काठमाडौं, मंसिर २ । हिजोदेखि सम्पर्कविहीन भएका पत्रकार शालिकराम न्यौपाने प्रहरी हिरासतमा रहेको पुष्टि भएको छ । उहाँ जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीको हिरासतमा रहेको खुलेको हो ।
न्यौपानेले ‘इन्टरटेनमेन्ट रिल्स’मार्फत पहिलोपटक गृहमन्त्री सुदन गुरुङकी आमाको भिडियो सार्वजनिक गर्नुभएको थियो । उक्त भिडियो भाइरल भएपछि हटाउन दबाब आएको उहाँकी श्रीमती अस्मिताले बताउनुभएको छ ।
श्रीमान् सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि अस्मिताले प्रहरीमा खोजतलासका लागि निवेदन दिनुभएको थियो ।
समाचार प्रकाशित भएपछि प्रहरीले आफूलाई फोन गरेर श्रीमान् भद्रकालीमा रहेको जानकारी दिएको अस्मिताले बताउनुभएको छ ।
प्रहरीले श्रीमतीलाई मात्रै भेट्न मिल्ने भन्दै भद्रकाली आउन बोलाएको उहाँको भनाइ छ । पत्रकार न्यौपाने प्रहरी नियन्त्रणमा पर्नुको कारण र घटनाको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।













प्रतिक्रिया दिनुहोस्