जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १९:१७

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्रीसँगै भारत भ्रमणमा नजाने


काठमाडौं, मंसिर २ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै भारत भ्रमणमा नजाने हुनुभएको छ ।

यसअघि मंसिर ६ गतेदेखि सुरु हुने प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जामन्त्री श्रेष्ठ पनि सहभागी हुने बताइएको थियो ।

मन्त्री श्रेष्ठको सचिवालयले मंगलबार जारी गरेको प्रेस नोटमा उहाँ प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने उल्लेख थियो । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेपछि सचिवालयले यस्तो जानकारी दिएको थियो ।

तर, आन्तरिक कारण देखाउँदै मन्त्री श्रेष्ठ भ्रमणमा नजाने निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जामन्त्री सहभागी नहुने निर्णयको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन ।