भौतिक पूर्वाधार विकास, लक्षित वर्गको कार्यक्रम तथा उपभोक्ता समितिको कार्य नगर्ने नगराउने नीतिगत व्यवस्था मिलाइनेछ ।

१०९. नगर क्षेत्रमा गरिएका पूर्वाधार विकासका भौतिक संरचनाहरुको दिगो व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६÷७७ देखि रु तीन लाखभन्दा माथिका आयोजनाहरुमा मर्मत संभार कोषमा ५ प्रतिशत रकम जम्मा गर्ने नीति लिइनेछ । मर्मत सम्भार कोष ब्यवस्थापनका लागि कार्यविधि निर्माण गरी स्वीकृत गरिनेछ ।

११०. वडा तथा नगरस्तरीय पाँच लाखभन्दा माथिका भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु सार्वजनिक खरिद ऐन, नियम बमोजिम सार्वजनिक सूचना आव्हान गरी खुल्ला प्रतिस्पर्धामार्फत निजी क्षेत्रका निर्माण व्यवसायीमार्फत गरिनेछ । यस्तो सूचना २०७६ साल श्रावण महिनामा नै प्रकाशन गर्ने र आर्थिक वर्षको अन्त्यमा आएर नयाँ योजना स्वीकृत गरी सञ्चालन गर्ने पद्धतिको क्रमशः अन्त्य गरिदै लगिनेछ । वडा तथा नगरस्तरीय योजना सञ्चालन गर्दा उपभोक्ताको वढि लागत साझेदारी हुने योजनालाई पहिलो प्राथमिकतामा राखिने छ । पाँच लाखसम्मको योजना उपभोक्ता समिति मार्फत सञ्चालन गर्दा लागत साझेदारीको अंश निर्धारण गर्दै समुदायको स्वामित्व र अपनत्व रहने गरी व्यवस्थापन गर्ने पद्धतिको विकास गरिनेछ ।

१११. नगर क्षेत्रभित्र सञ्चालन तथा व्यवस्थापन हुने भौतिक पूर्वाधार विकासका योजनाहरुमा गुणस्तरीयता र लागत प्रभावकारिता कायम गर्न अनुगमन तथा मूल्याङ्कन ब्यवस्थालाई थप प्रभावकारी बनाइनेछ । यस्ता योजनाको अन्तिम किस्ता भुक्तानी गर्दा अनुगमन प्रतिवेदन र सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गरिनेछ ।

११२. नेपाल सरकार र प्रदेश सरकारबाट छनौट, सञ्चालन र व्यवस्थापन भएका योजनामा दोहोरोपना आउन नदिने तथा यस्ता योजनाहरु यथा समयमा नै तोकिएको गुणस्तर, परिमाण र लागतमा सञ्चालन तथा व्यवस्थापन गर्न नगरपालिकाबाट उचित समन्वयात्मक कार्य
गरिने छ ।

दिगो आधार सहितको श्रोत परिचालनः वित्तीय जोखिमरहित राजस्व प्रशासन

११३. ‘कर डर होइन नगर विकासको भरू हो भन्ने तथ्यलाई आत्मसाथ गर्दै सबै प्रकारका आर्थिक क्रियाकलापहरुलाई राजस्व प्रशासनको दायराभित्र ल्याइनेछन् । सूर्यविनायक नगरपालिकाले आन्तरिक श्रोतको दिगो ब्यवस्थापन गर्दै स्रोत परिचालन गर्न आवधिक स्रोत परिचालन रणनैतिक योजना स्वीकृत गरी लागू गरिनेछ । कर छली र चुहावट नियन्त्रण गरी कराधार फराकिलो बनाउदै लगिनेछ ।

११४. प्रचलित कानून अनुसार निर्धारण भएको कर तथा गैर कर राजस्व परिचालन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । वहाल कर र ब्यवसाय दर्ता तथा व्यवसाय कर संकलनका लागि वडास्तरीय कार्यक्रम सञ्चालन गरिनेछ ।

११५. नगरपालिकामा हाल लागू गरिएको अन्लाइन राजस्व प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाइनेछ । राजस्व प्रणालीमा कर नतिर्ने, कर वक्यौता राख्ने तथा पटक पटक सूचना प्रवाह गर्दा समेत अटेर गर्ने करदाताको एकीकृत विवरण राजस्व प्रणालीमा आवद्ध गरिनेछ । यस्ता करदाताको लागि वडा तथा नगर कार्यपालिकाबाट सेवा सुविधा एवम् सिफारिश दिनु पूर्व अनिवार्य रुपमा बाँकी कर वक्यौता भूक्तानी गर्न लगाउने कार्यगत व्यवस्था कडाइका साथ लागू गरिनेछ ।

११६. राजस्व प्रशासनलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन कर्मचारीहरुका लागि थप तालिमका साथै प्रविधि सुधार र क्षमता विकासमा लगानी गरिनेछ ।

११७. चालु आर्थिक वर्षमा नै उत्कृष्ट करदाता छनौट गरी सम्मान गर्ने कार्यको थालनी गरिनेछ ।

सहकारी र वित्तीय क्षेत्रः उत्पादन र लगानी नागरिक पहुँच भित्र

११८. नगर क्षेत्रको आर्थिक र सामाजिक रुपान्तरणका लागि गुणात्मक एवम् दिगो सहकारिता अभिबृद्धि गर्न नगर क्षेत्रका सहकारी र वित्तीय क्षेत्रलाई परिचालन गर्ने नीति लिइनेछ । सहकारी ऐनमा समसामयिक परिमार्जन गरी सहकारी नियमावली जारी गरिनेछ । सहकारीको माध्यमबाट गरीब, विपन्न वर्गका सदस्यको संलग्नतामा सञ्चालन हुने उत्पादन र लगानी आम नागरिकको पहुँच स्थापित गर्न सहकारी संस्था र नगरपालिका साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।

११९. कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न साना किसानहरुलाई सहकारीको माध्यमबाट एकीकृत गर्दै सामूहिक खेती, तरकारी, बीऊ बिजन, फूल र अन्य कृषि उपजको बजार ब्यवस्थापन गरिनेछ ।

१२०. सहकारी क्षेत्रको क्षमता अभिबृद्धिका लागि सहकारी शिक्षा, नेतृत्व विकास र व्यवस्थापन तालीम समन्यात्मक रुपमा सञ्चालन गरिनेछ ।

१२१. समस्याग्रस्त सहकारीहरुको पहिचान गर्दै सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्ने सहकारी क्षेत्रमा संस्थागत सुशासन कायम गर्न नगरपालिकाबाट अनुगमन गर्ने र प्रतिवेदन लिने प्रणालीलाई सशक्त बनाइनेछ ।

पहुँच योग्य स्वास्थ्य वीमासहितको सेवाः स्वस्थ्य नागरिक जीवनका लागि टेवा

१२२. निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम नगरवासीको सुलभ र सरल पहुँचका लागि नगरपालिकाले उच्च प्राथमिकता राखी कार्य गरेको छ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम सबै वडाका प्रत्येक घर परिवारमा नगरपालिकाको सहयोग र समन्वयमा विस्तार गरिनेछ । जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा बीमा कार्यक्रमलाई जेष्ठ नागरिकको घरदैलोसम्म विस्तार गरिनेछ ।

१२३. नगरपालिका अन्तरगत रहेका स्वास्थ्य सेवा केन्द्रहरुको थप गरी सबै वडामा विस्तार गरिनेछ । नगर स्वास्थ्य केन्द्र र क्लिनिकमा विशेषज्ञता सेवा सहित आधुनिक प्रयोगशाला सेवा विस्तार गरिनेछ । सञ्चालनमा रहेका छ वटा स्वास्थ्य संस्थाका प्याथोलोजी ल्यावलाई स्तरीकरण गर्दै लगिनेछ । आम नागरिकका लागि आवश्यक औषधि नगर स्वास्थ्य संस्थामार्फत वर्षभरि नै निःशुल्क वितरणको प्रबन्ध मिलाइनेछ ।

१२४. नगरपालिकाको स्वामित्वमा ५० बेडसम्मको सामुदायिक अस्पतालको स्थापना गरी सञ्चालन गर्न भवन तथा अन्य संरचनाहरुको पूर्वाधार विकासको थालनी चालु आर्थिक वर्षदेखि नै गरिनेछ । वडास्तरमा नै बर्थिङ सेन्टरको स्थापना गरी मातृशिशु स्वास्थ्यमा सुधार गर्न विशेष ध्यान दिइनेछ ।

१२५. आम नागरिकको बस्ती तथा टोलमा नै उपस्थित भई स्वास्थ्य सेवा प्रदान गर्न घुम्ति शिविरमार्फत विशेषज्ञ सेवा, प्रयोगशाला सेवा र निःशुल्क औषधि वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य सञ्चालन तथा ब्यवस्थापन समिति र स्वास्थ्य संस्थाका कर्मचारीहरुको क्षमता तथा ज्ञान अभिबृद्धि गर्ने क्षमता विकास, अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गरिनेछ ।

माननीय प्रमुख अथितिज्यू लगायत उपस्थित सम्पूर्ण मानुभावहरु

१२६. आम नागरिकहरुको सेवा प्रवाह र विकासलाई प्रभावकारी बनाउन हामी अहोरात्र कार्यस्थलमा खटिरहेका छौ । विगत २ वर्षको कार्यकालमा महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन् । नागरिकहरुको जीवनस्तरमा गुणात्मक परिवर्तन हुँदै आएको महसुश भएको छ । नागरिकको माग र आवश्यकता दिन प्रतिदिन बढ्दो छ, तर स्रोत र साधनको सीमितता छ । यस बीचमा संन्तुलन कायम गर्दै न्यायपूर्ण स्रोत साधनको वितरण मार्फत सेवा प्रवाह र विकास कार्य गर्न हामी प्रतिवद्ध छौ ।

१२७. सूर्यविनायक नगरपालिका राजधानी स्थित नगरपालिका हुनुका साथै सम्माननीय प्रधानमन्त्री श्री के।पि। शर्मा ओलीज्यूको निवासस्थल समेत हो । यस नगरपालिकामा राष्ट्रिय राजनैतिक जीवनका ज्यादै महत्वपूर्ण, आशा लाग्दा, सक्षम युवा नेतृत्व र नेतागण समेतको स्थायी निवासस्थल हो । यसर्थ, नगरपालिकाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाउन नगर क्षेत्रको उत्थान, विकास र समृद्धिको यात्राका लागि तय गरको नीति तथा कार्यक्रमको सफल कार्यान्वयन सहज रुपमा हुनेमा हामी विश्वस्त छौ। ।

१२८. सूर्यविनायक नगरपालिकाको सार्वभौम यस पाँचौ नगरसभामा पेश भएको नीति तथा कार्यक्रमले नगरको समग्र पक्षलाई समेट्ने प्रयास गरेको छ । आगामी आर्थिक वर्षको बजेट समेत यही नीति तथा कार्यक्रम कार्यान्वयनको दिशामा निर्देशित भई तयार भएको छ ।

१२९. सूर्यविनायक नगरपालिकाको यस पाँचौ नगर सभामा मैले पेश गरेको नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयनमा हौसला प्रदान गरिदिन प्रमुख अथितिका रुपमा उपस्थित नेपाल सकारका उपप्रधान तथा रक्षा मन्त्री माननीय ईश्वर पोखरेलज्यू, विशेष अतिथि नेपाल सरकारका पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद माननीय महेश वस्नेतज्यू, अन्य अतिथि र सञ्चार जगतका पत्रकार मित्रहरु तथा आम नगर वासीहरुमा धन्यवादसहित आभार व्यक्त गर्दछु । प्रस्तुत नीति तथा कार्यक्रमको सफलताका लागि आम नगरवासीहरुबाट सकारात्मक पृष्ठ पोषण र मार्ग दर्शनको अपेक्षा गरेको छु ।

धन्यवाद ।

वासुदेव थापा
प्रमुख

उप प्रमुख श्री जुना बस्नेतज्यूले
सूर्यविनायक नगरपालिकाको पाँचौ नगर सभामा
पेश गर्नु भएको आर्थिक वर्ष २०७६/७७
बजेट वक्तव्य

सूर्यविनायक नगरपालिका
कटुञ्जे, भक्तपुर
३ नंं प्रदेश, नेपाल
यस सूर्यविनायक नगरपालिकाको पाँचौ नगर सभाका आदरणीय सभाध्यक्ष श्री वासुदेव थापाज्यू,
नगर सभाका सचिव श्री कमल ज्ञवालीज्यू,
सम्पूर्ण नगरसभाका सदस्यज्यूहरु

१. नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना गरेको छ । संविधान कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहका सरकार क्रियाशील भई आर्थिक, सामामजिक विकास तर्फ अगाडि बढेका छन् । नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सूर्यविनायक नगरपालिका प्रतिवद्ध छ ।

२. स्थानीय तह जनताको सबैभन्दा नजिकको घर दैलोको सरकार हो । जनताको चाहना र हाम्रो क्षमता बीच सन्तुलन कायम गर्दै विकासको प्रतिफललाई संस्थागत गर्दै जान सूर्यविनायक नगरपालिकाको यस पाँचौ गरिमामय नगर सभा समक्ष आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट प्रस्तुत गरि रहदा मैले गौरवको अनुभूति गरेको छु ।

३. एकात्मक शासन प्रणालीको विगतको अवस्थाबाट जनताको प्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आजको युगमा पु¥याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान, लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पु¥याउनु भएको योगदानको यहाँ स्मरण गर्न चाहन्छु ।

४. “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट खाका निर्धारण गरिएको आर्थिंक वर्र्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अन्तिम चरणमा छौं । “कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधार” लाई मूर्तरुप दिन हामी सम्पूर्ण निर्वाचित पदाधिकारीहरुले एक मत भई सङ्कल्प गरेका छौं ।

५. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले नगरवासीको आर्थिक एवम् सामाजिक हित प्रवद्र्धनका लागि नेपाल सरकार एवम् प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा श्रोत साधनको समन्यायिक वितरण मार्फत सबैलाई समान अवसर स्थापित गर्ने कुरामा विशेष जोड दिएको छु ।

६. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यस गरिमामय नगरसभा समक्ष आदरणीय नगर प्रमुख तथा नगर सभाअध्यक्ष श्री वासुदेव थापाज्यूले पेश गर्नु भएको १३० वुँदे नीति तथा कार्यक्रम, नेपालको संविधान, नेपाल सरकार र प्रदेश सरकारले पेश गरेका नीति तथा कार्यक्रम र बजेट, नेपाल सरकारको पन्धौं योजनाको आधार पत्र, ३ नं। प्रदेश सरकारको प्रथम आवधिक योजना, नगरपालिकाका ६ वटा विषयगत समितिहरुका सुझावलाई बजेट निर्माणको आधारको रुपमा लिइएको छ ।

यस नगर सभाका आदरणीय सभाअध्यक्षज्यू,

७. अव म आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका उद्धेश्य र प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

क) कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधारलाई सार्थक बनाउने गरी नगरको समग्र विकास र प्रशासनिक संयन्त्र प्रभावकारी बनाउदै सुशासन प्रवद्र्धन गर्ने,

ख) शहरी पूर्वाधारको दिगो विकासका माध्यमबाट जनअपेक्षा अनुरुप समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने,

ग) आर्थिक एवम् सामाजिक पूर्वाधार विकास गर्दै व्यवस्थित सहरीकरण मार्फत सुलभ, दिगो, सुरक्षित र सुन्दर नगरको रुपमा स्थापित गर्ने,

घ) नगर क्षेत्रका सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरा भित्र ल्याउन राजस्व संयन्त्रको सुदृढीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मुख हुँदै जाने र

ङ) श्रोत साधन, अवसर, समावेशीकरण र जिम्मेवारीको उच्चतम् उपयोग गर्ने ।

आर्थिक वर्ष २०७५/७६ को बजेट श्रोत तथा खर्च

८. “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय सोंच सहितको विकासका लक्ष्यहरु हाँसिल गर्न सूर्यविनायक नगरपालिकाको तेश्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/७६ का लागि रु ७६ करोड ४५ लाख २७ हजार वार्षिक बजेट स्वीकृत गरिएकोमा चालु खर्च तर्फ रु ३९ करोड २४ लाख ४३ हजार र पूँजीगत तर्फ रु ३७ करोड २० लाख २४ हजार रकम रहेको थियो ।

९. स्वीकृत वार्षिक बजेट अनुसार २०७६ साल जेष्ठ मसान्तसम्म चालु तर्फ रु २९ करोड ९१ लाख ५९ हजार ९ सय ८१ र पैसा ५४ खर्च भएको छ । जुन स्वीकृत चालु खर्चको ७६ प्रतिशत हुन्छ । २०७६ साल असार मसान्तसम्म चालु तर्फ रु ३३ करोड ७४ लाख २१ हजार ९ सय ८१ र पैसा ५४ खर्च हुने संशोधित अनुमान छ । जुन स्वीकृत चालु खर्चको ८६ प्रतिशत हुने संशोधित अनुमान छ ।

१०. २०७६ साल जेष्ठ मसान्तसम्म पूँजीगत तर्फ रु २८ करोड ३८ हजार १ सय ८० र पैसा ८० खर्च भएको छ । जुन स्वीकृत पूँजीगत खर्चको ७६ प्रतिशत हुन्छ । २०७६ साल असार मसान्तसम्म पूँजीगत तर्फ रु ४८ करोड ८८ लाख २५ हजार ५८१ र पैसा ४० खर्च हुने संशोधित अनुमान छ । जुन स्वीकृत पूँजीगत खर्चको १३१ प्रतिशत हुने संशोधित अनुमान छ ।

११. आर्थिक वर्ष २०७५/७६ मा वडागत रुपमा विनियोजन गरिएको पूँजीगत बजेटमा जेष्ठ मसान्तसम्म भौतिक प्रगति ८५ प्रतिशत र नगरस्तरमा विनियोजन भएको पूँजीगत बजेटको भौतिक प्रगति ७५ प्रतिशत भएको अवस्था छ । यसरी २०७६ साल जेष्ठ मसान्तसम्म कूल विनियोजन भएको पूँजीगत बजेटको औषतमा भौतिक प्रगति ८० प्रतिशत भएको तथ्यांक छ ।

१२. वडास्तरीय पूँजीगत बजेटबाट जम्मा १४०, नगरस्तरीय ८ वटा ठुला पूर्वाधार, लागत साझेदारी ६०-४० का १३ वटा, अन्य ५० वटा गरी कूल जम्मा २११ वटा पूर्वाधार विकासका योजनाहरु जेष्ठ मसान्तसम्म सम्पन्न भई सकेको छन् । २०७६ साल असार महिनामा थप ४९ वटा योजना सम्पन्न हुने संशोधित अनुमान रहेको छ । यसरी २०७६ साल असार मसान्तसम्म जम्मा २६२ बटा भौतिक पूर्वाधार योजनाहरु सम्पन्न हुने संशोधित अनुमान छ ।

१३. नेपाल सरकारको श्रोतबाट सञ्चालित ६ वटा पक्की पुल मध्ये ४ वटा सम्पन्न भएकोमा २ वटा क्रमागत रुपमा रहेका छन् । त्यस्तै २ वटा स्टील ट्रस पुल सम्पन्न हुने अवस्थामा छन् ।

१४. प्रदेश सशर्त अनुदानका १५ वटा योजनाहरु मध्ये १२ वटा सम्पन्न भएकोमा वाँकी ३ वटा असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

१५. स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम ९मा। महेश वस्नेतज्यू० का ५ वटा योजना मध्ये सबै योजाहरु नगरपालिकाको थप लागत साझेदारी सहित सम्पन्न गरिएका छन् ।

१६. आर्थिक वर्ष २०७५/७६ मा वडागत रुपमा विनियोजन गरिएको पूँजीगत बजेटमा असार मसान्तसम्म भौतिक प्रगति ९७ प्रतिशत हुने संशोधित अनुमान छ । त्यस्तै, नगरस्तरमा विनियोजन भएको पूँजीगत बजेटको भौतिक प्रगति ९० प्रतिशत हुने संशोधित अनुमान छ । यसरी २०७६ साल असार मसान्तसम्म कूल विनियोजन भएको पूँजीगत बजेटको औषतमा भौतिक प्रगति ९३.५ प्रतिशत हुने संशोधित अनुमान छ ।

१७. कूल बजेटमा खर्च व्यहोर्ने श्रोतहरु मध्ये २०७६ साल जेष्ठ मसान्तसम्म नगरपालिकाको आन्तरिक राजस्व रु १२ करोड ८१ लाख ३ हजार ४ सय ५४ र पैसा ५०, घर जग्गा रजिष्ट्रेसन शुल्क रु १५ करोड ४२ लाख १९ हजार २ सय ३२, संघको राजस्व वाँडफाँड रु ३ करोड १३ लाख ९९ हजार ५ सय ६७ र पैसा ४, नगद लागत साझेदारी रकम रु १ करोड २० लाख, सामाजिक सुरक्षा भत्ता वापत रु। ६ करोड ५७ लाख ९० हजार, संघको समानीकरण अनुदान रु १९ करोड ६१ हजार, प्रदेशको समानीकरण अनुदान रु ९२ लाख ८२ हजार, संघको सशर्त अनुदान रु २१ करोड १ लाख २५ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु ८ करोड ११ लाख ८० हजार, सडक वोर्डको रकम रु। ३७ लाख ६२ हजार ६०७, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. ५४ लाख ८७ हजार, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (मा. महेश वस्नेतज्यू) रु १ करोड ५ लाख र अन्य आय रु. २ करोड ४० लाख ९४ हजार गरी जम्मा रु ९३ करोड २० लाख ४२ हजार ८६० र पैसा ५० आय नगरपालिकाको सञ्चित कोषमा आम्दानी दाखिला भएको छ । यसरी २०७६ साल जेष्ठ मसान्तसम्मको नगरपालिकाको आय स्वीकृत बजेटको १२२ प्रतिशत प्राप्त भएको छ ।

१८. २०७६ साल असार महिनामा थप आय रु १७ करोड ५४ लाख ३७ हजार ७२६ विभिन्न श्रोतबाट हुने अनुमान छ । यसरी २०७६ साल असार मसान्तसम्म नगरपालिकाको सञ्चित कोषमा रु १ अर्व १० करोड ७४ लाख ८० हजार ५८७ आय प्राप्त हुने संशोधित अनुमान रहेको छ । जुन स्वीकृत बजेटको १४५ प्रतिशत हुने संशोधित अनुमान छ

१९. आर्थिक वर्ष २०७५/७६ मा रु १२ करोड १० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जेष्ठ मसान्तसम्म रु ३१ करोड ३७ लाख २२ हजार २५३ र पैसा ५० राजस्व संकलन भएको छ । जुन लक्ष्यको तुलनामा २५९ प्रतिशत वढि हुन्छ ।

२०. आर्थिक वर्ष २०७५/७६ असार महिनामा रु १२ करोड ३९ लाख ६४ हजार ७२६ विभिन्न श्रोतबाट थप आन्तरिक राजस्व परिचालन हुने संशोधित अनुमान रहेको छ । आर्थिक वर्ष २०७५/७६ असार मसान्तसम्म कूल आन्तरिक राजस्व रु ४३ करोड ७६ लाख ८६ हजार ९८० संकलन हुने संशोधित अनुमान रहेको छ । जुन लक्ष्यको तुलनामा ३६२ प्रतिशत वढि हुने संशोधित अनुमान छ ।

२१. राजस्व वाँडफाँड र घर जग्गा रजिष्ट्रेशन शुल्क नगरपालिकाको आन्तरिक राजस्व भएकोले सोही अनुसार नगरपालिकाको सञ्चित कोषमा आम्दानी वाँधिएको छ ।

२२. आर्थिक वर्ष २०७५/७६ मा यस नगरपालिका क्षेत्रका जनप्रतिनिधिहरुको उच्चतम नेतृत्व क्षमता र असिम विकास चाहनाका कारण बजेटमा अनुमान गरिएका भन्दा वाह्य क्षेत्रबाट समेत भौतिक पूर्वाधारका लागि पूँजीगत बजेट नगरपालिकाको सञ्चित कोषमा नै दाखिला भई परिचालन गर्न यस नगरपालिका सफल भएको छ । साथै, प्रशासनिक नेतृत्वबाट श्रोत परिचालनमा वित्तीय जोखिम न्यूनीकरण गर्दै प्रशासनिक र विकास सम्वन्धी कार्य रणनैतिक रुपमा सम्पादन गर्दा थप राजस्व परिचालन गर्न सकिएको छ । फलस्वरु आर्थिक वर्ष २०७५/७६ का लागि पेश भएको बजेटको लक्ष्य भन्दा वढि वित्तीय तथा भौतिक प्रगतिको नतिजा देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट विनियोजन

२३. आर्थिक बर्ष २०७६/०७७ का लागि कुल बजेट रु १ अर्व ३० करोड रकम विनियोजन गरेको छु । कुल विनियोजन मध्ये चालु तर्फ रु ११ करोड २८ लाख, सामाजिक सुरक्षा रु ८ करोड ९९ लाख, विषयगत शाखा रु ५ करोड १० लाख, शसर्त कार्यका लागि रु ३५ करोड ४३ लाख र पुँजिगत तर्फ रु ६९ करोड २० लाख रकम विनियोजन गरिएको छ ।

२४. कुल विनियोजित बजेटमा साधारण खर्च ९ प्रतिशत, सामाजिक सुरक्षा खर्च ७ प्रतिशत, विषयगत शाखाको ४ प्रतिशत, शसर्त कार्यको लागि २७ प्रतिशत र पुँजिगत खर्च ५३ प्रतिशत हुन आउँछ । प्रस्तुत बजेट आर्थिक बर्ष २०७५/०७६ को तुलनामा १७० प्रतिशतले वृद्धि हुन आउँछ ।

२५. वडातहको कूल बजेट १२ करोड ७० लाख मध्ये १२ करोड पुँजीगत तर्फ र विषयगत शाखा लक्षित वर्गमा प्रत्येक वडाका लागि कम्तिमा रु ७ लाखका दरले रु ७० लाख वरावरका क्षमता विकास तथा विविध आय आर्जजनका कार्यक्रमहरु छनौट गरि स्वीकृतिका लागि पेश गरेको छु ।

२६. पूँजीगत बजेटको ठुलो हिस्सा पूर्वाधार विकासको क्षेत्रमा विनियोजन प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ समेत चालु आर्थिक वर्षमा जस्तै नगरपालिकाको श्रोतलाई ठुला पूर्वाधार विकासमा लगानी गर्ने नीति अनुरुप प्रत्येक वडामा कम्तिमा १ वटा रु १ करोडभन्दा वढिको योजना पर्ने गरी रु ११ करोड ५० लाख रकम ठुला पूर्वाधार विकास आयोजनाहरुका लागि बजेट विनियोजन गरेको छु ।

२७. नगरस्तरीय विभिन्न पूर्वाधार विकास आयोजनाहरुका लागि थप रु १० करोड ७० लाख रकम विनियोजन गरिएको छ ।

२८. नतिजामूलक र प्रतिफल युक्त विकास आयोजना छनोट र कार्यान्वयन गर्ने नीति अनुरुप वडागत बजेट सिलिङ्गबाट कम्तिमा रु ३० लाख वा सोभन्दा माथिको ठुला योजना र अन्यको हकमा रु ५ लाख माथिका आयोजनाहरु छनौट गरी स्वीकृतिका लागि पेश गरिएको छ । अपुरा र कम लगानीमा समेत पूर्णता दिन सकिने ससाना योजनाहरु समेत नागरिकको माग र आवश्यकताका आधारमा वडा तहबाट छनौट भएकामा स्वीकृतिका लागि पेश गरिएको छ ।

२९. नगर क्षेत्रमा भएका विकास निर्माणको कार्यको दिगोपना र गुणस्तरीयता कायम गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा रु ३ लाखभन्दा माथिका आयोजनाहरुमा ५ प्रतिशत रकम मर्मत संभार कोष रहने गरी योजना स्वीकृत गरिनेछ । साथै, मर्मत संभार कोषका लागि नगरपालिकाको तर्फबाट २०७६/०७७ मा एकमुष्ट रु १ करोड थप रकम विनियोजन गरेको छु ।

३०. नगर क्षेत्रका आम नागरिकहरुबाट पूर्वाधार विकासका लागि उच्च प्राथमिकता सहित माग हुँदै आएको सन्दर्भमा नागरिकको अपनत्व र स्वामित्व वोध हुने यस्ता पूर्वाधार विकासका आयोजनाहरुमा लागत साझेदारी गर्ने नीति अनुरुप ६०/४० का आयोजनाहरुका लागि २०७५/०७६ मा विनियोजन गरिएको रकममा शत प्रतिशत वृद्धि गरी आर्थिक वर्ष २०७६/०७७ का लागि रु ६ करोड एकमुष्ट रकम विनियोजन गरिएको छ ।

३१. नगर क्षेत्रमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोनाहरु मध्ये मेसिनरी वाल, ग्रावेल वाटो स्तर उन्नती, माटो पटान तथा कटान र हेभी मेसिनरी कार्यमा कम्तिमा २५ देखि ३५ प्रतिशत उपभोक्ताको लागत सहभागितामा योजना कार्यान्वयन गर्ने ब्यवस्था मिलाइएको
छ ।

३२. नगरपालिकाले वडा तथा नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसर्थ, आर्थिक वर्ष २०७६र०७७ मा नगर कार्यपालिकाको प्रशासनिक भवन, वडा नं ६ र १० को वडा भवन र वडा नं ७ को वडा भवनको तल्ला थप कार्यमा समपुरक सह लगानीका लागि रु ८ करोड ५० लाख विनियोजन गरेको छु ।

३३. नगर कार्यपालिका र वडाका प्रशासनिक भवन निर्माणमा थप रु २० करोड समपुरक तथा सह लगानी नेपाल सरकार, प्रदेश सरकार र जिल्ला समन्वय समितिबाट प्राप्त गरी कार्य गर्ने कार्यगत ब्यवस्था मिलाइने छ ।

३४. आगामी दुई वर्ष भित्र अन्य वडाहरुका प्रशासनिक भवन निर्माणका लागि स्थानको छनौट र भवनको विस्तृत परियोजना प्रस्ताव तयार गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

३५. नेपाल सरकार र प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्थानीय तहको पूर्वाधार विकासमा लागत साझेदारी गर्न समपुरक लगानीका लागि ठुलो रकम विनियोजन भएको छ । नेपाल सरकार र प्रदेश सरकारले स्वीकृत गरेको समपुरक र विशेष अनुदान कार्यविधि अनुसार यस सूर्यविनायक नगरपालिका क्षेत्रमा ठुला पूर्वाधार विकासका आयोजनाहरुमा नेपाल सरकार र प्रदेश सरकारसँग लागत साझेदारीका आयोजना छनौट गरी कार्य गर्न रु ५ करोड थप रकम समपुरक लगानीका लागि बजेट प्रस्ताव गरिएको छ ।

३६. समपुरक लगानी अन्तरगत थप रु २० करोड वरावरका ठुला आयोजनाहरु नगरक्षेत्रमा आर्थिक वर्ष २०७६/०७७ मा कार्यान्वयन आउने गरी कार्य गर्ने कार्यगत ब्यवस्था मिलाइने छ ।

३७. विपदको समयमा नगरपालिकाबाट विपत पिडित नागरिकको राहत, उद्धार, पुनःस्थापना जस्ता कार्यहरु ब्यवस्थित र योजनावद्ध तरिकाबाट कार्यान्वयनमा आउन सकोस भनी आर्थिक वर्ष २०७६/०७७ मा विपद ब्यवस्थापन कोषका लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।

३८. नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा आधारभूत भौतिक पूर्वाधार विकास गर्दै यस्ता शैक्षिक संस्थामा गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्दै जाने नीतिको कार्यान्वयनका लागि रु १ करोड थप पूँजीगत रकम विनियोजन गरिएको छ ।

३९. क्रमागत सञ्चालित योजना तथा कार्यक्रमहरुलाई पूर्णता दिन वहुवर्षीय प्रकृतिका ठुला पूर्वाधार विकास योजनाका लागि रु २ करोड रकम विनियोजन गरिएको छ ।

४०. वन, वातावरण तथा सरसफाई सम्वन्धी कार्यलाई नगरपालिकाको योजना र लक्ष्य अनुरुप कार्य अगाडि बढाउन रु ७० लाख रकम एकमुष्ट विनियोजन गरिएको छ ।

यस नगरसभाका आदरणीय सभाध्यक्षज्यू

४१. आर्थिक बर्ष २०७६/०७७ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नगरपालिकाको आन्तरिक श्रोतवाट रु ४६ करोड ४६ लाख ७० हजार, प्रदेश सरकारको समानीकरण अनुदान रु १ करोड १३ लाख, प्रदेश सरकारको सशर्त अनुदान रु १० करोड, नेपाल सरकारको समानीकरण अनुदान रु २० करोड ३८ लाख, नेपाल सरकारको सशर्त अनुदान रु २४ करोड ८३ लाख, नेपाल सरकार र प्रदेश सरकारको राजस्व वाँडफाँडको रकम रु १४ करोड १० लाख ३० हजार, सामाजिक सुरक्षा भत्ता रकम रु ८ करोड ९९ लाख र अन्य श्रोतवाट रु ४ करोड १० लाख आय हुने अनुमान रहेको छ ।

४२. नेपाल सरकार र प्रदेश सरकारको राजस्व वाँडफाँडबाट प्राप्त हुने रकम वास्तवमा स्थानीयस्तरको नै आय भएको हुँदा रु १४ करोड १० लाख ३० हजार समेत आन्तरिक आयको रुपमा आम्दानी वाध्ने ब्यवस्था मिलाइएको छ ।

४३. क्षेत्रगत रुपमा खर्च व्यहोर्ने श्रोतको आय अनुमानमा आन्तरिक श्रोतको प्रतिशत ४७, नेपाल सरकारको श्रोत प्रतिशत ४५ र प्रदेश सरकारको श्रोत प्रतिशत ८ रहेको छ । यसरी हेर्दा खर्च व्यहोर्ने श्रोतमा आन्तरिक श्रोतको कूल प्रतिशत ४७ र वाह्य श्रोतको कूल प्रतिशत ५३ हुन जान्छ ।

४४. आगामी आर्थिक वर्षहरुमा खर्च व्यहोर्ने दिगो श्रोतका लागि आन्तरिक आय परिचालनलाई उच्च प्राथमिकता राखिएको छ । राजस्व प्रशासनको सुदृढीकरण र क्षमता विकासका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

४५. नेपाल सरकार र प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान खर्च गर्ने सम्वन्धमा प्राप्त योजना तथा कार्यक्रमलाई अनुसुचीमा राखि सोहि बमोजिम स्वीकृत गर्ने प्रस्ताव गरेको छु ।

४६. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (मा. महेश बस्नेतज्यू) को हकमा जिल्ला समन्वय समिति, भक्तपुरबाट छनौट भई आएका योजनाहरु अनुसार नै योजना तथा कार्यक्रम सञ्चालन हुने ब्यवस्था मिलाइएको छ ।

४७. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमा यस नगरपालिकाका लागि छनौट भई आउने योजना तथा कार्यक्रमको बजेटमा नगरपालिकाको तर्फबाट कम्तिमा शत प्रतिशत नै लागत साझेदारी गर्न आवश्यक पर्ने रकम समेत विनियोजन गरिएको छ ।
संस्थागत क्षमता विकास र जनशक्ति ब्यवस्थापन

४८. नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुको संस्थागत तथा ब्यक्तिगत क्षमता विकासबाट नगर क्षेत्रको सेवा प्रवाह र विकास ब्यवस्थापनमा सुशासन कायम गर्ने आधार तयार हुन्छ । यसर्थ, जनप्रनिधिति र कार्यरत कर्मचारीहरुका लागि ब्यक्तिगत तथा संस्थागत क्षमता विकासमा लगानी गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

४९. जनप्रतिनिधिहरुका लागि ३ नं. प्रदेश सभाबाट स्वीकृत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ बमोजिमका सुविधा र उक्त ऐनको अधिकार क्षेत्र भित्र रही नगरपालिकाको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी थप सेवा सुविधाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

५०. नेपाल सरकारले बृद्धि गरेको तलव भत्ता र अन्य सुविधा बमोजिम सूर्यविनायक नगरपालिका सम्पूर्ण कर्मचारीहरुका लागि समेत उक्त बृद्धि भएको तलव तथा अन्य सेवा सुविधा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

५२. सूर्यविनायक नगरपालिकामा विगत लामो समय देखि कार्यरत इमान्दार र दक्ष अस्थायी तथा करार सेवाका कर्मचारीहरुको आर्थिक वर्ष २०७६/०७७ मा समेत उनीहरुको सेवामा निरन्तरता कायम गर्ने ब्यवस्था मिलाइएको छ । यस्ता कर्मचारीहरुसँग सेवा करार संझौता गरी क्षमता र योग्यता अनुसारको जिम्मेवारी तोकिने छ । साथ,ै भविश्यमा समेत के कसरी सेवामा निरन्तता दिई कार्य गर्ने गराउने वातावरण तयार गर्न सकिन्छ, यसमा समेत नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।

५३. अस्थायी तथा सेवा करारमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

५४. कार्यरत कर्मचारीहरुको सेवाको निरन्तरता, स्थायित्व र उच्च मनोवल कायम गरी कार्यस्थलमा खट्ने वातावरण तयार गर्न प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुका लागि मासिक स्थानीय प्रोत्साहन भत्ता प्रदान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

५५. मासिक स्थानीय प्रोत्साहन भत्ताको मापदण्ड र कार्यविधि नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयन गरिनेछ ।

५६. विगत लामो समयदेखि स्थानीय तहमा कार्यरत बृत्ति पथ रोकिएका स्थायी कर्मचारीहरुको स्थानीय सेवा ऐन तथा नियमावली स्वीकृत गरी सक्षम, योग्य र इमान्दार कर्मचारीको निश्चित मापदण्डको आधारमा स्तरबृद्धि गरिनेछ ।

नगर सभाका आदरणीय सभा अध्यक्षज्यू,

५७. गरिमामय पाँचौ नगर सभा समक्ष यस नगरपालिकाका नगर प्रमुख श्री वासुदेव थापाज्यूले पेश गर्नु भएको १३० वुँदे नीति तथा कार्यक्रमका १८ वटा क्षेत्रगत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

५८. १३० वुँदे नीति तथा कार्यक्रममा उल्लेख भएका विषयगत क्षेत्रका लागि कार्ययोजना निर्माण गरी नगर कार्यपालिकाबाट क्षेत्रगत बजेट कार्यान्वयनको आधार तयार गर्दै कार्यान्वयन गर्ने ब्यवस्था मिलाइनेछ ।

आर्थिक ऐन र विनियोजन ऐन

५९. सूर्यविनायक नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वय गर्नका निमित स्थानीय कर, दस्तुर, शुल्क संकलन गर्न, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधानको धारा (२२८० को उपधारा ९२) बमोजिम यस नगर सभा समक्ष आर्थिक ऐनको मस्यौदा र सोका अनुसुचीहरु स्वीकृतिका लागि यसैसाथ पेश गरेको छु ।

६०. आर्थिक वर्ष २०७६/०७७ को करका दरहरु प्रस्ताव गर्दा करको दायरा विस्तार गर्ने, सबै किसिमका आर्थिक क्रियाकलापहरुलाई करको दायरा भित्र ल्याउने र करको दर बृद्धि नगर्ने नीति लिएको छ ।

६१. आर्थिक वर्ष २०७५/०७६ को आर्थिक ऐनमा स्वीकृत भएको कृषि तथा पशुपालन व्यवसाय, वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि सम्पत्ति मूल्यांकन, घ वर्गको निर्माण व्यवसायी नवीकरणका क्षेत्रका करका दरहरुमा आर्थिक वर्ष २०७६/०७७ को आर्थिक ऐनमा ५० प्रतिशत दर कम गरिएको छ । साथै, सहकारी संस्थाको कारोवार पूँजीका आधारमा सूचीकरण शुल्क लिने व्यवस्थालाई परिवर्तन गरी शेयर पूँजीको आधारमा वार्षिक शुल्क लिने व्यवस्था मिलाइएको छ ।

६२. आर्थिक वर्ष २०७६/०७७ को आर्थिक ऐनमा नागरिकता सिफारिश, छात्रवृत्ति सिफारिश, नावालक परिचय पत्र सिफारिश, विपन्न विद्यार्थी सिफारिश, अपाङ्ग विद्यार्थी सिफारिश, स्वास्थ्य उपचार सिफारिश, आर्थिक अवस्था कमजोर वा विपन्न सिफारिश, अदालती शुल्क मिनाहा सिफारिश, आदिवासी, जनजाती, दलित सिफारिश, अंगीकृत नागरिकता सिफारिश, संरक्षक ९व्यक्तिगत तथा संस्थागत० सिफारिश जस्ता सेवाहरु निःशुल्क हुने ब्यवस्था मिलाएको छु ।

६३. तत्कालीन अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिका हुनु अघि तत्कालिन गाँउ विकास समिति हुँदाको अवस्थामाा तत्कालीन/प्रचलित मापदण्डका नक्सा पास गरी बनेको र नक्सा पास नगरी वनेका भवन संरचनाहरुको भवन निर्माण सम्पन्न अभिलेखीकरण र घर कायम अभिलेखीकरण गर्दा लाग्ने राजस्व तथा अन्य शुल्क आर्थिक वर्ष २०७५/६६ को आर्थिक ऐनमा उल्लेखित दर नै आर्थिक वर्ष २०७६/७७ का लागि समेत कायम हुने ब्यवस्था मिलाएको छु ।

६४/ सूर्यविनायक नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को सेवा तथा कार्यहरुका लागि संचित कोषवाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधानको धारा ९२२९० को उपधारा ९२० बमोजिम यस नगर सभा समक्ष विनियोजन ऐनको मस्यौदा र सोका अनुसुचीहरु यसैसाथ संलग्न गरी स्वीकृतिका लागि पेश गरेको छु ।

६५. आर्थिक बर्ष २०७६/०७७ को बजेटको अभिन्न अंगको रुपमा रहेको आय व्ययको विवरण, राजस्व तथा अनुदान प्राप्तिको विवरण, व्यय अनुमान, वित्तीय व्यवस्था अनुमान, कार्यक्षेत्रगत व्यय अनुमान, बार्षिक विकास कार्यक्रम, सशर्त अनुदानको कार्यक्रम, बार्षिक कार्यक्रम कार्यान्वयन योजनालाई अनुसुचीमा राखी पेश गरेको छु ।

नगर सभाका अध्यक्ष महोदय,

६६. श्रोतको उचित परिचालन तथा ब्यवस्थापन गर्ने रणनीतिलाई कार्यरुप दिन आर्थिक वर्ष २०७५/७६ को सुरुदेखि नै रु ५ लाखभन्दा माथिका भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु खुला प्रतिस्पर्धाबाट सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम निजी क्षेत्रका निर्माण ब्यवसायीहरु छनौट गरी कार्यान्वयन गरियो ।

६७. यसबाट विनियोजित बजेट औषतमा ४० प्रतिशत बचत भएको देखियो । यस्तो बचत रकमलाई पुनः भौतिक पूर्वाधार विकासमा नै थप लगानी गर्ने वातावरण तयार भयो । निजी क्षेत्रका निर्माण ब्यवसायी तथा उपभोक्ता समिति मार्फत गरिएका कार्यहरुको स्थलगत निरीक्षण, योजनागत प्राविधिक जिम्मेवारी र परीक्षणका कारण निर्माण भएका र भईरहेका संरचनाहरुमा लागत प्रभावकारीता कायम हुनुका साथै तोकिएको गुणस्तर कायम गर्न गराउन नगरपालिका सफल भएको छ ।

६८. योजना तथा कार्यक्रम कार्यान्वयनको आर्थिक बर्ष २०७५/०७६ को अनुभव र सिकाईबाट आर्थिक बर्ष २०७६/०७७ मा बजेटको प्रभावकारी कार्यान्वयन गर्न बजेट तयारीका क्रममा वडा तथा नगरको प्रस्तावित अनुमानित बजेटको लागत ईस्टिमेट सहितको विवरण तयार भएको छ । पहिलो चौमासिक भित्रै नगरपालिकामा सार्वजनिक खरिद इकाई गठन गरिनेछ ।

६९. श्रावण र भाद्र महिनामा बजेटमा समावेश भएका सबै योजना तथा कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजना तयार पारिनेछ ।

६९. रु ५ लाखभन्दा माथिका सबै योजना तथा कार्यक्रम सार्वजनिक खरिद ऐन बमोजिम कार्यान्वयन गर्ने प्रक्रिया पहिलो चौमासिक भित्रै सम्पन्न गरिनेछ ।

७०. उपभोक्ता समिति मार्फत गरिने कार्यका लागि चैत्र मसान्तसम्म मात्र संझौता गरिनेछ । चैत्र मसान्त पछि नगरपालिकाबाट योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी कुनै संझौता गरिने छैन ।

७१. नगरपालिका तथा वडा तहबाट सञ्चालन गरिने योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने प्रयोजनका लागि उप प्रमुखले संयोजन गर्ने योजना अनुगमन र मूल्यांकन समितिलाई क्रियाशील बनाई योजना, कार्यक्रममा गुणस्तरीयता र दिगोपना कायम गर्ने रणनीति लिइनेछ ।

७२. यस सम्मानीत नगर सभा समक्ष पेश भएको बजेटको लक्ष्य र उद्देश्य अनुरुप कार्यान्वयनको नतिजा हासिल गर्न नगरपालिकाका विषयगत समितिहरुलाई थप क्रियाशील र प्रभावकारी बनाइनेछ ।

७३. नगरपालिका क्षेत्र भित्र अन्य सरकारी तथा गैर सरकारी निकायबाट सञ्चालन तथा ब्यवस्थापन गर्ने योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा नगरपालिका तथा सम्वन्धित वडा तहमा समन्वय गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्ता कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्दै गुणस्तरीयता र दिगोपना कायम गर्न योजना अनुगमन र मूल्यांकन समिति प्रति जवाफदेही र उत्तरदायी बनाउने ब्यवस्था गरिनेछ ।

७४. निर्वाचित स्थानीय सरकारको रुपमा यस गरिमामय नगर सभा समक्ष आर्थिक बर्ष २०७६/०७७ को बजेट तयारी गर्ने क्रममा सहयोग गर्नु हुने नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, राजनैतिक दलका नेतागण, सूर्यविनायक नगर क्षेत्रका सम्पुर्ण नगरबासीहरु, नागरिक समाजका अगुवाहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु र नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु एवम पत्रकारहरुमा हार्दिक आभार व्यक्त गर्दछु । नगरको आर्थिक र सामाजिक विकासमा निरन्तर सहयोग पु¥याउने सबै करदाता प्रति आभार प्रकट गर्दछु ।

७५. आगामी वर्षको यो बजेट कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोगको अपेक्षा गरेको छु । साथै, नगरको मूल नारा कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधारलाई सार्थक बनाउदै “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने महान यात्रामा सहभागी हुन सबै नगरवासीहरुमा आब्हान समेत गर्दछु ।