काठमाडौं, २८ वैशाख । भारत सरकारले सगरमाथा संवादको पहिलो संस्करणका लागि १५ वटा विद्युतीय गाडी उपलब्ध गराएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई गाडी हस्तान्तरण गर्नुभएको हो । सगरमाथा संवाद आउँदो जेठ २, ३ र ४ गते काठमाण्डौमा हुँदैछ ।
मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि गाडी उपलब्ध गराएको भन्दै भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्